दीप गोले तामाङ ##
Advertisement
फर्केनन् हर्के दाइ परदेशबाट
फर्किएनन् मीना बहिनी परदेशबाट
काग कराउँदैछ घुमेर आकाशमा
फर्केर आए हरि दाइ काठको बाकसमा
लालाबाला छोडेका छन् सानीको भरमा
गीता दिदी बन्धक भो साहुको घरमा
बिर्ख भाइ घर फर्के हातगोडा गुमाएर
पर्खेका छन् बुढीआमा टाउको समाएर
उषा बहिनी पेट बोकी घर फर्किए
उनको पीडा नबुझी समाज तर्किए
भक्त भाइ जेलभित्र कोची राख्दिए
लाले दाइ बिनागल्ती फाँसी लाइदिए
सुखको आशामा धन खोज्दै फाल्यो जीवन
आफ्नै ठाउँ आफ्नै गाउँ फर्किनु सबै जना