रुपन्देही । अखिल नेपाल महिला संघ जिल्ला समिति रुपन्देहीले जिल्ला स्तरिए प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष इन्दिरा ज्ञवालीको अध्यक्षता एवं जिल्ला सचिव लक्ष्मी कुँवरको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीको प्रमुख अतित्थ्यता रहेको थियो ।
त्यस्तै कम्युनिस्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, राजमो केन्द्रीय सल्लाहकार चन्दबहादुर केसी, नेकपा (मसाल) जिल्ला प्रवक्ता लालचन पन्थ, अखिल नेपाल बुद्धिजीवी संघका लिल बहादुर केसी, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य भानु केसी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सरिता जिसी, राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेशका कोषाध्यक्ष गणेश गौतम, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष टान बहादुर केसी र अखिल नेपाल किसान महासंघका जिल्ला सदस्य शिवराम घिमिरे लगायतले अतिथी आसन ग्रहण गर्नुभएको थियो।
प्रशिक्षण कार्यक्रममा सहभागिहरुलाई मन्तब्यद्धारा मिरा पुरीले स्वागत गर्नु भएको थियो ।
उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि केसीले समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिनुभएको थियो । त्यस्तै लोकप्रियतावाद र रास्वपाका गतिविधि र त्यसले पार्ने असरबारे लिल बहादुर केसी, संगठनात्मक कार्य बारे बद्रे आलम र महिला आन्दोलनका बारे चेतनाथ आचार्यले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा रूपन्देही जिल्लाका विभिन्न क्षेत्रबाट सहभागिता रहेको थियो ।