• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

२०४७ सालदेखि प्रत्यक्ष भोगेको कुरा


  •   बुधबार, असार ३२, २०८२ मा प्रकाशित
  • मेघराज भट्टराई ##
    पञ्चायती व्यवस्थाले नेपाली जनतालाई राजनैतिक अधिकारबाट वञ्चित गर्याे । समाज विकासको गतिलाई दरबारले रोक्न खोज्यो । दरबारले आफ्नो पारिवारिक स्वार्थलाई मात्र हेर्याे ।

    Advertisement

    जनतालाई सुविधा भएन भनेर हामी आयौँ भने यो देशको कायापलट हुनेछ भनेका अहिले सरकार चलाएका राजनैतिक दलका नेतृत्वकर्ताले आफ्नो व्यक्तिगत कायापलट पक्कै गरे । देशलाई खरानी लिस्टमा पुर्याए ।

    काङ्ग्रेसको अर्थनीति नै पुँजीवादी र नवउदारवादी थियो तर एमालेको नीति त माक्र्सवादअनुसारको समाजवादी अर्थनीति भनेर नेताकार्यकर्ता जनता झुक्याउने काम गरे । यसले मात्रै पुगेन, हामी देशको सम्पूर्ण राज्यसत्तामा आमूल परिवर्तन गर्छौं, त्यसको लागि नयाँ जनवाद ल्याउँछौँ भनेर माओवादीले जनझापामा युद्ध पनि लडे तर उहाँहरू पनि काङ्ग्रेस–एमालेको अर्को समूहजस्तो हुन आउनुभयो ।

    अहिले भन्ने हो भने काङ्ग्रेस, एमाले, माओवादीमा खासै फरक केही पनि छैन । भ्रष्टाचार गर्नमा समान, राजनीतिक कार्यशैली समान, व्यक्तिगत सम्पत्ति कमाउने र जसरी पनि सरकारमा जानेबारे समान । दस्तावेजलाई हिजोआज कमैले पढ्छन् । यही व्यवस्थामा रमाउन हिजो त्यत्रो बलिदान अवश्य भएको थिएन होला । जे होस्, क्रान्तिकारी बनेर नेपालको कम्युनिस्ट विचारको हत्या गर्न विदेशी शक्तिकेन्द्रले राम्रो प्रयोग गरे, प्रचण्ड–बाबुरामलाई । साँच्चिकै परिवर्तनको निम्ति जीवन अर्पण गर्ने नेपालआमाका वीर सपुतप्रति श्रद्धाञ्जली भन्नुवाहेक अरू केही भन्न सकिन्न ।

    अब काङ्ग्रेसको फासीवादी शैलीका कारण प्रतिपक्षीका फरक विचार, फरक दलको कत्लेआमकै कारण देश धेरै पछि पर्याे । २०४८ सालको संसदीय निर्वाचनपछि नेपाली काङ्ग्रेसको बहुमत सरकारले नेपालका सम्पूर्ण कलकारखाना निजीकरणको नाममा भारतीय व्यापारीलाई बिक्री गर्न सुरु गर्याे । राम्रो अवस्थामा रहेको वायुसेवा निगममा गिरिजाप्रसाद कोइरालाको आँखा लाग्यो र छोरीज्वाइँलाई उपहार दिए । एउटा जहाज र जहाजभरि पाटपुर्जा नेपाली विमानचालकले जर्मनी छोडेर आए । त्यस्तै लाउडा धमिजा चेज एयरजस्ता ठुला भ्रष्टाचार गरे । यही समय सांसद खरिदबिक्री, सुत्केरीभत्ता एमालेका पुरुष सांसदले खाए । ईश्वर पोखरेलले भ्रष्टाचार गरेको पैसा पानी टङ्कीमा राखेकोसम्म समाचार आयो । पजेरोकाण्ड आयो । त्यसको चौतर्फी विरोध भयो ।

    हामीले यिनी भ्रष्टाचार विरुद्ध आन्दोलन पनि गर्याैँ। प्रहरीको दमन पनि खेप्यौँ । यही बेला सुरु भयो माओवादी सशस्त्र सङ्घर्ष तर घुम्ने कुर्सी माथिको अन्धा शक्ति झन् राष्ट्रघात गर्न लागिपर्याे । २०५३ सालमा राष्ट्रघाती महाकाली सन्धि गरेर एमाले पनि काङ्ग्रेसको साथ भएको र आफ्नो कम्युनिस्ट नीति सिद्धान्त नभएको प्रमाण दियो । यिनीहरू सरकारी संस्थानमा राजनीतिक भागवन्डा मिलाएर भ्रष्टाचार गर्न थाले ।

