काठमाडौँ । आश्रम म्यूजिक प्रा.ली. दश वर्ष पुगेको उपलक्ष्यमा हृदय रोगीलाई आर्थिक सहयोग गरेको छ । उक्त आर्थिक रक्तिम साँस्कृतिक अभियान गुल्मी जिल्ला सचिव अमृता पुनलाई दिइएको हो ।
Advertisement
रक्तिमका महासचिव तथा आश्रम म्यूजिक प्रा.ली. एवं आश्रम संगित पाठशालाका सञ्चालक हेमराज पुनले दिनुभएको जानकारी अनुसार अमृता पुनलाई रु. १०००० (दश हजार) सहयोग गरिएको छ । सो आर्थिक आज १६ साउन २०८२ का दिन, हेमाराज पुन ‘आश्रम’ले हस्तान्तरण गर्नुभएको हो ।
हेमाराज पुन ‘आश्रम’का अनुसार साउन महिनाभरि आश्रम म्यूजिकले सेवा तथा सामाजिक कार्यहरूमा योगदान दिइने छ । आश्रम म्यूजिकले प्रगतिशिल गित– संगित क्षेत्रमा योगदान पुर्याउँदै आएको छ ।
अमृता पुन मुटु सम्बन्धी विमार भएकाले अप्रेशन भएको बताइएको छ, उहाँ गुल्मी कालिगण्डकी गाउँपालिका वडा नम्बर ७, भुर्तुङ्ग हिल निवासी हुनुहुन्छ ।
