सोनु थापा, भोपाल
Advertisement
एउटा कुरा भन्छु मैले, सुनौ सबै नारी हो,
हाम्रो देशको कानुन, हामलाई भारी भो ।
बाट्नै पर्ने सिन्दुर मेरो, थिएननी रहर,
के के सुन्दै छु आज मैले, नौलो खबर ।
संसदमा नेताहरू, कुर्चि टेबल हल्लाउँदै,
पुरुषलाई दुई बिहेको, कानुन बनाउँदै ।
बुझ्न अझै सकियन, यो देशको कानुन,
ज्वालामुखी फुटे झैं, भयो यो मन ।
बलात्कारी बचाउन, भित्रि चाल चल्दैछ,
बहुबिवाहा छुट दिने, कानुन बन्दैछ ।
मझेरीका नारी सबै, मैदानमा उत्रन,
यस्तो कानुन आउँछ भने, हुन्न सहन ।
युगौंदेखि नारी माथि, हिंसा कम्ति थिएन,
आज पनि शिर उठाई, जिउन दिएन ।
नेता ज्युले गर्नु हुन्छ, कुर्ली कुर्ली भाषण,
अझै बढी हुने भो, नारी शोषण
उठौं चेली गर्नैपर्छ, सरकारलाई खबरदार,
बहुबिवाहा कानुनलाई, गरौं बहिस्कार ।