• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

छाउगोठ भत्काउन स्थानीय तह र प्रदेशसित राजमोको आग्रह


  •   सोमबार, असार ३०, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले छाउगोठ भत्काउन स्थानीय तह र प्रदेश सरकारसित आग्रह गरेको छ ।

    Advertisement

    कञ्चनपुरको कृष्णपुरमा महिनाबारी हुँदा छाउगोठमा बसेका बेला सर्पले टोकेर कमला परियारको मृत्यु भएको घटनाको सन्दर्भमा राजमोको सो धारणा सार्वजनिक भएको हो ।

    उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८२ असार ३० गते सोमबार प्रेसवक्तव्य जारी गर्दै राजमोले पहाडको त्यस्तो कुप्रथा बसाइँसराइसँगै तराईमा पनि सरेको बताइएको छ ।

    वक्तव्यमा राजमोले मृतक कमलाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट पनि गरेको छ ।
    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “कञ्चनपुरको कृष्णपुर नगरपालिकामा महिनाबारी हुँदा छाउगोठमा बसेको बेलामा सर्पले टोकेर कमला परियारको मृत्यु भएको घटनाप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षित भएको छ ।

    सुदूरपश्चिमका पहाडी जिल्लामा छाउगोठको प्रथा नयाँ होइन र पहिलेदेखि नै छाउगोठमा बसेको बेलामा महिलालाई सर्पले टोकेर मृत्यु हुने वा बलात्कृतसमेत हुने घटना धेरै घट्ने गरेका छन् । त्यस प्रकारको छाउगोठ प्रथाका विरुद्ध पहिलेदेखि नै आवाज उठ्ने गरेको छ र प्रदेश वा स्थानीय सरकारले त्यस प्रकारका छाउगोठलाई भत्काउन अभियान पनि चलाउने गरेका छन् तैपनि त्यो प्रथा अहिले पनि विद्यमान छ । त्यसको मुख्य कारण जनताका मनमा पुर्खौंदेखि बस्दै आएको रूढिवादी अन्धविश्वास नै हो । मानिसमा महिनाबारी भएकी महिला घरमा नै बसेमा परिवारलाई कुभलो हुन्छ भन्ने धारणा परम्परागत समयदेखि नै रहँदै आएको छ । त्यसैले महिनाबारी भएको बेलामा महिलाहरू छाउगोठमा बस्न बाध्य हुने गर्दछन् । अहिले आएर पहाडका मानिसको तराईमा बसाइँ सर्नुका साथै त्यो प्रथा तराईमा पनि सर्न थालेको देखिन्छ । अहिलेको कञ्चनपुरको कृष्णपुरको घटनाले त्यही कुरा बताउँछ ।

    थाहा भएअनुसार तराईमा छाउगोठका विरुद्ध जनचेतना उठाउने वा छाउगोठलाई भत्काउने काम पनि हुँदै आएको छ तैपनि त्यस प्रकारको रूढिवादी भावनाले मानिसको मानसिकतामा यति धेरै घर जमाएको छ कि उनीहरू त्यसलाई छाड्न तयार हुँदैनन् । त्यसैको परिणाम अहिलेको कञ्चनपुरको कमला परियारको घटना हो । त्यस प्रकारको रूढिवादी मान्यताको कारणले एउटी निर्दोष महिलाको ज्यान गयो र उनका साना तीन जना छोरा बिचल्लीमा परेका छन् । कमलाका पति भारतमा नोकरीको लागि गएका थिए । उनले (कमलाले) भर्खरै आफ्नो पक्की घर पनि बनाएकी थिइन् तर रूढिवादी सामाजिक मान्यताका कारणले महिनाबारी भएको बेलामा उनी आफ्नो घरमा बस्न पाइनन् र छाउगोठमा बस्दा उनको मृत्यु हुन गयो । यो अत्यन्त हृदयविदारक घटना हो ।

    हामीले मृत कमला परियारप्रति श्रद्धाञ्जली र उनका सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै छाउगोठजस्तो रूढिवादी प्रचलनका विरुद्ध अरू व्यापक रूपले जनचेतना उठाउन र छाउगोठ भत्काउन स्थानीय जनता तथा स्थानीय र प्रादेशिक सरकारको पनि गम्भीर ध्यान आकर्षित गर्दछौँ ।”

    सोमबार, असार ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.