• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

छद्मभेषीले फैलाएका भ्रमबारे


  •   बुधबार, जेठ २८, २०७७ मा प्रकाशित
  • १. केही समययता नेपाल कम्युनिस्ट पार्टी (मसाल) को विरुद्ध केही छद्मभेषीद्वारा लगातार आक्रमण हुँदै आएको छ । नेतृत्वमा रहेका व्यक्तिहरूको चरित्रहत्या गर्ने, कपोलकल्पित, मनगढन्ते, निराधार र निम्नस्तरका आरोप लगाएर पार्टी र पार्टी नेतृत्वलाई बद्नाम गर्न खोज्ने, पार्टीका संवेदनशील गोपनीयतालाई समेत सार्वजनिक गर्ने काम हुँदै आएको छ । यस्तो काम मसालका कुनै इमान्दार कार्यकर्ताबाट हुन सक्दैन । विरोधी वा बुर्जुवाले पनि न्यूनतम नैतिकताको पालना गर्ने गर्दछन् । मसालमाथि जुन निम्नस्तरबाट हमला भइरहेको छ, त्यो सिआइडी वा दुश्मनका एजेन्ट वा घुसपैठैयाबाट मात्र सम्भव छ । छद्मभेषी आफै दुश्मनका सिआइडी हुन् वा दुश्मनको एजेन्टको काम गरिरहेका छन् ? ती को हुन ? त्यो समयक्रममा स्पष्ट हुँदै जाला । मसाल र मसालका कार्यकर्ताले त्यस्ता छद्मभेषी घुसपठैया व्यक्तिको पहिचान गर्नुपर्छ र पार्टीको अनुशासन र एकतालाई बलियो बनाउनुपर्दछ ।

    Advertisement

    २. आठौँ महाधिवेशनको निर्णय भएदेखि नै छद्मभेषी सक्रिय भएका हुन् । त्यति बेलादेखि नै पार्टी नेतृत्वमा रहेका व्यक्तिको चरित्रहत्या गर्ने, पार्टीका गोपनीयता सार्वजनिक गर्ने र पार्टी दक्षिणपन्थी भयो भनेर प्रचारबाजी गर्ने काम भयो । विभिन्न फेक आइडी बनाएर सामाजिक सञ्जाल मार्फत् पार्टी विरोधी अभियान नै चल्यो । यसको उद्देश्य थियो– महाधिवेशनको छलफललाई अस्वस्थ र शत्रुतापूर्ण बनाउने, नेतृत्व र पार्टीप्रति कार्यकर्तामा घृणा पैदा गराउने, पार्टीमा फुट ल्याउने र अन्ततः मसालको क्रान्तिकारी राजनीति समाप्त पार्ने । नेतृत्वको परिपक्व कार्यशैली र हजारौँ क्रान्तिकारी कार्यकर्ताको सचेत भूमिकाका कारण महाधिवेशन स्वस्थ, मैत्रीपूर्ण र जनवादी प्रकारले सम्पन्न भयो । उनीहरूकोे कुत्सित उद्देश्य पूरा हुन सकेन । मसाललाई महाधिवेशनबाटै समाप्त पार्ने उद्देश्य पूरा नभएपछि महाधिवेशनपछि पनि त्यो अभियान जारी रहेको छ ।

    ३. पार्टीमा मतभेद हुनु, वैचारिक सङ्घर्ष चल्नु अस्वाभाविक होइन । मतभेद बिनाको पार्टीको कल्पना द्वन्द्ववादको विरुद्ध छ । वैचारिक सङ्घर्षले पार्टीलाई कमजोर बनाउँदैन, बरु बलियो बनाउँछ । तर नियम र अनुशासनको परिधिबाहिरबाट चल्ने सङ्घर्षले पार्टीलाई बलियो बनाउँदैन । त्यसकारण मतभेद वा सङ्घर्ष जनवादी केन्द्रीयताको आधारमा चल्नुपर्छ । पार्टीमा चल्ने सङ्घर्ष वा मतभेदलाई अनुशासनले एकतामा सूत्रबद्ध गरेको हुन्छ । त्यसैले अनुशासन एकताको आधार पनि हो । मतभेदले पार्टी कमजोर हुँदैन, वैचारिक सङ्घर्षले पार्टी फुट्दैन । तर जब अनुशासन कमजोर हुन्छ, त्यहाँ एकता पनि कमजोर हुँदै जान्छ अर्थात् जब जनवादी केन्द्रीयताको सही प्रकारले पालना हुँदैन, त्यहाँ अराजकताले स्थान लिँदै जान्छ । गुट जन्मन थाल्छन् । अन्ततः पार्टी विसर्जन हुन पुग्छ ।

