जमुना शर्मा, (पाण्डिचेरी)
घुमीफिरी आयो तीज तपाईँ हाम्रो माझमा
८२ साल तीजको शुभकामना ।
भारतभरि छरिएका श्रमजीवी जनता
किन परदेश पस्नु पर्यो सोच्ने गर त ।
मीठो खाने, राम्रो लाउने घरका जहान बालाका
आवश्यकता, रहर सबै चट्टै बिर्सेका ।
दिनभरि मजदुरी रातभरि नशामा
आफ्नो दिमाग आफैसँग छैन बसमा।
असल दाजुभाइसँग हिच्किचाउने बोल्नलाई
जाँडरक्सि पिउने सँग साख्खै बन्नलाई।
नराम्रो सङ्गत अनि कुलतमा फसेर
केही प्रगति हुन्न भाइ हो भारत बसेर।
मूल प्रवाह सङ्गठन छ अभिभावक बनेको
कैयौं युवा सचेत बने यसर्र्ला मानेर ।
सङ्गठनको सदस्य भइ सङ्गठित बन है
नेपाली असल सन्तान तिमी बन है।
सिक्दै जाउ सिकाउँदै जाउ सङ्गठित भएर
अघिबढ घर समाजको मर्म बुझेर ।
बुझ्दै जाउ देशभित्र के के भयो भनेर
जुर्मुराउ बेथितिको दुश्मन बनेर।
इँटको जबाफ पत्थरले दिने बेला आको छ
बिसङ्गति, बिकृतिले देश खाको छ ।
फेरि पनि आह्वान गर्छु सङ्गठित बनौं है
सन्देशमूलक गीत गाई जीत मनाउँ है।।