काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारि स्थायी समिति बैठकले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको समाचार प्राप्त भएको छ ।
आज सोमबार माओवादी स्थायी समिति बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउँदै उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले नेकपासँग एकता गर्ने निर्णय गरेको जानकारी दिए । ‘माओवादी केन्द्रले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको छ।’
नेकपा एकीकृत समाजवादीसँग पनि मोर्चाबारे छलफल भइरहेको छ, तर निष्कर्षमा पुगिएको छैन सापकोटाले बताए ।
नेकपा एकीकृत समाजवादीसँग पनि मोर्चाबारे छलफल भइरहेको छ, तर निष्कर्षमा पुगिएको छैन सापकोटाले बताए । तर बजारमा माओवादी पार्टी फुट्ने हल्लाले व्यापकता पाएको छ ।
सापकोटाले नेता जनार्दन शर्माले स्थायी समिति बैठकको माइन्युटमा हस्ताक्षर नगरेको बताएका छन् । ‘उहाँले हस्ताक्षर गर्छु भन्नु भएछ’ सापकोटाको भनाइ थियो ।
चार दिनसम्म बसेको माओवादीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले जनार्दन शर्माबारे जानकारी दिएका हुन् । साउन ६ गते शर्माले जुन अभिव्यक्ति दिएका थिए, त्यसमा आत्मालोचना भने नगरेको छलफल गर्दै जाने सापकोटाले बताए ।