    ४. छलफलमा स्वतन्त्रता, कार्यमा एकता जनवादी केन्द्रीयताको सार हो अर्थात् निर्णय हुनुपूर्व व्यापक छलफल हुनुपर्छ तर निर्णय भएपछि त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छ । निर्णय भइसकेपछि पनि छलफलको माग गर्नु वा कार्यान्वयनमा आनाकानी गर्नु जनवादी केन्द्रीयताको विरुद्ध हुन जान्छ । छद्मभेषीले अनुशासनलाई निरङ्कुशता, नोकरशाही, दासता भनेर विरोध गरेका छन् । अनुशासित कार्यकर्तालाई दास, नेतृत्वको चाकरी गरेको आदि भनेर विरोध गरेको पाइन्छ । विभिन्न गल्तीका आधारमा भएका कारबाहीलाई उनीहरूले मतभेदसँग जोडेर कारबाहीको पैतलादेखिको बल लगाएर विरोध गरेको देखिन्छ । यसो गर्नुको अर्थ हो– उनीहरू जनवादी केन्द्रीयताको सिद्धान्तलाई मान्दैनन् । अनुशासनलाई पार्टीएकताको आधारको रूपमा स्वीकार गर्दैनन् अर्थात् उनीहरू पार्टी फुटेको देख्न चाहन्छन्, फुट पार्न चाहन्छन् वा पार्टी ध्वस्त भएको हेर्न मात्र चाहन्छन् ।

    ५. महाधिवेशनका बेला पार्टीमा रहेकोे मतभेदलाई शत्रुतापूर्ण बनाउन र त्यसबाट अनुचित लाभ लिन छद्मभेषीले पूरा जोड लगाएका थिए । महाधिवेशनमा प्रतिनिधि वा पर्यवेक्षकमा नपरेका, विभिन्न कारणले पदमुक्त भएका, कारबाहीमा परेका वा असन्तुष्ट कार्यकर्तालाई उचाल्ने र उनीहरूलाई नेतृत्व र पार्टी विरोधी बनाउन पूरा शक्ति लगाए । अहिले पनि महाधिवेशनपूर्वको विवादलाई कायम राखी पार्टीको एकतालाई कमजोर पार्न पूरा शक्ति लगाएको देखिन्छ । यसबाट मसाललाई ध्वस्त पार्ने, नसके फुटाउने, त्यो पनि नसके कमजोर बनाउने छद्मभेषीको उद्देश्य भएको कुरा बुझ्न गाह्रो पर्दैन ।
    ६. छद्मभेषीले आठौँ महाधिवेशनपछि पार्टी घोषित रूपमा दक्षिणपन्थी भएको दावी गरेका छन् । जबकि यसभन्दा अघिका छैटौँ, सातौँ महाधिवेशनको राजनैतिक सैद्धान्तिक मान्यतालाई नै आठौँ महाधिवेशनले आत्मसात गरेको छ । छैटौँ, सातौँ महाधिवेशनको राजनीति क्रान्तिकारी हुने र आठौँ महाधिवेशनको राजनीति दक्षिणपन्थी हुने कुराजस्तो हास्र्यास्पद के हुन सक्छ ?

    ७. छद्मभेषीले पार्टी दक्षिणपन्थी भएका कारण क्रान्तिकारी पार्टी निर्माण गर्ने दावी गरेका छन् । छद्मभेषीसँग कुनै क्रान्तिकारी नीति छैन । छद्म तरिकाले निम्नस्तरका आरोपको प्रचारबाजी नै उनीहरूको मूल राजनीति देखिन्छ । यसैलाई उनीहरूले वैचारिक सङ्घर्षको जामा पहिराउँदै आएका छन् । क्रान्तिकारी नीति बिना क्रान्तिकारी पार्टी कसरी बन्न सम्भव छ ?

    ८. करिब एक वर्षदेखि छद्मभेषीले षड्यन्त्रपूर्ण तरिकाले पार्टीमाथि आक्रमण गर्दै आएका छन् । षड्यन्त्रपूर्ण तरिकाबाट क्रान्तिकारी पार्टी निर्माण हुन सक्दैन । उनीहरू अहिले पनि खुल्ला नामले आउन सकिरहेका छैनन् । त्यसको कारण के हो भने छद्म रूपमा लगाएका आरोप प्रमाणित गरिरहनुपरेन । पार्टीएकतापछि एकताकेन्द–मसाललाई प्रकाशले माओवादीमा लैजान योजनाबद्ध तरिकाले काम गरेको प्रष्ट भएपछि पूर्व मसालले पार्टीको क्रान्तिकारी धारलाई जोगाउन पार्टीसँग ‘न सम्बन्ध न सम्बन्ध विच्छेदको नीति’ अपनाउने ऐतिहासिक निर्णय गरेको थियो । त्यही नीतिका आधारमा पार्टीभित्र रहेका माओवादीपरस्त तत्त्वका विरुद्ध सङ्घर्ष चलेको थियो । त्यही सङ्घर्षले पार्टीको क्रान्तिकारी सिद्धान्तको रक्षा गर्नुका साथै नेकपा (मसाल) लाई पुनर्गठन ग-यो । यो सङ्घर्ष कुनै छद्मनामबाट षड्यन्त्रपूर्ण तरिकाले गरिएको थिएन ।

