• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नागढुगा–सिस्नेखोला सुरुङमाग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

बागलुङका केसीले मौरीपालनबाट वार्षिक ६५ लाख आम्दानी गर्दै


  •   मङ्गलबार, साउन १३, २०८२ मा प्रकाशित
  • गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–१२ अमलाचौरका डिलबहादुर केसीको नाम मौरीपालन व्यवसायमा चर्चित छ । उहाँ मौरीबाजेको नामले बढी चिनिनुहुन्छ ।

    Advertisement

    केसीले बलेवा मौरीपालन उद्योग सञ्चालन गर्नुभएको छ । विसं २०५६ मा १० हजार लगानीमा दुई मौरीको घारबाट थालिएको मौरीपालन व्यवसायमा उहाँले अहिले रु एक करोड लगानी गरिसक्नुभएको छ । उद्योगका रूपमा स्थापित भएको मौरीपालन व्यवसायका कारण सिँगो बलेवा समेत परिचित हुँदै आएको छ ।

    एक/दुई घार हुँदै थपिएका मौरीका घार अहिले ३५० पुगेका छन् भने उद्योगबाट वार्षिक दुई हजार ५०० मौरीका घार देश भरका विभिन्न जिल्लामा बिक्री भइरहेका छन् । केसीका दुई छोराले उद्योगलाई प्रविधिसँग जोडेर आधुनिक मौरीका घार बनाइरहेका छन् ।

    ‘मत ६० वर्ष कटे, मौरीको स्याहार मात्रै गर्छु । छोरा जगत र जनकको नेतृत्वमा थप छ जनालाई रोजगारी दिएर आधुनिक मौरीका घार उत्पादन भइरहेका छन्, अहिले चितवनबाट ४०० मौरीका घारको माग आएपछि उद्योगमा धमाधम काम भइरहेको छ’, केसीले भन्नुभयो ‘देशभरका विभिन्न जिल्लाबाट अनुदानमा वितरण गर्ने मौरीका घार यही उद्योगमा निर्माण हुन्छन्, अहिले १० लाखमा युरोपबाट काठ काट्ने आधुनिक उपकरण लिएका छौँ, मौरीको मह बिक्री, मौरीगोलासहितको घार तथा अन्य घार मात्रै बिक्रीबाट पछिल्लो एक वर्षमा मात्रै रु ६५ लाख आम्दानी भयो ।’

    केसीका चार छोरामध्ये अहिले दुई छोराले बुबाको सिप र दुःखलाई पछ्याइरहेका छन् । वार्षिक तीन क्विन्टलसम्म मह उत्पादन तथा एक वर्षमा दुई हजार ५०० मौरीका घार उत्पादन गरेर बिक्री गर्दै आएको छोरा जगत केसीले जानकारी दिनुभयो । उहाँले अहिले तीन चरन क्षेत्रमा ३५० मौरीका घारमा मह उत्पादन भइरहेको जानकारी दिनुभयो ।

    ‘बाबाको बिँडो सम्हालेका मात्रै हौँ, बाबाले मौरीपालन गर्दै आउनुभएको थियो, पछि फर्निचरसमेतको काम जान्नुभएकाले आफूलाई चाहिने मौरीको घार आफँै बनाउने गर्नुभएको छ, घारको माग बढ्न थाल्यो, उद्योगलाई प्रविधिसँग जोड्न मात्रै हामीले सघाएका छौँ” छोरा जगतले भन्नुभयो, ‘अहिले घार उत्पादन फर्निचरमा छ जनालाई रोजगारी दिएका छौँ, तीन स्थानमा मौरीको चरन क्षेत्र विस्तार गरेका छौँ, चितवनका लागि ४०० मौरीका आधुनिक घार बिक्री गर्ने तयारी छ ।’

    केसीले आधुनिक उपकरणबाट काठ काट्ने, जोड्ने तथा रङ्ग लगाउने गर्नुहुन्छ । दुई वर्षअघि २३६ घार भारतको सिक्कमसम्म निर्यात गरेको जिकिर गर्दै उहाँले विभिन्न जिल्लामा अनुदानमा वितरण गर्ने गोलासहित र गोला रहितको घार उत्पादन गर्दै आएको बताउनुभयो ।

    मौरीको गोलासहितको घारलाई रु १० हजार र मौरीको गोलारहितको खाली घारलाई रु चार हजारदेखि रु पाँच हजारसम्म बिक्री गरिएको केसीले जानकारी दिनुभयो । आम्दानीको ३० देखि ४० प्रतिशत रकम बचत भएको छ । केसीले गत आर्थिक वर्षमा रु ६५ लाखको मह र मौरीका घार बिक्री गर्दा रु २५ लाख नाफा भएको बताउनुभयो ।

    मौरीको घार उत्पादन गर्न टुनीको काठ खरिद, विद्युत् महशुल, कर्मचारी तलबलगातमा उद्योगले लाखौँ रुपैयाँ खर्च गरिरहेको छ । टुनीको काठबाट बनेका घारको माग बढी छ । बजारमा स्थानीय तहले सघाउन सकेमा आफ्नो उद्योगले सयौँ नागरिकलाई रोजगारी दिन सकिने केसीले बताउनुभयो । “घार उत्पादनमा समस्या छैन, बजारीकरण गर्न कागजी प्रकृया नै झन्झटिलो छ”, उहाँले भन्नुभयो ।

    बलेवा मौरीपालन उद्योगमा उत्पादित मह प्रतिकिलो रु एक हजारमा बजारमा बिक्री हुने गरेको छ । उद्योगलाई बागलुङ नगरपालिकाले रु १८ लाख अनुदान दिएको केसीले बताउनुभयो ।

    मङ्गलबार, साउन १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नागढुगा–सिस्नेखोला सुरुङमाग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      नागढुगा–सिस्नेखोला सुरुङमाग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • २.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ३.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ४.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ५.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ६.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ८.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.