• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

नेपालमा सामाजिक समानता, समृद्धि र वैकल्पिक बाटो


  •   बुधबार, असार २५, २०८२ मा प्रकाशित
  • गणेश आचार्य ##
    नेपालमा राजनीतिक, आर्थिक र सामाजिक पद्धतिको विश्लेषण गर्दा नेपालका लागि वैकल्पिक व्यवस्थाले पुँजीवादी व्यवस्थाको तुलनामा अधिक समानता र समृद्धिको सम्भावना प्रदान गर्न सक्छ भन्ने दाबी गरिएको छ तर त्यो वैकल्पिक व्यवस्था के हो ? त्यो मुख्य चासो र सरोकारको विषय हो । नेपाली समाजको संरचना, इतिहास र समकालीन राजनीतिक र आर्थिक परिप्रेक्ष्यलाई गहिरो विश्लेषण गर्दा वैकल्पिक व्यवस्थाले कस्तो प्रकारको सम्भावना र चुनौती प्रस्तुत गर्न सक्छ ? के अहिले नेपाली सामाजिक–राजनीतिक क्षेत्रमा प्रकट भएका प्रवृत्ति र विचारले पुँजीवादी व्यवस्थाको वैकल्पिक स्थान हासिल गर्न सक्छ ? यहाँ न्यूनतम रूपमा वैकल्पिक शक्ति बन्न कस्तो हुनुपर्छ भन्ने विषयमा चर्चा गरिनेछ ।

    Advertisement

    ऐतिहासिक रूपले हेर्दा नेपाल जटिल र विविधतासम्पन्न देश हो । यहाँ विभिन्न जाति, संस्कृति र भाषाको मिश्रण छ । नेपाली समाजमा गहिरो आर्थिक र सामाजिक वर्गविभाजन छ, जसले गर्दा समग्र देशको विकासमा अवरोध पु¥याएको छ । एकतर्फी समृद्धि र समग्र जनताको जीवनस्तरबिचको गहिरो खाडलका कारण ठुलो जनसङ्ख्याको जीवनस्तर अझै राम्रो बनाउन चुनौतीपूर्ण बनेको छ । नेपालका धेरै मानिस, विशेषगरी पहाडी, दलित र आदिवासी समुदायका मानिस अझै पनि सामाजिक न्याय, समानता र पहुँच प्राप्त गर्न सकिरहेका छैनन् ।

    विशेष गरी २०४७ सालपछि लोकतन्त्रको स्थापनासँगै यस व्यवस्थामा व्यक्तिगत स्वामित्व र बजार अर्थतन्त्रको प्रमुखता रह्यो तर यसको प्रभावले समाजमा असमानताको खाडल बढायो । पुँजीवादी प्रवृत्तिले सीमित समृद्धि ल्याए पनि यसका खोट र असमानताका कारण धेरै नागरिकको जीवनस्तरमा सुधार भएको छैन । यसले एउटा ठुलो प्रश्न खडा गरेको छ, यो व्यवस्था कति समयसम्म नेपालको विकास र सामाजिक समानतामा योगदान पु¥याउन सक्षम हुनेछ ?

    समृद्धिको खाँचोलाई बुझ्नका लागि हामीले यसको ऐतिहासिक पृष्ठभूमिलाई बुझ्न आवश्यक छ । नेपालमा २००७ सालमा लोकतान्त्रिक आन्दोलनको सुरुआतसँगै राजनीतिक संरचनामा परिवर्तन भएको थियो तर त्यसपछि पनि शासनपद्धति, विशेषगरी शासक वर्ग र जनताका बिचको समानता कम हुन सकेन । पछि कैयौँ पश्चगामी हर्कत र कदम चालिए । २०४६ सालमा पुनः लोकतन्त्र स्थापना भए पनि त्यसपछि झन् आर्थिक र सामाजिक असमानता स्पष्ट हुन थाल्यो । निजी स्वामित्व र व्यापारको स्वतन्त्रता हाबी हुन थाल्यो । यस व्यवस्थामा केही मानिस धनी भएका छन् भने अधिकांश जनताले अत्यधिक गरिबीको सामना गरिरहेका छन ।

    पुँजीवादी व्यवस्थाका लाभ र हानि दुबै देखिएका छन् । आर्थिक समृद्धि केही ठुला उद्योग र निजी व्यवसायीसम्म मात्र सीमित रहनु समस्या बनिरहेको छ । यसले गर्दा अधिकांश नेपाली जनताको जीवनस्तरमा सुधारको कुनै ठुलो सङ्केत देखिँदैन । विशेषगरी ग्रामीण क्षेत्र र दलित आदिवासी समुदायको स्थिति अझै खराब छ । ग्रामीण इलाकामा थुप्रै परिवारले जीवनयापनका लागि आवश्यक आधारभूत सुविधाहरू† जस्तै ः शिक्षा, स्वास्थ्यसेवा र रोजगारीको अभाव कायम छ । यस स्थितिको समाधानका लागि वैकल्पिक व्यवस्थाको कुरा गरिन्छ तर त्यो गर्नेहरू पुँजीवाद, जसले विभेदको खाडल चौडा बनायो, त्यसैलाई अङ्गीकार गरिरहेका छन्, हुनुपर्ने पुँजीवादी विचारधाराभन्दा उन्नत प्रकारको हो ।