    सबैलाई थाहा भएको कुरा हो कि ‘न सम्बन्ध न सम्बन्ध विच्छेदको नीति’ सार्वजनिक भएको थियो र त्यस आधारमा खुल्ला सङ्घर्ष सञ्चालन भएको थियो । दुनियाँका सबै क्रान्तिकारी षड्यन्त्रपूर्ण तरिकाबाट पार्टी निर्माण गर्ने र षड्यन्त्रपूर्ण गतिविधिलाई अस्वीकार गर्दै आएका छन् । नेकपा (मसाल) को इतिहासले पनि यो कुरालाई स्पष्ट पारेको छ । छद्मभेषीले षड्यन्त्र र जालझेललाई क्रान्तिकारी पार्टी निर्माणको आधार बनाएको देखिन्छ । यसबाट के प्रष्ट हुन्छ भने छद्मभेषीलाई कुनै क्रान्तिकारी पार्टी निर्माण गर्नु छैन । यसबाट यो पनि स्पष्ट हुन्छ कि नेकपा (मसाल) लाई ध्वस्त बनाउनु नै छद्मभेषीको एकसूत्रीय मिसन हो ।

    ९. छद्मभेषीहरुले बारम्बार मसाल दक्षिणपन्थी भएको आरोप लगाएका छन् । पार्टीले दक्षिणपन्थी नीति लिएमा के गर्ने ? संसारभरका क्रान्तिकारीहरुले अपनाउदै आएको तरिका केहो भने, प्रथमः अन्तरसंघर्षद्धारा क्रान्तिकारी नीति पुर्नस्थापना गर्ने । दोस्रो, त्यसो गर्न सम्भव भएन भने विद्रोह गर्ने र पार्टी पुर्नगठन गर्ने । छद्मभेषीहरुले यी दुबै तरिका अपनाउन तयार देखिदैनन् । प्रथम तरिका अर्थात अन्तरसंघर्षको माध्यमबाट अगाडि जानकालागि पहिलो, पार्टी अनुशासनको पालना गर्नुपर्छ । दोस्रो, महाधिवेशनले पारित गरेको नीतिलाई मान्नु पर्छ ।

    पार्टीले गरेका निर्णय र निर्देशनलाई स्वीकार गर्नु पर्छ र पालना गर्नु पर्छ । छद्मभेषीहरुको गतिविधि हेर्दा उनीहरुले कुनै अन्तरसंघर्ष गरिरहेका छैनन्, गरिरहेका छन् भने त्यो हो ध्वंश । उनीहरुले भन्दै आएको अन्तरसंघर्ष इमान्दार कार्यकर्ताहरुलाई भ्रम दिन प्रयोग गरिएको शव्दजाल मात्र हो । दोस्रो तरिका अर्थात विद्रोहको तरिका पनि उनीहरु अपनाउन तयार छैनन् । त्यसैको परिणाम उनीहरु एक बर्षदेखि छद्मभेषीको रुपमा षडयन्त्रपूर्ण गतिविधि अपनाइरहेका छन् । वास्तवमा सत्य यो हो कि नत उनीहरुलाई अन्तरसंघर्ष गर्नु छ, नत क्रान्तिकारी सिद्धान्त पुर्नस्थापना गर्नु छ, नत पार्टी बनाउनु नै छ । यसबाट यो पनि स्पष्ट हुन्छ की, नेकपा (मसाल)लाई ध्वस्त बनाउनु नै छद्मभेषीहरुको एक सुत्रीय मिसन हो ।

    १०. छद्मभेषीहरुले झुट्टा र भ्रामक कुरा प्रचार गर्न न्वारनदेखिको बल लगाएका छन् । यसो गरेर उनीहरुको पार्टी र नेतृत्वको वदनाम गर्ने, आम जनतामा भ्रम छर्ने, कार्यकर्ताहरुलाई निरास बनाउने र अन्ततःकुनै राजनैतिक भूमिका निर्वाह गर्न असमर्थ पार्टीको रुपमा पतन गराउने उदेश्य रहेको देखिन्छ । त्यसकालागि उनीहरुले काल्पनीक काहानीहरु बनाएर प्रचार गरिरहेका छन् । उनीहरुले का. जलजलाको हत्यामा मोहनविक्रमको हात रहेको भनेर अत्यन्त घटीया आरोप समेत लगाउन पुगेका छन् । जबकी सबैलाई थाहा भएको कुरा होकी का. जलजलाको दिल्लीमा बस दुर्घटनामा मृत्यु भएको थियो । उनको मृत्युबाट सबै भन्दा दुःखी यदि कुनै व्यक्ति भएको थियो भने त्यो का. मोहनविक्रम हुनुहुन्थ्यो ।

