महेश रिजाल, भालुबाङ (दाङ) ।
दाङको भालुबाङमा सामुदायिक वनसमूह र उद्योगका सदस्यका लागि लैङ्गिक र सामाजिक समावेशीसम्बन्धी क्षमता अभिवृद्धि विकास तालिमको उद्घाटन भएको छ ।
गोबरडिया काष्ठ तथा फर्निचर उद्योग प्रालिको आयोजनामा २०८२ असार ३२ गते बुधबार सो गोष्ठी उद्घाटन भएको हो ।
सामुदायिक वन उपभोक्ता महासङ्घ लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष हुमानाथ भट्टराईको प्रमुख आतिथ्यमा अघि बढेको सो समारोहलाई विशिष्ट अतिथि एवम् जिल्ला वन महासङ्घ दाङका अध्यक्ष हरि भुसाल, मुख्य प्रशिक्षक विजय जिसीलगायतले सम्बोधन गर्नुभएको थियो ।
कुलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नवराज शर्माको अध्यक्षता सुरु भएको उक्त कार्यक्रम भोलि बिहीबारसम्म चल्नेछ ।
कार्यक्रममा कुलपानी सामुदायिक वन उपभोक्ता समूह, जनशक्ति सामुदायिक उपभोक्ता समूह, वनशक्ति सामुदायिक वन उपभोक्ता समूह, सूर्य सामुदायिक वन उपभोक्ता समूह, जनप्रिय सामुदायिक वन उपभोक्ता समूह, जनसेवा सामुदायिक वन उपभोक्ता समूह, बाग्दुला दमार सामुदायिक वन उपभोक्ता समूह, लक्ष्मी सामुदायिक वन उपभोक्ता समूह, लखपति सामुदायिक वन उपभोक्ता समूह, महदेवा सामुदायिक वन उपभोक्ता समूह, दुर्गा सामुदायिक वन उपभोक्ता समूह र गोबरडिहा सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि कार्यक्रममा सहभागी छन् ।

त्यस्तै सेयर समूहका प्रतिनिधि र सेयर सदस्यको समेत कार्यक्रममा सहभागिता रहेको सामुदायिक वन उपभोक्ता समूह गढवा–१ बडहराका नवराज शर्माले जानकारी दिनुभयो ।
होटल इभरल्यान्डमा चलिरहेको उक्त गोष्ठीमा गोबरडिहा काष्ठ तथा फर्निचर उद्योग प्रालिका ३० जना सहभागी रहेका छन् ।