• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

लुम्बिनी विकास कोषलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न माग


  •   बुधबार, साउन २१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीलाई राजनीतिक पूर्वाग्रह नराखीकन मिलेर परिणाम आउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

    Advertisement

    प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा भएको ‘लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती’ विषयक छलफलमा उहाँले लुम्बिनी विकास कोषले केही कामहरु गरे पनि अपेक्षाअनुसार काम गर्न नसकेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “कोषले काम गरेको छ, तर अपेक्षाअनुुसार भएको छैन, आगामी दिनमा लुम्बिनी क्षेत्रलाई थप व्यवस्थित गरेर अगाडि बढ्ने योजना छ ।” लुम्बिनी क्षेत्रको समग्र विकासको निम्ति सबैभन्दा पहिला सङ्घीयतापछि स्थानीय तह र प्रदेशलाई पनि समावेश गरेर ऐन नै परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै कानुन परिवर्तन गर्ने विषयमा काम भइरहेको मन्त्री पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “लुम्बिनीमा दुनियाँको ध्यानाकर्षण गराउने भनेर लुम्बिनी अगाडि बढेको छ, अगाडि बढ्दै गर्दा कतिपय राम्रो ध्यान पनि परेको छ, नराम्रो ध्यान पनि परेको छ, अति कति भूराजनीतिक राजनीति पनि देखा परेको छ, त्यसको प्रभाव स्थानीय तहसम्म देखिन्छ, त्यहाँ एउटा सरोकारवाला महाभियान भन्ने चलिरहेको हुन्छ, यसलाई पनि पटक–पटक संवाद गरेर केही समाधान भएको छ ।”

    कर्मचारी आन्दोलनले उठाएका माग र होटल व्यवस्थापनसम्बन्धी मागहरु पूरा गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “दिल्लीमा भएको ४६औँ वर्ल्ड हेरिटेज कमिटीको बैठकले लुम्बिनीलाई खतराको सूचीमा राख्ने भन्ने प्रस्ताव थियो, पछि हामीले कार्ययोजनाअनुसार पर्याप्त काम गरेपछि यस पटक पेरिसमा भएको ४७औँ बैठकबाट सधैँको लागि खतराको सूचीबाट हटेको छ, यो एउटा ठोस उपलब्धिको रुपमा देखिएको छ ।”

    कपिलवस्तुस्थित तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने सवालमा कूटनीतिक र प्राविधिक पहल भइरहेको उहाँले बताउनुभयो । सांसद शिशिर खनालले लुम्बिनी विकास कोषलाई सरकारको अनुदानबाट मात्रै सञ्चालन गर्नेभन्दा पनि आन्तरिक स्रोतबाट आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो ।

    सांसद तथा पूर्वमन्त्री भीमप्रसाद आचार्यले तिलौराकोट क्षेत्र वरिपरि पर्खाल लगाएर त्यहाँको जग्गाको सुरक्षा गर्नुपर्ने बताउनुभयो । सांसद एकनाथ ढकालले लुम्बिनी विकास कोषलाई राजनीतिक हस्तक्षेपबाट अगल राख्नुपर्ने धारणा राख्नुभयो ।

    बुधबार, साउन २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • २.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ३.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ४.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ५.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ६.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ८.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.