    आफ्नो प्रिय व्यक्तिको मुत्युसँग नाम जोडेर का. मोहनविक्रम सिंहलाई बदनाम गर्न असफल प्रयत्नमात्र भएको छैन कि उहाँलाई थप पीडा दिन खोजिएको छ । पार्टीमा भ्रष्टाचार गरेको, पार्टीको पैसाबाट घर घडेरी जोडेको, विभिन्न व्यक्तिहरुको मृत्युमा सामेल भएको, अन्य दलहरुसंग रकम लिएको, महिला कामरेडहरुसंग अनैतिक व्यवहार गरेको जस्ता दर्जनौ निम्नस्तरका निराधार र कपोलकल्पीत आरोपहरु लगाईएको छ । आरोप लगाउदै जाँदा उनीहरु यति तलसम्म गिर्न सक्छन्की, एउटा लेखमा उनीहरुले युगदर्शनमा प्रकाशित मेरो लेखलाई मोहनविक्रम सिंहले सुरेश थापाको नाममा लेख छपाएको भन्नसम्म भ्याएका छन् ।

    यो एउटा उदाहरणबाट पनि प्रष्ट हुन्छ कि उनीहरुका आरोपहरु कति निराधार, कपोलकल्पीत, मनगढन्ते र निम्नस्तरका छन् । यी आरोपहरुलाई हेर्दा छद्मभेषीहरुको वैचारिक, साँस्कृतिक र चारित्रीकस्तर अत्यन्तै निम्न भएको बुझ्न सकिन्छ । उनीहरुका समग्र आरोपहरुलाई हेर्दा कम्युनिष्ट नैतिकताको कुरा त धेरै टाढाको कुरा भयो, सामान्य वुर्जुवा वा मानवीय नैतिकता समेत गुमाएको देखिन्छ । मोहनविक्रमको कथित नैतिकताको कुरा गर्दा उनीहरु आफूहरुले निम्नस्तरको अनैतिक कार्य गरिरहेको विर्सिरहेका छन् । यसप्रकारका निम्नस्तरका अनैतिक व्यक्तिहरुले क्रान्तिकारी सिद्धान्त र कम्युनिष्ट पार्टी निर्माणका लागि मसालको दक्षिणपंथी लाइनका विरुद्ध गरेको भनिएको कथित संघर्ष हास्यादपद र मजाकको विषयमात्र बन्न गएको छ ।

    ११. कुनै पनि वस्तुको विनासका लागि उसको आन्तरिक पक्षको निर्णायक भूमिका रहन्छ । पार्टीका लागि पनि त्यही कुरा सत्य हो । सिद्धान्त र राजनीति सही हुँदासम्म दुनियाँका कुनै पनि शक्तिको चाहना वा इच्छाले पार्टी समाप्त हुने होइन । कसैको गालीगलौज र सत्तोसरापले पार्टी समाप्त हुने भए नेकपा (मसाल) को अस्तित्व दशकौँ अगाडि नै समाप्त भइसक्ने थियो । मसाललाई समाप्त पार्न इतिहासले आफूहरूलाई ‘जिम्मेवारी’ दिएको बताउनेको अस्थित्व अहिले कहाँ छ ? मोहनविक्रमलाई गालीगलौज र चरित्रहत्या गरेर नथाक्नेहरू अहिले उनीहरू इतिहासको कुन पानामा हराएका छन् ? नेकपा (मसाल) लाई दक्षिणपन्थी संशोधनवादी भनेर आरोप लगाउने अहिले उनीहरू कुन ठाउँमा छन् ? सबैलाई थाहा छ । छद्मभेषीको षड्यन्त्र, विरोध, गालीगलौज, चरित्रहत्या, चिच्च्याहट वा रुवावासीले नेकपा (मसाल) को गति रोकिने छैन । इतिहासमा सबैको जस्तै मसालको अस्तित्व समाप्त पार्ने छद्मभेषीको चाहना पनि पूरा नहुने निश्चित छ । नेकपा (मसाल) को गौरवपूर्ण क्रान्तिकारी इतिहास निरन्तर अगाडि बढिरहने छ ।

    बुधबार, जेठ २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.