पुस्पा थापा मगर, चितवन##
समानताको लडाइ लड्न, अघि अघि बढौँ है
महिला मुक्ति आन्दोलनको, आह्वान गरौँ है २
महिला र पुरुस बिचको, असमानता हटाउन
सबै महिला आन्दोलनमा, एक जुट बनौँ न २
अनैतिक सम्बन्धलाई, आधिकारिक छुट दिन
बहुबिबाह गर्न मिल्ने, कस्तो कानुन ? २
यो कानुन ले नारिको, सोझै भयो अपमान
एक जुट बनौ महिला सबै, नसहौँ दमन २
मन कमजोर बनाएर, हुन्न हामी बसेर
यो कानुनको विरुद्धमा, लडौँ डटेर २
यो नितिले समाजमा,बिकिर्ती ल्याउनेछ
हिम्सा हत्या अशान्तिले,ससार भ्याउनेछ २
आधा धर्ती ढाकेका, सबै नारी जुटेर
यो आन्दोलन सफल पाराँै, हुन्न फुटेर २
बहुबिबाह बिकल्प, नबनाउ है सरकार
फेरि बदमास पुरुसलाई, हुन्न डर कर २
महिला पनि इमानदार, अनुशासित बनौँ है
महिला मुक्ति आन्दोलको, लडाइ लडौँ है २
महिला पुरुस मिले पछि, बल्ल शान्ति आउनेछ
बिजय र समानताको, गित गाइनेछ २
समानताको लडाइ लड्न, अघि अघि बढौँ है
महिला मुक्ती आन्दोलनको आह्वान गरौँ है ३