• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नवलपुरको गैँडाकोटमा चियाको परीक्षण खेती


  •   शनिबार, साउन २४, २०८२ मा प्रकाशित
  • नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा चिया खेती सुरुआत गरिएको छ । गैँडाकोट–१८ को बसेनी गाउँमा परीक्षणको रूपमा चिया खेती सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

    Advertisement

    गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले १८ वडा रहेको यस पालिकाको पहाडी क्षेत्रमा पर्ने बसेनी गाउँमा परीक्षणका लागि सात हजार ५०० चियाको विरुवा लगाइएको बताउनुभयो । पहाडी क्षेत्र भएकाले यहाँको भूगोल र हावापानी उपयुक्त भएकाले परीक्षणका लागि चिया खेती सुरु गरिएको उहाँको भनाइ छ । “गैँडाकोटको यो १८ नम्बर वडा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थान हो” उहाँले भन्नुभयो, “यसै वर्षदेखि यहाँ पूर्वाधार विकास गरेर भविष्यमा बसेनीलाई पर्यटकीय गाउँको रूपमा विकास गर्ने नगरको योजना छ ।”

    गैँडाकोट नगर उपप्रमुख शान्ति कोइरालाले गैँडाकोट नगरपालिका प्राकृतिक रूपमा सुन्दर र हावापानीले विविधताले भरिपूर्ण पालिका भएको बताउनुभयो । हाल व्यक्तिगत र सामुदायिक रूपमा बसेनीमा चिया खेती गरिएको उहाँको भनाइ छ । “अहिले हामीले परीक्षणका रूपमा चिया खेती सुरु गरेका छौँ” उहाँले भन्नुभयो, “यसले राम्रो उत्पादन दियो र स्थानीय आकर्षित भए भने हामीले खेती बिस्तार गर्ने योजना बनाएका छौँ ।”

    गैँडाकोटमा पर्ने पूर्वपश्चिम राजमार्गबाट आधा घण्टाको दूरीमा नै चिसो हावापानी र बाह्रै महिना जाडो हुने क्षेत्र रहेको भन्दै उहाँले गर्मी र जाडो दुवै हावापानी भएकाले यहाँ पर्यटकीय सम्भावना रहेको बताउनुभयो । बसेनीमा चिया खेती गरेर पर्यटकलाई आकर्षित गर्ने योजना रहेको कोइरालाको भनाइ छ । बसेनीमा चिया बगान, सुन्तला खेती बिस्ता, घरबास (होमस्टे) सञ्चालन गरी पर्यटकीय क्षेत्र बनाउने अवधारणाअनुसार आफूहरु अगाडि बढेको उहाँले बताउनुभयो ।

    गैँडाकोट नगरपालिका कृषि विकास शाखा प्रमुख राजुप्रसाद शर्माले गैँडाकोटको बसेनीमा चिया उत्पादन गरेर बिक्री गर्नभन्दा पनि पर्यटकीय दृष्टिकोणले खेती गरिएको बताउनुभयो । यसैवर्षदेखि यहाँ होमस्टे निर्माण गर्ने योजना रहेको जनाउँदै शर्माले होमस्टेमा आउने पर्यटकलाई लक्षित गरेर उपहारका लागि चियाको ब्राण्डिङ गरिने बताउनुभयो । चिया बगान हेर्न इलाम नै जानुपर्ने अवस्थाको अन्त्य गर्न र यहाँको पर्यटन प्रवद्र्धन गर्न चिया खेती सुरु गरिएको उहाँको भनाइ छ ।

    “अहिले यस क्षेत्रबाट ठूलै संख्यामा पर्यटक इलाम जाने गर्नुभएको छ” उहाँले भन्नुभयो, “इलाम जाने पर्यटकलाई गैँडाकोट भित्र्याउने र उहाँहरुलाई घरमा जाने बेलामा उपहार दिने गरी चियाको खेती सुरु गरेका छौँ ।” गैँडाकोटमा आएर बस्ने पर्यटकलाई ॅमायाको चिनो’ स्वरुप गैँडाकोटको चिया र स्थानीय उत्पादन कोसेली पठाइउने योजना रहेको शर्माले सुनाउनुभयो । जिल्लाकै विकट गाउँको रूपमा रहेको यस वडामा पछिल्लो समय विकास निर्माणका पूर्वाधार निर्माण हुँदै गएपछि आवागमन समेत सहज भएको उहाँको भनाइ छ ।

    गाउँमा गरिएको चिया खेतीको सुरुआती तरणमा बसेनी टोल सुधार समितिले रेखदेख गर्ने र वडा कार्यालयले संरक्षण गर्नेगरी खेती सुरु गरिएको शर्माले बताउनुभयो । उत्पादन सुरु भएपछि र स्थानीय खेतीमा आकर्षित भएपछि चिया खेती उपभोक्ता समूह बनाएर चिया बगान नै उनीहरुलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको शर्माको भनाइ छ । अहिले सुरु गरिएको चिया खेतीबाट दुई वर्षभित्र उत्पादन लिन सकिने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

    शनिबार, साउन २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.