काठमाडौँ । भारतबाट नेपाल आउँदै गरेको बसभित्र एक जना नेपालीको मृत्यु भएको छ ।
Advertisement
उनी गोवाबाट नेपाल आउँदै गर्दा यस्तो भएको हो ।
बसमा उनका आफन्तहरू कोही पनि सम्पर्कमा नभएको बस परिचालकले बताएका छन् ।
मृत्यु हुने सल्यान घर भएका बलबहादुर खड्का रहेको बताइएको छ ।
मृतक डाँडागाउँ– ७ सल्यान निबासी कालीबहादुर खड्काका छोरा रहेको नागरिकतामा उल्लेख रहेको छ ।
आफन्त नभएकाले उनको सबै काम कार्वाही रोकिएको बसका परिचालकले मूल प्रवाहलाई जानकारी दिए ।
