• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

काङ्ग्रेसको अनुशासन समितिले निस्पक्षता देखाउन सकेन : पुरी


  •   शनिबार, असार २८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले नेपाली काङ्ग्रेसको अनुशासन समितिले निस्पक्षता देखाउन नसकेको धारणा व्यक्त गर्नुभएको छ ।

    Advertisement

    २०७९ सालको आम निर्वाचनमा अन्तर्घात गर्ने नेताका विरुद्ध काङ्ग्रेसले कारबाही गरेको समाचार बाहिरिएसँगै उहाँको सो टिप्पणी सार्वजनिक भएको हो ।

    २०८२ असार २८ गते शनिबार टिप्पणीमूलक वक्तव्य सार्वजनिक गर्दै प्रवक्ता पुरीले भन्नुभएको छ– “प्युठानको चुनावको सन्दर्भमा नेकाको अनुशासन समितिले त्यस प्रकारको निष्पक्षता वा हैसियत नदेखाएको कुरा छर्लङ्ग छ ।”

    “स्वयम् अनुशासन समितिको निष्पक्षता र हैसियतबारे कुरा उठाउने डा. शेखर कोइरालाले पनि डा. गोविन्द पोखरेलले गरेको अन्तर्घातबारे किन कुरा उठाएनन् र उनका विरुद्ध कारबाही गर्नुपर्ने आवश्यकतामा किन जोड दिन सकेनन्” अगाडि टिप्पणीमा भनिएको छ– “त्यसबाट उनले अनुशासन समितिको जुन निष्पक्षता र हैसियतबारे प्रश्न उठाएका थिए, त्यो कमजोरी स्वयम् उनमा पनि भएको देखिन्न र ?”

    यस्तो छ, टिप्पणीमूलक वक्तव्यको पूर्ण पाठ :

    “नेपाली काङ्ग्रेसको अनुशासन समितिले गत आम चुनावमा नेपाली काङ्ग्रेस वा त्यसले समर्थन गरेका उम्मेदवारका विरुद्ध अन्तर्घात गर्ने नेकाका नेताका विरुद्ध विभिन्न प्रकारका कारबाही गरेको समाचार सञ्चारमाध्यमले बाहिर ल्याएका छन् । त्यस सन्दर्भमा डा. शेखर कोइरालाले प्रकट गरेको विचार उल्लेखनीय छ ।

    “अहिले अनुशासन समितिमा रहनुभएका साथीहरू कति कमजोर हुनुहुन्छ भने कारबाहीका लागि सिफारिस भएका केन्द्रीय सदस्य साथीहरूलाई एउटा चिठ्ठीसम्म पनि काट्न सक्ने ताकत राख्नु हुँदो रहेनछ । तपाईंका विरुद्ध यस्तो उजुरी छ, के हो भनेर सोध्न सक्ने हैसियत पनि राख्नु हुन्न उहाँहरू । यस्तो अनुशासन समितिले निष्पक्ष काम गर्न सक्दैन” (नयाँ पत्रिका दैनिक, २६ असार २०८२) ।

    नेकाको अनुशासन समितिले गरेको कारबाहीबारे डा. शेखर कोइरालाले गरेको आलोचना सही भएको मान्नको लागि तथ्यगत आधार छ । अन्यत्र कहाँ र कसरी अनुशासन समितिले त्यस प्रकारको निष्पक्षता देखाउन सकेको छैन वा त्यस प्रकारको अन्तर्घात गर्ने नेतालाई “एउटा चिठ्ठीसम्म पनि काट्न सक्ने” र “तपाईंका विरुद्ध यस्तो उजुरी छ, के हो भनेर सोध्न सक्ने” हैसियत राख्नुभएको छैन ? त्यो हामीलाई थाहा छैन र त्या हाम्रो सरोकारको विषय पनि होइन तर प्युठानको चुनावको सन्दर्भमा नेकाको अनुशासन समितिले त्यस प्रकारको निष्पक्षता वा हैसियत नदेखाएको कुरा छर्लङ्ग छ ।

    गत आम चुनावमा प्युठानमा पाँचदलीय गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष र केन्द्रीय प्रवक्ता दुर्गा पौडेललाई उम्मेदवार बनाइएको थियो, जसमा नेकाको पूरै समर्थन थियो तर डा. गोविन्द पोखरेलले दुर्गा पौडेललाई पराजित गर्नका लागि खुला रूपले नै अन्तर्घात गरेको कुरा आम रूपमा थाहा भएको कुरा हो । अहिले नेकाको अनुशासन समितिले उनका विरुद्ध कारबाही गर्ने कुरा परै छ, उनले प्युठानको चुनावमा गरेको अन्तर्घातबारे कुनै प्रश्न सोध्ने वा चिट्ठी लेख्नेसम्म काम गर्न सकेको छैन । त्यसबाट डा. शेखर कोइरालाले बताएझैँ नेकाको अनुशासन समिति अत्यन्त कमजोर भएको, निष्पक्षतापूर्वक काम गर्न सक्ने हैसियत नभएको कुरामा कुनै शङ्का रहन्न ।

    नेकाको अनुशासन समितिले डा. गोविन्द पोखरेलको विरुद्ध कुनै उजुरी नआएको दाबी गर्न सक्दछ तर उनका विरुद्ध कुनै उजुरी आयो कि आएन ? त्यो मुख्य कुरा होइन । मुख्य कुरा यो हो– प्युठानमा उनले त्यस प्रकारको अन्तर्घात गरेका थिए कि थिएनन् । यो प्युठानका आम जनता र नेकाका सामान्य कार्यकर्तालाई समेत थाहा हुने कुरा परै छ, नेकाको नेतृत्व तहलाई समेत उनले प्युठानमा दुर्गा पौडेललाई हराउनका लागि अन्तर्घात गरेको कुरा थाहा भएको कुरा हो । त्यो अवस्थामा पनि उनका विरुद्ध कुनै उजुरी पर्दैन भने त्यसका लागि खालि अनुशासन समिति मात्र होइन, प्युठानको नेकाको सम्पूर्ण सङ्गठन वा नेकाको नेतृत्वसमेत जिम्मेवार भएको देखिन्छ । स्वयम् अनुशासन समितिको निष्पक्षता र हैसियतबारे कुरा उठाउने डा. शेखर कोइरालाले पनि डा. गोविन्द पोखरेलले गरेको अन्तर्घातबारे किन कुरा उठाएनन् र उनका विरुद्ध कारबाही गर्नुपर्ने आवश्यकतामा किन जोड दिन सकेनन् । त्यसबाट उनले अनुशासन समितिको जुन निष्पक्षता र हैसियतबारे प्रश्न उठाएका थिए, त्यो कमजोरी स्वयम् उनमा पनि भएको देखिन्न र ?”

    शनिबार, असार २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.