• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कोरोनाको कहरः स्वदेशमै रोजगारी, आत्मनिर्भर बन्ने अवसर


  •   मङ्गलबार, जेठ २७, २०७७ मा प्रकाशित
  • प्रकृतिको स्वभाव पनि कस्तो छ, कहिले भूकम्प, कहिले बाढी पहिरो त कहिले भाइरसको प्रकोपबाट मानिसको विनाश गरिरहेको हुन्छ । जुनसुकै परिस्थितिमा पनि मानिसहरू हरेक समस्यासँग जुध्दै त्यसको समाधान पनि खोजिरहेका हुन्छन् । अहिलेको अवस्थामा मानिसले कोरोनाको महामारी खेपिरहेका छन् । यसको न उपचार गर्ने औषधि बनाउन सकिएको छ, न त अरू नै कुनै समाधान । मानिसदेखि मानिसको दूरी कायम राखेरै यसलाई नियन्त्रण गर्न खोजिएको छ ।

    Advertisement

    कोरोनाका कारण एक प्रकारले विश्व नै ठप्प पारेको अवस्था छ । विश्वको अर्थतन्त्र नै डामाडोल भएको छ । यसको कारणले आज विश्वमा नै बेरोजगारीको अवस्था सृजना भएको छ । जसले गर्दा अहिले विश्वमा करोडौँ मानिसको रोजगार गुमेको छ । यसबाट नेपाली श्रमिकहरु पनि अछूत रहन सकेका छैनन् । वैदेशिक रोजगारबाट बहिरिए पछि उनीहरु स्वदेश फर्कन चाहिरहेका छन् । सरकारलाई वैदेशिक रोजगारबाट फर्केका र फर्किन चाहिरहेका युवाहरुको व्यवस्थापन गर्न ठूलो चुनौति खडा भएको छ ।

    नेपालमा पनि बाहिरबाट श्रमिकहरु आएर काम गरिरहेका छन् । उनीहरुलाई पनि नेपालले रोजगारीको अवसर सिर्जना गरेको छ । नेपालमा ठूलो संख्यामा भारतीय श्रमिकहरुले काम गरिरहेका छन् । मुलतः नेपालको निर्माण क्षेत्रमा लाखौँ भारतीय श्रमिकहरूले रोजगार पाइरहेका छन् । त्यस्तै, खेतिपातीदेखि लिएर व्यापार व्यवसायमा पनि ठुलो संख्यामा भारतीयहरू नै संलग्न छन् ।

    कोरोनाको कारणले विदेशबाट नेपाली मात्र होइन नेपालबाट पनि कैयौं सङ्ख्यामा ती भारतीय श्रमिकहरु स्वदेश फर्किएका छन् । तिनीहरुले काम गरेको रिक्त स्थानमा नेपाली युवाहरुलाई स्थापित गराएर बेरोजगारीबाट मुक्त गराउन सकिन्छ । जस्तै निर्माण क्षेत्रमा, फर्निचर कारखानामा, पेन्टिङको काम, प्लम्बर, इलेक्ट्रिक काममा, डकर्मी साथै सिकर्मी काममा । विदेशबाट बेरोजगार भएर फर्किएका जति पनि नेपाली युवाहरु छन् उनीहरुलाई दक्षता अनुसार काम गर्न प्रोत्साहन गरौँ ।

    कृषिलाई पहिलो प्राथमिकतामा राखेर आधुनिक तरिकाले खेति गरि उत्पादन बढाउने र कृषिलाई व्यवसायिकरण तर्फ लैजानु दीर्घकालीन रणनीतिका हिसाबले उचित हुन्छ । यसमा सरकारले कृषकहरुलाई उन्नत जातका बिउ बिजन, मल सिंचाईको ब्यवस्था गरिदिनु पर्छ । त्यसको साथै बजारीकरणको पनि ब्यवस्था गरिनु पर्दछ । यति गर्न सकियो भने मात्र पनि बेरोजगारीको अवस्था कम भएर जान्छ ।

    यसको साथै पशु पन्क्षी पालन, मत्स्यपालनलाई पनि जोड दिनु पर्छ । यसबाट घर परिवारको आयस्तर वृद्धि हुनुको साथै देशको अर्थतन्त्र पनि बलियो हुन पुग्छ । बाहिरबाट आयातित खाद्यान्न, खसीबोका, माछा आदि रोकिने छ । स्वदेशकै उत्पादनले धान्ने छ । कोरोनाले ध्वस्त पारेको अर्थतन्त्र फेरि मजबुत बन्ने छ । आफ्नो अमूल्य मेहनतको सही सदुपयोग गर्ने समय यही हो राम्रो सँग सोचौँ, मनन गरौँ । दक्ष मानिसहरूलाई काममा लगाउने, नजानेकालाई तालिमको व्यवस्था गर्ने, प्रशिक्षण दिने । यि कामहरू गर्दा स्वदेशमै उत्पादन भएका सामान मात्र प्रयोग गर्न, गराउन जानकारी दिने, भएसम्म स्वदेशकै नभए मात्र आयातित समान प्रयोग गर्ने, राष्ट्र प्रति बफादार हुन सिकाउने । यति मात्र गर्न सकियो भने पनि उद्योग धन्दा कलकारखाना राम्रो सँग सञ्चालन हुन्छ। नेपाल मै रोजगारीको अवसर सृजना हुन्छ, विदेश जानु पर्दैन ।

