काठमाडौँ । टिपर दुर्घटनामा हुँदा भेरी नदीमा बेपत्ता भएका तीनजना युवकको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनीहररूको शव सुर्खेतमा फेला परेको हो।
गत मङ्गलबार साउन ६ गते रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ पिपलचौरमा रा १ क १५०१ नम्बरको टिपर दुर्घटना भएर ठूलीभेरी नदिमा खस्दा तीनजना बेपत्ता भएका थिए।
दुर्घटनामा रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–३ निवासी ३३ वर्षीय धनवीर विक, दाङका ४१ वर्षीय मनिराम चौधरी र रुकुम पूर्वको सिस्ने गाउँपालिका –८ स्यालापाखाका २० वर्षीय हरि विक बेपत्ता भएका थिए।
टिपर चालक मनिराम र जेसिभि हेल्पर हरिको शव केहि दिन अघि सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ खोचीस्थित भेरीनदी किनारमा फेला परेको हो भने शनवीरको शव आइतबार फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यति बिल्डर्स प्रालिमा जेसिभि अपरेटर पदमा कार्यरत धनवीको शव सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदी किनारमा आइतबार बेलुका फेला परेको हो।