काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) को केन्द्रीय स्तरको पार्टी प्रशिक्षण कार्यक्रम आजदेखि शुरु भएको छ ।
Advertisement
पार्टी महामन्त्री मोहनविक्रम सिंहले उद्घाटन गर्नुभएको सो प्रशिक्षण कार्यक्रममा पार्टीका जनवर्गीय मोर्चाहरूका शिर्ष नेतृत्वहरूको सहभागिता रहेको बताइएको छ ।
प्रशिक्षक दुर्गानाथ खरेलको अध्यक्षता र मनोज भट्टको सञ्चालनबाट अगाडि बढेको सो प्रशिक्षण कार्यक्रममा ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौन श्रदाञ्जली पछि प्रशिक्षणमा सहभागिहरुलाई अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीले स्वागत मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा वामपन्थी नेता आनन्द शर्मा, पार्टी प्रवक्ता रामप्रकाश पुरी, सहभागिको तर्फबाट मिना पुन र धर्मराज शर्माले मन्तव्य राख्नुभएको थियो ।
प्रशिक्षण २०८२ साउन १६ देखि ३० गतेसम्म सञ्चालन गरिने बताइएको छ ।
