• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

पर्यटक तान्दै बागलुङको चौरीखर्क


  •   बुधबार, साउन ०७, २०८२ मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) । रङ्गीचङ्गी बुकी फूलले भरिएको मनमोहक ठाउँ, छिनछिनमै लुकामारी गर्ने बादल, त्यसमाथि सिरसिर चल्ने हावा पर्यटकलाई चौकीखर्कसम्म तान्न पर्याप्त छन् । स्थानीयहरु यो ठाउँलाई चुङ्री भन्छन् । यही चुङ्री केही समययता प्रकृतिप्रेमीका लागि गन्तव्य बन्दै गएको छ ।

    Advertisement

    हरिया डाँडामा सुस्ताउँदै प्राकृतिक सुन्दरतामै झुम्न रमाउनेका लागि यो अनुपम थलो हो भन्दा फरक पर्दैन । उत्तरतर्फ फैलिएका हिमशृङ्खला र भेडीगोट पर्यटकका लागि भुल्ने बाहना बनिदिन्छन् । बागलुङ र पूर्वीरुकुमको सीमा क्षेत्रका गोठला र भेडा डुल्ने समुन्द्री सतहदेखि करिब चार हजार मिटरको उचाइको चौकीखर्क गत वर्षसम्म धेरैका लागि अपरिचित जस्तै थियो । तर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार हुन थालेपछि बाहिरी मानिसका लागि यो परिचित बन्दै गएको छ ।

    राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत दुई जिल्लाको सिमाना पातीहाल्नेदेखि सहज रुपमा चौरीलेकमा पुग्न सकिने हुँदा पछिल्लो समय दैनिक पर्यटक आउने गरेका छन् ।

    लेकाली हावापानी र पोषिलो घाँस पाइने हुँदा वर्षौँदेखि बागलुङ, पूर्वीरुकुम, रोल्पा र म्याग्दीका गोठालाहरु वर्खाको समयमा यहाँ आउने गर्छन् । पातीहाल्नेदेखि करिब आधा घण्टा गाडीको यात्रा र साढे दुई घण्टा पैदल यात्रापछि चौकीखर्क लेकमा पुग्न सकिन्छ । दुई जिल्लाको सङ्गमस्थलका रुपमा रहेको चौरीखर्कमा पर्यटकको चहलपहल हुन थालेपछि गोठालाहरु अहिले दङ्ग छन् । पहिले सुनसान हुने उक्त ठाउँमा अहिले डाँडैभरी पर्यटक भरिने गरेको बागलुङको निसीखोला गाउँपालिका–६ का गोठाला भागविर घर्ती मगरले बताउनुभयो ।

    “गत वर्ष भदौमा हो जस्तो लाग्छ १२र१५ जनाको टोली चौरीखर्कमा आएको थियो, त्यसपछिका दिनमा यहाँ आउनेहरु बढ्दै गरेको देखिन्छ”, उहाँले भन्नुभयो । आफू जेठको अन्तिम साता गोठ लिएर चौरीखर्क आएको भन्दै असारमै महिनामै सयौँ पर्यटक लेकमा आइसकेको घर्ती मगरले बताउनुभयो ।

    “यो लेक त गोठालाका लागि प्यारो थियो, तर अहिले त घुम्न आउने मान्छेहरुलाई पनि राम्रो लाग्न थालेछ, कोही बिहान आएर साँझ फर्किन्छन् त कोही एकरदुई दिन टेण्ट टाँगेरै बस्छन्”, घर्ती मगरले भन्नुभयो, “अहिले दैनिक एक सय मान्छे आउने गरेका छन्, बिदा हुँदा त यहाँको डाँडाहरु सबै मान्छेले भरिन्छन्, उनीहरुले भेडाका बथान, फूल, गोठ र हामी गोठलाहरुसँग फोटो खिच्न रुचाउँदा रैछन् ।”

    पर्यटकलाई लक्षित गरी यहाँ अघिल्लो वर्ष पदमार्ग निर्माण भएको छ । वर्खाको समयमा चारैतिर हरियाली देखिने, वनफूल फूल्ने र भेडीगोठ भेटिने हुँदा पर्यटक बढ्न थालेको पूर्वीरुकुमको भूमे गाउँपालिका–१ गोठाला नमसिंह गुरुङले बताउनुभयो ।

    पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख टङ्कनाथ खनालले अघिल्लो वर्ष रु १० लाखमा रुकुमपूर्वको रानीबास–पाइपा हुँदै चौरीखर्क जोड्ने गरी करिब पाँच किलोमिटर पदमार्ग निर्माण गरेको बताउनुभयो । यसवर्ष पनि पदमार्गसहित थप पूर्वधार निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले रु २५ लाख विनियोजन गरेको उहाँको भनाइ छ ।

    प्रमुख खनालले भन्नुभयो, “गत वर्षदेखि यहाँ आउने पर्यटक बढेका छन्, यस क्षेत्रलाई प्रवर्द्धन गर्न लम्बिनी प्रदेश सरकारले पनि ध्यान दिएको छ, अघिल्लो वर्ष कोइपामा जलाकी निर्माण भएको छ, त्योसँगै पदमार्ग पनि बनेको छ, यसको प्रचारप्रसार गर्ने, पूर्वाधार थप्ने र चौरीखर्कलाई उत्कृष्ट गन्तव्य बनाउने गरी काम भइरहेको छ ।”

    तुल्सीपुर दाङबाट घुम्न आउनुभएका पारस न्यौपानेले चौरीखर्क लेक निकै मनमोह रहेको प्रतिक्रिया दिनुभयो । दाङबाट बुटवल, गुल्मी, बागलुङको बुर्तिवाङ र निसीखोला हुँदै यहाँ आएको उहाँको भनाइ छ । यो याममा दाङमा निकै गर्मी रहेको भन्दै चौरीलेक आएपछि निकै आनन्द आएको न्यौपानेले अनुभव सुनाउनुभयो । सरकारले पातीहाल्नेदेखि चौरीलेकसम्म पुग्ने विभिन्न ठाउँमा ठाउँ चिनाउने बोर्ड र ठाउँठाउँमा विश्रामस्थल बनाउन सके पर्यटकलाई सहज हुने उहाँको बुझाइ छ । (डम्मर बुढामग/ररासस)

    बुधबार, साउन ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.