    वास्तविक वैकल्पिक विचारधाराले नेपालका लागि एक सम्भावनाको ढोका खोल्न सक्थ्यो । यस क्रममा समाजमा समानता, वर्गविहीन समाजको स्थापना र उत्पादनका साधनको समाजीकरणको वकालत गरिनुपर्दछ । यस विचारधारामा सामाजिक समानताको प्रमुख स्थान हुन्थ्यो । यसले श्रमिकको अधिकारलाई बलियो बनाउने र उनीहरूको शोषणलाई कम गर्न महत्त्व दिइन्थ्यो । यसले श्रमिक वर्गको पक्षमा कार्य गर्ने योजना समावेश गर्दथ्यो र श्रमिकको अवस्थामा सुधार ल्याउने सम्भावना राख्दथ्यो ।

    सही वैकल्पिक व्यवस्थामा उत्पादनका साधनको सार्वजनिक स्वामित्व र नियन्त्रणको वकालत गरिएको हुनुपर्छ । यसले नेपाली जनताको कल्याणका लागि स्रोतसाधनको समान वितरण सुनिश्चित गर्न सक्छ । यसले अर्थतन्त्रमा बढी समानता ल्याउने सम्भावना प्रस्तुत गर्छ । यस विचारधारामा धर्मनिरपेक्षता र सामाजिक न्यायलाई महत्त्व दिइन्छ । नेपालका विविध जाति, धर्म र संस्कृतिका मानिसलाई समान अधिकार र सम्मान दिन यसले मदत पु¥याउन सक्छ ।

    नेपालका लागि यस्तो वैकल्पिक व्यवस्था भनेको केवल विचारमा आधारित व्यवस्था मात्र होइन, संरचनात्मक र संस्थागत परिवर्तनको आवश्यकता हुन्छ । कुनै पनि व्यवस्थालाई स्थिर र प्रभावकारी बनाउन त्यसमा धेरै सुधार र रणनीतिक योजना आवश्यकता पर्छ । नेपाली समाजको सांस्कृतिक र सामाजिक पृष्ठभूमिमा भएको विविधता र असमानतामा सोचविचार र दर्शनको आधारमा नयाँ योजना ल्याउन सकिन्छ ।

    नेपालमा लामो समयदेखि राजनीतिक अस्थिरता कायम रहेको छ । एकता र समृद्धिको लागि चाहिने स्थिर सरकार र कार्यान्वयनको क्षमताको अभाव छ । नेपालका विभिन्न राजनीतिक दलहरू एकआपसमा विभाजित छन् र आन्तरिक द्वन्द्वबाट गुज्रिरहेका छन् । यसरी राजनीतिक अस्थिरता यस वैकल्पिक व्यवस्थामा सफलताको मार्गमा ठुलो बाधक बनेको छ ।

    नेपालको शासन व्यवस्थामा भ्रष्टाचार एक गहिरो समस्या हो । यदि यस विचारधाराले सरकारको प्रमुख शक्तिलाई केन्द्रीकरण गर्ने प्रयास गर्दछ भने यसले थप भ्रष्टाचार र असमानता निम्त्याउन सक्छ । यसको समाधान भनेको पारदर्शिता र उत्तरदायित्वको सुनिश्चितता हो ।

    नेपाल अझै पनि आधारभूत संरचनामा पछाडि परेको देश हो । वास्तविक वैकल्पिक व्यवस्था ल्याउँदा यस्तो व्यवस्था हाम्रा आर्थिक र भौतिक स्रोतलाई अधिकतम रूपमा प्रयोग गर्न सक्षम हुनुपर्छ । यसले प्रविधि र नवीनतामा पनि जोड दिनु आवश्यक हुन्छ । समग्र अर्थव्यवस्था अझै पनि खुल्ला बजारमा आधारित छ । नेपालमा पूर्ण रूपले वैकल्पिक व्यवस्थामा सङ्क्रमण गर्दा बजारप्रणालीमा समग्र परिवर्तन गर्नुपर्ने हुन्छ ।

    नेपालको वर्तमान आर्थिक र राजनीतिक अवस्थालाई हेर्दा वास्तविक वैकल्पिक व्यवस्थाले पुँजीवादी व्यवस्थाको तुलनामा अधिक समानता र सामाजिक न्याय ल्याउन सक्ने सम्भावना छ तथापि यसका लागि गहिरो संरचनात्मक र संस्थागत सुधारको आवश्यकता हुनेछ । केवल विचारधारामा आधारित नीति पर्याप्त हुने छैनन्, त्यसका लागि कार्यान्वयन र पारदर्शिता आवश्यक छ । जसरी अहिले पुराना दलको विकल्प र वैकल्पिक शक्ति भनेर परिभाषित गर्न खोजिदैछ, ती वैकल्पिक नभएर पुरानाकै निरन्तरता हुन् र त्यसले अस्थिरतालाई अझै लम्ब्याउने हो ।

    विचारधाराको गहिरो अध्ययनबेगर लहडको राजनीति पच्छयाउनु देशमा झनै अस्थिरता र पछौटेपनलाई कायम राख्नु हुनेछ ।

    बुधबार, असार २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.