काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन– प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको छ ।
Advertisement
ललितपुर, च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष तथा प्रतिष्ठानको प्रमुख संरक्षक ओलीले सपथ गराउनुभएको हो ।
केही दिनअघि प्रतिष्ठानको सम्पन्न साधारणसभाले ज्ञवाली अध्यक्षमा निर्वाचित हुनुभएको हो ।