• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सङ्घीय व्यवस्थापनमा सरकार असफल


  •   बिहिबार, साउन २९, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपालमा सङ्घीयता लागू भएको १० औँ वर्ष भइसके पनि संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापनको समस्या अझै ज्युँका त्युँ छ । संविधानले जनतालाई सहज र प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यले तीन तहको शासन प्रणालीको व्यवस्था गरेको थियो संघ, प्रदेश र स्थानीय तह । तर, सङ्घीयता आएपछि अपेक्षित सुधार हुनु त टाढाको कुरा, कर्मचारी अभावका कारण सेवा प्रवाहमै गम्भीर अवरोध देखा परेको छ ।

    Advertisement

    संविधानको मर्मअनुसार, संघदेखि स्थानीय तहसम्म नागरिकको सेवा पहुँच सुनिश्चित गर्न आवश्यक कर्मचारी संरचना तयार गर्ने र व्यवस्थापन गर्ने जिम्मा नेपाल सरकारको हो । तर, सङ्घीयता आएको दशक भई सक्दा पनि संघ सरकारले पर्याप्त र स्थायी कर्मचारी व्यवस्थापन गर्न नसकेको विभिन्न प्रतिवेदनहरूले देखाएका छन् ।

    प्रदेश र स्थानीय सरकारले भने आफ्नै कानुन र ऐनमार्फत कर्मचारी व्यवस्थापनको प्रयास गरेका छन्, तर यो कदमले कतिपय अवस्थामा विवाद र अव्यवस्था मात्र बढाएको छ । विशेषतः स्थानीय तहमा संघबाट पठाइएका कर्मचारी र स्थानीय स्तरमा नियुक्त कर्मचारीबीच तालमेल अभावले प्रशासनिक काम र विकास निर्माणमा अवरोध भइरहेको छ ।

    कर्मचारी समायोजनको जटिलता

    महालेखा परीक्षकको प्रतिवेदनअनुसार, कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम संघ, प्रदेश र स्थानीय तहमा १,३७,६१४ दरबन्दी स्वीकृत गरिए पनि २,४४३ पद फाजिल अवस्थामा छन् । जुन व्यवस्थापनको असफलताको एक स्पष्ट संकेत हो । प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी सङ्घीय कार्यालयमा ‘काज’ मा खटिनाले, प्रदेश र स्थानीय तहमा पदपूर्ति हुन सकेको छैन । यसका कारण प्रत्यक्ष सेवा प्रवाह गर्नुपर्ने तहहरूमा कर्मचारीको ठूलो कमी देखिन्छ ।

    प्रदेश र स्थानीय तहमा जनशक्ति संकट

    कर्मचारी समायोजनपछि पनि समस्या हल भएको छैन । धेरै जना कर्मचारी प्रदेश वा स्थानीय तहमा समायोजन भए पनि संघकै कार्यालयहरूमा काजमा राखिएका छन् । हरेक वर्ष ठूलो संख्यामा कर्मचारी अवकाश हुँदा रिक्तता अझ बढेको छ ।

    यो अवस्था विशेष गरी स्थानीय तहमा गम्भीर छ । संघ सरकारले पठाएका कर्मचारी र आफ्नै स्थानीय कर्मचारीबीच कार्यशैलीको असमानता, जिम्मेवारीको अस्पष्टता र जनप्रतिनिधिसँगको तालमेल अभावका कारण विवाद हुने गरेको छ । कतिपय पालिकामा संघले पठाएका कर्मचारीलाई समय नपुग्दै सरुवा गर्दा कामको निरन्तरता भंग भएको छ ।

    संघबाट पठाएको कर्मचारीलाई केही महिनामै सरुवा गर्दा स्थानीय सेवा प्रवाह प्रभावित भएको भोजपुरको एक गाउँपालिकाका अध्यक्षले बताए । “पालिकामा न त कर्मचारी नै टिक्छन्, न त अरू कर्मचारी नै पुग्छन्, यसमाथि मन्त्रालयको मनपरी सरुवाले पालिकामा अस्थिरता मात्रै होइन, हैरानी पनि थपिएको छ,” उनले भने ।

    उनका अनुसार हाल पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत राख्नका लागि समेत योग्य कर्मचारी छैनन् । योग्यता नपुगेका कर्मचारीले निमित्त सम्हाल्दा न त निर्णय हुन्छ, न त काम हुन्छ उनले प्रशासनसँग भने । कर्मचारी स्थायित्व नहुँदा योजना, बजेट र विकास निर्माणमा अवरोध पुग्ने उनले बताए ।

