दाजु– अहिलेको तिजमा पनि आउन पाइन घर
के छ बहिनी भन तिम्रो हाल खबर ।
Advertisement
बहिनी– दिनभरी दाउरा घाँस अनि मेला पातमा
बाँचेकै छु हजुरको आर्शीवादमा ।
दाजु– म प्रदेश भएपनि तीजमा माईत जानु है
बा आमा छन् घरमा दर खानु है ।
बहिनी– बुढो मेरा परदेसी एकलै छु घरमा
आफै भन्नु मेरो दाजै कसो गरौंम ।
दाजु– बाबा आमा बस्ने छन् तिम्रो बाटो हेरेर
एक कोलाई गै दिनु गाडी चढेर ।
बहिनी– जानलाई त नभएको होइन दाजु माईत जाने मन
गाई बाख्रा भैँसी सबै भोकै मर्छन् ।
दाजु– बुढाबुढी बाबा आमा डाँडामाका जून झै
नपरोस है मेरो बहिनी उनलाई रून लै ।
बहिनी– तीज त मा मेरो दाजु म जान नपाउँला
दशैँमा घर आउनु संगै मनाउँला ।
दाजु– यहि मनाउँछौँ तीज अनि दशैं र तिहार
मूल प्रवाह नै बनेको छ हाम्रो परिवार।
बहिनी– मूल प्रवाहले गरेको छ, धेरै नै राम्रो काम
मेरो पनि संगठनलाई लालसलाम ।