काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसार ठमेलबाट दुई किलो सुन र रु. २४ लाख नगदसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ ।
Advertisement
पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिएका छन् । उनले भने, “ठमेलस्थित एक होटलबाट उनीहरूको साथबाट सुन र नगद बरामद गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।”