• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘बलात्कारमा संलग्नलाई जन्मकैदको सजाय व्यवस्था गरौँ’


  •   मङ्गलबार, साउन २७, २०८२ मा प्रकाशित
  • काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद हर्कमाया विश्वकर्माले बलत्कारमा संलग्नलाई जन्मकैदको कानुन बनाउन संसद्को ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले विद्यमान कानुन संशोधन गरेर त्यस्ता अपराधमा संलग्नलाई कडा सजायको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

    Advertisement

    ‘जघन्य अपराधमा संलग्न हुनेलाई थप कानुन परिमार्जन गरी जन्मकैदको सजाय दिलाउन कडा कानुन बनाउन माग गर्दछु’, सांसद विश्वकर्माले भन्नुभयो । उहाँले दैलेखको चामुण्डा नगरपालिकामा तीज पर्वका अवसरमा आयोजित साँगीतिक कार्यक्रम हेरेर घर फर्कने क्रममा १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटनामा संलग्नलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउँदले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्ष पीडितको समस्या समाधानमा राज्यले करोडौँ रुपैयाँ खर्च गरे पनि अझै सो समस्या सम्बोधन नभएको उल्लेख गर्दै पीडितका समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रुपाशोशी चौधरीले कैलाली जिल्ला कारागारमा भएको लज्जास्पद घटनाको निष्पक्ष छानबिन गरी कारागार व्यवस्थापनलाई चुस्त बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘सुरक्षा निकायको घेरामा रहने बन्दीले झडप गर्दा किन कारागारा प्रशासन मौन बस्यो ?’, उहाँले प्रश्न गर्नुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले तराई मधेसको रुपान्तरणकारी आयोजनाका रुपमा रहेको हुलाकी राजमार्गको बाँकी काम शीघ्र सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । कांग्रेस सांसद सञ्जय गौतम र सांसद मैना कार्कीले भारतको उत्तराखण्ड क्षेत्रमा गएको बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकको खोजीमा गम्भीर बन्न सरकारको ध्यानार्षण गराउँदै पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो ।

      नेकपा (माओवादी केन्द्र) का सांसद हितबहादुर तामाङले मनसुनी वर्षाका कारण नुवाकोटको सूर्यगढी गाउँपालिकाको १२८ घर परिवार जोखिममा परेको जानकारी दिँदै सो क्षेत्रमा रहेका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्नुभयो । माओवादी केन्द्रका सांसद माधव सापकोटाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ‘इको पहिरो’ले अरनिको राजमार्ग अवरुद्ध हुनाका साथै १२ घर र एउटा गुम्बा उच्च जोखिममा परेको उल्लेख गर्दै पहिरो रोक्न र बस्ती जोगाउन सरकारले उचित कदम चालोस् भन्नुभयो ।

    नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सल्यानको छत्रेश्वरी गाउँपालिकामा महायज्ञ तयारी बैठकमा दलित र जनजातिमाथि अपमान गरिएको तथा त्यसको प्रतिवाद गर्ने सामाजिक अभियान्ता शारदा परियारलाई सामाजिक बहिष्कार गर्ने धम्की दिनेलाई तत्काल कारबाही गर्न माग गर्नुभयो ।

      माओवादी केन्द्रका सांसद उर्मिला माझीले लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाबाट सञ्चालक ‘मालामाल’ हुने र जनता गरिबीको मारमा बसिरहनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । माओवादी केन्द्रका सांसद सूर्यमान दोङले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ का वडाध्यक्ष र वडा सदस्य मिलेर स्थानीय युवामाथि कुटपिट गरेको घटनाको छानबिन गर्न आग्रह गर्नुभयो ।

    माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले कास्कीमा सुनचाँदी कालीगढमाथि प्रहरीबाट भएको ज्यादतीको निष्पक्ष छानबिन गर्न माग गर्दै सोमा संलग्नलाई कारबाही गरी व्यवसायीलाई निर्धक्कसँग काम गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    मङ्गलबार, साउन २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.