• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

फागुनमा तराईका जिल्लामा प्रशिक्षण हुँदैछ : चौधरी (भिडियो अन्तर्वार्ता)


  •   सोमबार, साउन २६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । तराई मधेस जनवादी मोर्चाले आगामी फागुन महिनामा तराईका विभिन्न जिल्लामा जिल्लास्तरीय प्रशिक्षण सम्पन्न गर्ने भएको छ ।

    Advertisement

    युगदर्शन मिडियालाई २०८२ साउन २६ गते भिडियो अन्तर्वार्ता दिँदै महासचिव राजाराम चौधरीले सो जानकारी दिनुभएको हो ।

    उहाँका अनुसार मोर्चाले वार्षिक कार्यक्रम बनाएको छ । त्यसमध्ये आगामी मङ्सिर महिनामा केन्द्रीय समितिको बैठक बस्नेछ भने पुस र माघमा जिल्लास्तरका बैठक, समिति गठन/पुनर्गठन सम्पन्न गरिनेछ । फागुनमा जिल्लास्तरीय प्रशिक्षण सम्पन्न गरिएपछि चैतमा पुनः केन्द्रीय समितिको बैठक बसेर थप कार्यक्रम तय गरिनेछ ।

    अन्तर्वार्ताको क्रममा उहाँले तराईका १३ ओटा जिल्लामा आफूहरूको सङ्गठन रहेको जानकारी दिनुभयो ।


    तमजमो किन ?

    तराई मधेसका पार्टीलाई मधेसवादी बताउने तपाईंहरू आफैले क्षेत्रीय सङ्गठन किन खोल्नुभएको भन्ने युगदर्शनको प्रश्नमा उहाँले तराईका मूलबासीमाथि आँच आउने काम भएकाले अलग सङ्गठन खोलिएको बताउनुभयो ।

    ‘मधेसवादीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उर्वर भूमिलाई कब्जा गरेर आफ्नो स्वार्थमा प्रयोग गर्न खोजे’ उहाँको भनाइ थियो ।

    तराई मधेसमा पहाडी मूलका मान्छेलाई भगाउने अभियान चलेको स्मरण गर्दै तराईका मूलवासीको हक, अधिकारको रक्षा गर्न आफूहरूले बेग्लै सङ्गठन खोलेको बताउनुभयो ।

    उहाँले मधेसवादी नेताहरूको स्वार्थ भारतसँग मिलेको धारणासमेत राख्नुभयो ।

    थारू प्राग्ऐतिहासिक जाति

    अन्तर्वार्ताको क्रममा उहाँले थारू जाति प्राग्ऐतिहासिक जाति भएको बताउनुभयो ।

    ‘जङ्गल फाँडेर, मलेरियासँग जुधेर आफ्नै खालको प्रजातान्त्रिक परिपाटी रहेको जाति हो थारू जाति’ उहाँले भन्नुभयो– ‘इसापूर्व छैटौँ शताब्दीदेखि नेपालमा थारू जातिको बसोबास छ । तराईको हकमा थारू जाति नै मूलबासी हुन् ।

    सङ्घीयता कि स्वशासन ?

    सो क्रममा उहाँले थारू जातिको समस्या सङ्घीयताद्वारा समाधान नहुने ठोकुवा गर्नुभयो ।

    ‘आकारमा सानो, आर्थिक रूपमा कमजोर, फरक भूगोल रहेको र १२६ भन्दा बढी जातजाति रहेको नेपालमा सङ्घीयता सही प्रणाली हुन सक्दैन’ महासचिव चौधरीले भन्नुभयो ।

    नेपालका सबै जातजातिले फरक फरक राज्य माग्दा देश नै नरहने उहाँको स्पष्टोक्ति थियो ।

    सो क्रममा उहाँले बर्दियामा थारू समुदायको घना बस्ती भएकाले जिल्लास्तरमा स्थानीय स्वशासन कायम हुन सक्ने धारणा राख्नुभयो ।

    ‘सुदूरपश्चिमका बर्दिया जिल्लामा थारू जातिको घना बस्ती भएकाले त्यहाँ जिल्लास्तरीय स्वशासन कायम हुन सक्छ’ उहाँले भन्नुभयो– ‘अन्य जिल्लामा त्यो अवस्था छैन । पालिकास्तरमा भने थारू समुदायको स्थानीय स्वशासन हुन सक्छ ।’

    रेशम चौधरी प्रकरण

    नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको बारेमा उहाँको टिप्पणी थियो– ‘थारू जातिलाई प्रयोग गरेर थारूकै राजा बन्ने रेशम चौधरीको प्रवृत्ति हो ।’

    थारूबाट शक्ति आर्जन गरेको भन्ने बुझाइ गलत भएको उहाँको भनाइ थियो ।

    कमैया प्रथाको अन्त्य

    अन्तर्वार्ताको क्रममा उहाँले थारू जाति कमैया, कमलरी प्रथाबाट गुज्रिएर आएको स्वीकार्नुभयो ।

    ‘कमैयामुक्ति घोषणा गर्दा केही टाँठाबाठाले सहरी क्षेत्रमा वा देशका राम्रा जमिन रोजे’ उहाँले भन्नुभयो– ‘गरिब तथा पिछडिएका कमैयाले पाखो, खोलाका जमिन पाए । सिधा, इमानदार र गरिब कमैयाको अवस्था उस्तै छ ।’

    कैयौँ कमैयाको अवस्था दिनभरि काम नगरे साँझ खान नपाउने स्थिति रहको बताउँदै उहाँले थारू जातिका लागि उनीहरूको परम्परागत सिपको संरक्षण तथा रोजगारीको व्यवस्था गर्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।

    इसाईकरण र एनजिओकरण
    महासचिव चौधरीले थारू जातिमा पनि इसाईकरण र एनजिओकरण व्यापक रहेको बताउनुभयो ।

    ‘थारू जातिमा इसाईकरण ठुलो सङ्ख्यामा भइरहेको छ’ उहाँले भन्नुभयो– ‘एनजिओको प्रभाव भने केही कमजोर छ । समाजका केही टाँठाबाठा मात्रै एनजिओमा लागेका छन् ।’

    (अन्तर्वार्ताको पूर्ण पाठका लागि युगदर्शन मिडियाको युट्युब च्यानल वाच गर्न अनुरोध छ)

    सोमबार, साउन २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.