काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार कक्षा १२ को नतिजा आज प्रकाशित हुँदै । शर्माका अनुसार नतिजा आजै सार्वजनिक गरिने छ ।
Advertisement
उनले त्यसका लागि बोर्ड बैठक बस्नेसहितको आवश्यक कार्य भइरहेको बताए । कक्षा १२ को परीक्षा वैशाख २१ देखि सञ्चालन गरिएको थियो ।
परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए ।