• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

इन्डोनेसियाका लागि १९ प्रतिशत कर लाग्ने ट्रम्पको भनाइ


  •   बुधबार, असार ३२, २०८२ मा प्रकाशित
  • इन्डोनेसिया । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्डोनेसियासँग आफूले व्यापार सम्झौता गरेको बताउनुभएको छ । सम्झौता अन्तर्गत दक्षिणपूर्वी एसियाली मुलुक इन्डोनेसियाबाट अमेरिकाले ठूलो परिमाणमा सामान खरिद् गर्नेछ ।

    Advertisement

    ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रथ सोसल प्लेटफर्ममा एक पोस्टमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने इन्डोनेसियाली सामानहरूमा १९ प्रतिशत कर लाग्ने उल्लेख गर्नुभएको छ । यो राष्ट्रपतिले यसअघि इन्डोनेसियालाई लगाउने भनिएको ३२ प्रतिशत करभन्दा निकै कम हो ।

    “सम्झौताअनुसार इन्डोनेसियाले अमेरिकी ऊर्जामा १५ अर्ब डलर, अमेरिकी कृषि उत्पादनमा ४।५ अर्ब डलर र ५० वटा बोइङ जेट खरिद गर्ने प्रतिबद्धता जनाएको छ,” ट्रम्पले लेख्नुभएको छ ।

    यो घोषणापछि बोइङको शेयर ०।२ प्रतिशतले घटेको छ ।

    अमेरिकी राष्ट्रपतिको कर योजनाबाट बच्नका लागि देशहरूले वासिङ्टनसँग वार्ता गर्न चाहना राख्न थालेपछि ट्रम्प प्रशासनलाई तत्काल व्यापार सम्झौताहरू सम्पन्न गर्न दबाब परेको छ ।

    राष्ट्रपति ट्रम्पले अहिलेसम्म बेलायत र भियतनामसँगको अन्य सम्झौतामात्र सार्वजनिक गर्नुभएको छ भने चीनसँग अस्थायी रूपमा प्रतिशोधात्मक ९टि फर ट्याट्० कर घटाउने सम्झौता गर्नुभएको छ ।

    गत हप्ता ट्रम्पले इन्डोनेसियाली सामानमा ३२ प्रतिशत कर लगाउने चेतावनी दिँदै देशको नेतृत्वलाई पत्र लेख्नुभएको थियो । पत्रमा कर वृद्धिसम्बन्धी निर्णय अगस्ट १ देखि लागू हुने उहाँले बताउनुभएको थियो ।

    इन्डोनेसियामा मङ्गलबार घोषणा गरिएको सम्झौताबाट घटाइएकोे शुल्क स्तर कहिलेदेखि लागू हुन्छ भन्ने स्पष्ट छैन । यसको विभिन्न खरीदहरू कुन अवधिमा हुनेछ भन्ने पनि निर्दिष्ट गरिएको थिएन ।

    इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोसँग कुरा गरेपछि अन्तिम रूप दिइएको उक्त सम्झौताअन्तर्गत उच्च करबाट बच्नका लागि जहाजबाट ढुवानी गरिएका सामानमा चर्को कर लाग्ने ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

    उनले भारतसँग अन्य सम्झौताको काम भइरहेको र युरोपियन युनियनसँग वार्ता जारी रहेको बताउनुभएको छ ।

    इन्डोनेसियाली राष्ट्रपतिका प्रवक्ता हसन नास्बीले बुधबार सम्झौता ‘प्रगति’ भएको र यसलाई सामान्य भन्न नमिल्ने बताउनुभएको थियो ।

    नयाँ १९ प्रतिशत को दरलाई पुष्टि गर्दै उहाँले भन्नुभयो, “यो हाम्रा राष्टप्रमुखले अमेरिकी राष्ट्रपतिसँग प्रत्यक्ष रूपमा गरेको असाधारण वार्ता हो ।”

    उहाँले एएफपीलाई बताएअनुसार प्राबोवोले युरोप भ्रमणबाट फर्केपछि बुधबार दिउँसो सम्झौताबारे वक्तव्य दिनुहुनेछ ।

    इन्डोनेसियाका पूर्व विदेश उपमन्त्री डिनो पट्टी जालालले मङ्गलबार विदेश नीति कार्यक्रममा सरकारका भित्री सूत्रहरूले नयाँ सम्झौताबाट आफूहरू खुसी रहेको सङ्केत गरेको बताउनुभएको छ ।

    ट्रम्पले गत अप्रिलमा लगभग सबै व्यापारिक साझेदारमाथि १० प्रतिशत कर लगाइएको घोषणा गर्नुभएको थियो । उहाँले युरोपेली सङ्घ, चीन, इन्डोनेसियालगायत दर्जनौं अर्थतन्त्रका लागि यो स्तर बढाउने घोषणा गर्नुभएको थियो ।

    प्रत्येक अर्थव्यवस्थामा अनुकूलित व्यापक कर लागू हुनुभन्दा केही दिन अघि जुलाई ९ मा लागु गर्ने भनिएको कर अगस्ट १ सम्मका लागि बिस्तार गरिएको राष्ट्रपति ट्रम्पले बताउनुभएको थियो । यो कर वृद्धि गर्ने ट्रम्पको निर्णय लागू गर्ने बिषयमा भएको दोस्रो स्थगन थियो ।

    गत साताको सुरुदेखि नै ट्रम्पले साझेदारहरूलाई पत्र पठाउँदै आगामी अगष्टमा उनीहरूले सामना गर्नुपर्ने करको स्तर निर्धारण गर्दै आउनुभएको छ ।

    बुधबार, असार ३२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.