    सरुवा प्रणालीमा पारदर्शिता अभाव

    निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५० मा कर्मचारी सरुवाको समय तालिका र न्यूनतम सेवा अवधि तोकिएको छ । ऐनअनुसार, एकै कार्यालय वा मन्त्रालयमा न्यूनतम दुई वर्षको अवधि पूरा नगरी सरुवा गर्न नपाइने व्यवस्था छ । तर महालेखा परीक्षकको प्रतिवेदन अनुसार, यस वर्ष ५११ जनाको मात्र नियमित सरुवा गरिएको छ भने बाँकीलाई वर्षभरि नै काजमा राखिएको छ ।

    यसरी अवधि नपुगी सरुवा गर्दा सरुवा भ्रमण खर्च बढ्ने मात्र होइन, कार्य सम्पादनमा स्थिरता पनि भंग हुने विज्ञहरूले बताउँछन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग अवधि नपुगी सरुवा भएका विवरण नै प्राप्त नभएको प्रतिवेदनले औँल्याएको छ ।

    प्रमुख प्रशासकीय अधिकृतको अस्थिरता

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने व्यवस्था छ । २०८०/८१ मा मन्त्रालयले १,४१७ जना प्रमुख प्रशासकीय अधिकृतलाई खटाए पनि, एउटै वर्षमा २ भन्दा बढी तहमा पठाउने, ३९६ तहमा निमित्तको रूपमा खटाउने जस्ता प्रथाले प्रशासनिक स्थायित्व कमजोर बनाएको छ ।

    राष्ट्रिय विकास समस्या समाधान समितिले कम्तीमा १ वर्ष एउटै तहमा राख्ने निर्णय गरेको भए पनि यसको पालना प्रतिवेदनमा उल्लेख गरिएको छ । यसले सेवा प्रवाह मात्र होइन, स्थानीय तहमा भ्रष्टाचार बढेको छ ।

    यस्तै ३९६ पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा छन् । जसले प्रशासनिक स्थायित्व र जबाफदेहितालाई कमजोर बनाएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको निर्णयअनुसार, कम्तीमा एक वर्ष एउटै स्थानीय तहमा खटाइने व्यवस्था कार्यान्वयन नभएको प्रतिवेदनले देखाउँछ । यसले भ्रष्टाचार बढाउने वातावरण सिर्जना गरेको ठहरसमेत छ ।

    अतिरिक्त समूह र निष्क्रिय कर्मचारीको खर्च

    निजामती सेवा ऐनले दुई महिनाभन्दा बढी समय जिम्मेवारी नदिई कर्मचारीलाई निष्क्रिय राख्न नपाइने व्यवस्था गरेको भए पनि, मन्त्रालयको विवरणअनुसार २२७ कर्मचारीलाई ३ देखि १२ महिना अतिरिक्त समूहमा राखिएको छ । यसको तलब भत्तामा मात्र चालु आर्थिक वर्षमा ६ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ । सेवा चाप भएका कार्यालयमा पदपूर्ति नहुँदा प्रत्यक्ष रूपमा सेवाग्राही पीडित बनेका छन् ।

    २०७५ मा कर्मचारी समायोजन गर्दा ४८,४०९ संघ, २२,२९७ प्रदेश र ६६,९०८ स्थानीय तहमा दरबन्दी स्वीकृत गरिए पनि, २०८०/८१ सम्म संघमा ३,१५१ स्थायी दरबन्दी थपिएको छ । त्यसबाहेक, संगठन तथा व्यवस्थापन सर्वेक्षण नगरी १०,१७१ अस्थायी दरबन्दी स्वीकृत गरिएको छ । संगठन संरचना परिमार्जन र दरबन्दी थपघट गर्ने कार्यमा विधि र मार्गदर्शनको अभावले दीर्घकालीन समस्या निम्त्याइरहेको छ ।

    लोक सेवा आयोगको प्रतिवेदनअनुसार २०८१ सालको भदौ मसान्तसम्म संघमा १०,६५४, प्रदेशमा ५,८५१ र स्थानीय तहमा ३३,१८० पद रिक्त छन् । यो रिक्तता समयमै पदपूर्ति नगर्ने र कर्मचारीलाई अन्यत्र काजमा राख्ने प्रथाले बढेको विज्ञहरूको भनाइ छ ।

    कर्मचारी व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय अभाव र कानुनी व्यवस्थाको अपुरो कार्यान्वयनले देशको सेवा प्रवाह प्रणाली कमजोर बनाएको छ । सङ्घीयताको वास्तविक लाभ जनतालाई दिलाउन, सरकार तत्काल प्रभावकारी सुधारतर्फ उन्मुख हुनुपर्ने विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार, सङ्घीयताको १२ वर्षे यात्रामा कर्मचारी व्यवस्थापन नै कमजोर बन्नु सङ्घीयताको प्रभावकारिता र जनविश्वासका लागि गम्भीर चुनौती हो ।

    प्रशासनबाट

    बिहिबार, साउन २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • २.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ३.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ४.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ५.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ६.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ८.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.