    देशलाई चाहिएको थियो, विकासका योजना तर सरकार विद्रोहलाई सेना लगाएर दबाउन लाग्यो । परिणामस्वरूप देशको अधिकांश क्षेत्र माओवादीमय भयो । काङ्ग्रेस, एमाले दरबारका काला कर्तुतबाट आजित भएका नागरिक माओवादीसँग आशा राखे ।

    २०६२–६३ सालपछि माओवादी शान्ति सम्झौतामा आए र पहिलो संविधान सभापछि पहिलो पार्टीमा निर्वाचित भयो र सरकारको नेतृत्व गर्याे । जब माओवादी सरकारमा गए, उनीहरू रक्तचन्दनदेखि सुन तस्करी गर्न लागे । जग्गा प्लटिङ गरेर खेतीयोग्य जमिन मास्नसम्मका हर्कतले उनीहरूले काङ्ग्रेस–एमालेलाई पनि पछि पारे । बिप्पा, एमसिसीजस्ता राष्ट्रघात गर्न पछि परेनन् । कुर्सीको लागि प्रचण्डले एकपछि अर्को गलत क्रियाकलाप गर्दै गए ।

    यही कारण वैद्य, विप्लवले पार्टी अलग अलग गराउँदै गए । माओवादी खण्डखण्डमा विभाजित भयो । प्रचण्ड नितान्त निजी सम्पत्ति, नातावाद, पारिवारिक सुखसुविधाभन्दा माथि उठेनन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने यिनीहरूको मिलीजुली काला कर्तुत हुन् ।

    केही समय अघिदेखि भ्रष्टाचारका यति ठुला घटना हुन थाल्यो, लाखकरोडका होइनन्, अर्ब खर्बसम्मका भ्रष्टाचार भएका छन् । जनताले राखेका पैसासम्म सुरक्षित हुन सकेन । सहकारी काण्ड यसको उदाहरण हो । यसैको कारण आज पुँजीवादी प्रकारकै सही गणतन्त्र धरापमा परेको छ । यो व्यवस्था ल्याउन हजारौँ नेपालआमाका होनहार नागरिकले जीवनको बलिदान दिएका छन् तर यिनै राजनीतिक दलका कारण आज यो अवस्था आएको छ ।

    आजका युवा, जसको अपेक्षा अमेरिकाको जस्तो युरोपको जस्तो अस्ट्रेलिया, जापानजस्तो जीवनस्तर चाहन्छन् तर मिहिनेत गर्न चाहँदैनन् । देशभित्र आफ्नो भविष्य नदेखी, यहाँ सङ्घर्ष नगरी सबै सुखसुविधा पाउने अपेक्षा नै गलत हो भन्ने कुरा विदेश पुगेपछि मात्र बुझिन्छ, त्यो बेला समयले नेटो काटिसकेको हुन्छ किनभने नेपालीसँग न कुनै सिप हुन्छ, उच्च शिक्षा नै । जहाँ गए पनि दुःख पाउनु नेपालीको नियतिजस्तो बनेको छ । यही कारण आज देशमा अराजकताले प्रवेश पाएको छ, जसलाई हामीले रोक्न असम्भवजस्तो भइसकेको छ ।

    यहाँका नागरिकको आक्रोश सामाजिक सञ्जालमा दिएका अभिव्यक्तिको अध्ययन गर्दा देश ठुलो विखण्डनको अवस्था नजिक छ । यसलाई रोक्न राजनीतिक अपराधीकरणको अन्त्य जरुरी छ । नीतिगत भ्रष्टाचारको अन्त्य र राजनीतिक भागवण्डा तत्काल रोक्न जरुरी छ तर अहिलेका सरकार सञ्चालक दलहरू यो बाटो हिँड्लान भन्नु असम्भवजस्तो छ । यदि राष्ट्रलाई सुरक्षित राख्ने हो भने हामीले अपराधीलाई राजनीतिकरण गर्नबाट रोकौँ ।

    बुधबार, असार ३२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.