काठमाडौं । स्याङजाको सेतिवेणीस्थित कालीगण्डकी नदीमा आमा–छोरा बेपत्ता भएको आशंकामा सशस्त्र प्रहरीले खोजी जारी राखेको छ ।
साउन २१ गते साँझ कालीगण्डकीमा आमा–छोरा बेपत्ता भएको आशंकामा खोजी कार्य जारी राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
Advertisement
उनका अनुसार स्याङजाको गल्याङ नगरपालिका–५ सेतिवेणीस्थित कालीगण्डकी नदीको किनारमा रहेको प्रतिक्षालयमा महिलाले बोक्ने झोला, चप्पल, मोबाइल र बच्चाको जुत्ता फेला परेको थियो ।
बेपत्ता आशंका गरिएकाको खोजीका लागि पोखराबाट गोताखोरसमेत लैजाने तयारी भएको छ ।