    खाडी मुलुक गएर कति नेपालीले ज्यान गुमाएका छन् । यस्तो परिस्थित भोग्नु पर्दैन । भारतीय श्रमिकहरुलाई विस्थापित गराएर आफू स्थापित हुने सुअवसर यहि हो । यसलाई खेर जान नदिई सही सदुपयोग गर्ने समय आएको छ । हामीले पनि सोच्न जरुरी छ आफ्नो देशमा काम गर्न लाज हुने तर विदेशमा चाहिँ जस्तो सुकै काम गर्न पनि पछि नहट्ने सोच त्याग्नु पर्छ । सबै काम बराबर हो भन्ने सोच राखेर काम गरौँ । यो शिक्षा आफू पनि लिउँ अरुलाई पनि दिउँ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौँ, स्वदेशी श्रमिकहरुलाई नै पहिलो प्राथमिकतामा राखौँ । यति मात्र गर्न सकियो भने भने पनि देशले बिस्तारै काँचुली फेर्दै जाने छ । हाम्रो सोच अलिकति बदलियो भने पनि देश निर्माणमा सहयोग पुग्छ । यसको लागि सरकारले पनि आवश्यक पहल गर्न जरुरी छ ।

    हाम्रो देशलाई आत्म निर्भर बनाउन हामीले नै ठूलो भूमिका खेल्नु पर्छ । जसरी नेपालीले अर्काको भूमिमा आफ्नो मेहनत र इमान्दारिता देखाएका छन्, त्यसरीनै आफ्नै देशमा देखाऔँ । यसो गरेमा रोजगारीको लागि विदेशीनु पर्ने र खानको लागि अरूको मुख ताक्नु पर्दैन ।

    अर्को कुरा नेपालको सिमामा रहेका नेपालीहरुले बढी पैसाको लोभमा परेर भारतीयहरू लाई आफ्नो जग्गा जमिन कमाउन दिएका छन् त्यसलाई पनि रोक्नु पर्छ। यो कुरा पनि सबैले बुझ्न जरुरी छ । यसमा जग्गाधनीले सके आफैँ खेति गरौँ, नसकेको खण्डमा नेपाली नागरिकलाई नै दिउँ । विषेश गरी तराईमा बढी श्रमिकहरु भारतकै छन् । खेतिपातीमा विशेष भूमिका यिनीहरुकै हुन्छ । त्यसैलाई मध्यनजर गर्दै अब नेपाली श्रमिकहरुलाई नै पहिलो प्राथमिकतामा राखेर श्रममा लगाउने बाटो अङ्गाल्नु जरूरी छ । सबै कुराहरु मनन गर्न सकियो भने हामी देशभक्ति प्रति समर्पित हुने छौँ । राष्ट्रलाई माया गर्ने सबै नेपालीले बुझौँ र बुझाउँ। सरकारबाट पनि जनचेतना जगाउन विशेष पहल गर्नुपर्ने छ । यसको लागि राजनीतिक दलका नेताहरु स्थानीय निकायको समन्वयमा स्थानीय बासीलाई सचेत गराउनु पर्छ र उनीहरुले यो बुझाउनु पर्छ कि नेपालमा युवाहरुलाई हरेक क्षेत्रमा रोजगारीको मौका छ केवल उनीहरु अग्रसर हुन जरुरी छ।

    हामी आफ्नो जग्गा जमिन धितो राखेर, बेचेर अर्थात् ऋण काढेर भए पनि श्रमको लागि विदेश जान तयार हुन्छौँ तर तेही पैसा स्वदेशमै लगानी गरेर आफ्नो जिविकोपार्जन गर्न तिर लाग्दैनौं । यसमा हामीले अलिकति पनि सोचविचार गरेका छैनौं । अब यो कोरोनाले सोच्नका लागि बाटो देखाइ दिएको छ । बेरोजगार रहेका, कोरोनाको कारणले रोजगारी गुमेका र वैदेशिक रोजगारबाट फर्केका लाई रोजगारीको अवसरहरु देखाइ दिएको छ । यसको लागि राज्यले प्रभावकारी र आवश्यक पहल गरी जनसहभागिता गराई प्रविधि सहितको सिपमूलक ज्ञान दिन आवश्यक छ । किसानहरुको हकमा भने विशेष व्यवस्था गरि उन्नत जातका बिउ बिजन, मल समयमै उपलब्ध गराउने व्यवस्था हुनुपर्छ ।

    राष्ट्रिय योजना अनुसार उत्पादन बढाउने, देशलाई आत्मनिर्भर तिर लम्काउने हो भने, किसानहरुको प्रोत्साहनको लागि ठूलो पाइला चाल्न आवश्यक छ । नेपालमा उत्पादित सामानलाई महत्व दिन जरूरी छ । कसैको लहैलहैमा लागेर होइन, आफैँ चेतनशील भई नेपाली सामानको प्रयोग गर्नु र गराउनु पर्छ । अब हामी नेपालीले पनि सोच्नु र बुझ्नु पर्ने बेला आएको छ ।

    मङ्गलबार, जेठ २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.