तान्जानिया पूर्वी अफ्रिकाको एक देश, यसको अद्वितीय जनजाति र परम्पराहरूको लागि परिचित छ । यहाँका मसाई, माकोन्डे, मनाती जस्ता जनजातिहरू विगत ५ हजार वर्षदेखि पुरानो जीवनशैलीमा बाँचिरहेका छन् ।
यहाँका पुरुषहरू ८० वर्षको शारीरिक स्फूर्ती अत्यन्तै चाख लाग्दो रहेको मानिन्छ । चकित पार्ने दावी यी आदिवासीहरूका बारेमा गरिएको छ । आखिर के हो यसको रहस्य ? उनीहरूको अनौठो जीवनशैली र परम्पराको बारेमा जानकारी गरौं ।
यी आदिवासीहरूको सबैभन्दा विशेष कुरा भनेको उनीहरूको खानपान हो । हामीले बिहान चिया वा कफी पिएर सुरु गर्दा यी मानिसहरूले सिधै तातो जनावरको रगत पिएर दिनको सुरुवात गर्छन् । पोट्र्सका अनुसार यी मानिसहरू प्रोटिन र भिटामिनले भरिपूर्ण ताजा जनावरको मासु खान रुचाउँछन् । यही कारणले गर्दा उनीहरूको स्ट्यामिना आम मानिसको तुलनामा धेरै हुन्छ ।
यी मानिसहरू आफ्नो प्रतिरक्षा प्रणालीको लागि जनावरको रगत राम्रो मान्छन् । यसबाहेक यो ह्याङ्गओभर वा नशा कम गर्न पनि प्रयोग गरिन्छ । यिनीहरूको मुख्य पेशा गाई पालन हो । यिनीहरू यति बहादुर छन् कि सिंह र चितुवा जस्ता जङ्गली जनावरहरूसँग पनि लड्छन् । तिनीहरूले जनावरको छाला ओछ्यानको रूपमा प्रयोग गर्छन् ।
यी जनजातिहरूको परम्परा धेरै फरक छ । यहाँका महिलाहरूले कम्मरको तल्लो भाग लुगाले छोप्छन् भने माथिल्लो भाग खुला रहन्छ । सबैभन्दा अचम्मलाग्दो कुरा के छ भने यी महिलाहरूले आफ्ना साथीहरूलाई भेट्दा एकअर्कालाई थुक्छन् । यो उनीहरूको लागि माया र सम्मान व्यक्त गर्ने विशेष तरिका हो । यति मात्र होइन, नवजात शिशुलाई पनि यसैगरी थुकेर आशिर्वाद दिन्छन् ।
यी जनजातिहरूको जीवनशैली र परम्पराले हामीलाई बताउँछ कि विश्वको विकासको बाबजुद पनि केही समुदायहरू आफ्नो जरा र पुरातन तरिकामा दृढ रूपमा जोडिएका छन् ।
मसाई जनजातिको बारेमा परिचयः
यो पूर्वी अफ्रीकामा प्रमुख स्वदेशी पशुपालक समूह हो, जसले यसको अनूठो सांस्कृतिक प्रथाहरू, परंपराहरू र जीवन शैलीको लागि चिनिन्छ ।
वितरण : यी मुख्यतया केन्या र तन्जानियाको दक्षिणी र मध्य भागमा बसेका छन् । भाषा : यी मानिसहरूले ‘मा’ भाषा बोल्छन्, जुन ‘नीलो–सहारन परिवार’ को एक भाषा हो । नीलो–सहारनु भाषा परिवार मुख्यतया पूर्वी र मध्य अफ्रीकामा प्रचलित छ ।
आवास : मसाई आफ्नो बोमा नामक बस्तिहरूमा बस्छन् जुन काँटेदार झाडी र काठबाट बनेको घेरो हुन्छ । घर सामान्यतया माटो, गोबर र काठबाट बनाइन्छ, जसलाई महिलाहरू बनाउँछन् ।
आहार : परंपरागत रूपमा तिनीहरूको आहारमा कच्चा मासु, दूध, मह र मवेशीको रक्त समावेश हुन्छ ।
माकोण्डे जनजाति :
यो जाति दक्षिणी तान्जानीया र उत्तरी मोजाम्बिकमा रहन्छ । यो जातिको मुख्य पेशा कृषि रहेको पाइन्छ । यो जातिले खास गरि मकै, मुंगफली र सिमीको खेती गर्न मन पराउँछ । साथसाथै काठबाट बन्ने विभिन्न प्रकारको हस्तकलामा पनि यो जातिले दखल राख्दछ ।
यो जातिको मुख्य संस्कृती मुखौटा नाच भनिन्छ, जो पुरुषहरुले मुखौटा लगाएर नाच्ने चलन रहेको छ । यो जातिमा वंशको रुपमा आमालाई मानिन्छ । यसरी यो समुदायमा मातृसत्ताको व्यवस्था कायम छ । यो समुदायमा कतिपयले स्लाम र कतिपयले क्रिश्चियन धर्मलाई अंगाल्ने गरेको पाइन्छ ।
मनाती जनजाति :
यो जनजातिलाई शुरुमा मंग आती जाति भनेर चिनिन्थ्यो । पछि यसलाई मनाती वा डातुगा जनजातिको रुपमा पहिचान गरिन थालेको हो । यो जाति खास गरी उत्तर–मध्य तान्जानियाको मानयारा, सिंगिदा र डोडोमास्थित पहाडी र जंगली क्षेत्रमा रहँदै आएको छ । यो जातिले खास गरि कृषि पेशा गर्दछ, कृषिमा मकै, बाजरा पशुपालन गर्दै आएको छ । यो जातिको विहानीको शुरुवात जनावरको ताजा रगत पिउनु पर्ने चलन रहेको पाइन्छ ।
धातुका औजारहरू बनाउन चाखमान्ने यो जातिको विशेषता हो । यो जातिले परम्परागत रुपमा पुर्वज र प्रकृतिक शक्तिहरूमा विश्वास गर्दछ । कतिपयले धर्महरू अंगाल्ने गरेको पनि पाइन्छ ।