• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जनजाति सम्मेलन काठमाडौँको जिल्ला भेला (फोटासहित)


  •   शनिबार, असार २१, २०८२ मा प्रकाशित
  • जगतप्रसाद रेग्मी, काठमाडौँ ।

    Advertisement

    अखिल नेपाल जनजाति सम्मेलन काठमाडौँको जिल्ला भेला सम्पन्न भएको छ ।

    केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा २०८२ असार २१ गते शनिबार बागबजारमा सो भेला सम्पन्न भएको हो ।

    भेलाको उद्घाटन गर्दै बुढाथोकीले जनजाति सम्मेलनले स्थापनाकालदेखि भन्दै आएको गणतन्त्र र धर्मनिरपेक्षतामाथि अहिले खतरा उत्पन्न भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘हामीले गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि प्रतिगामी खतराका विरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ ।’

    आफ्नो सङ्गठनले जातीय स्वशासनको लागि पनि सङ्घर्ष गर्दै आइरहेको उहाँको भनाइ थियो ।

    देशमा सङ्घीयताको नाममा सामाजिक सद्भावमाथि आँच पुग्न सक्ने बताउँदै उहाँले भन्नुभयो–’अहिले अर्को खतरा भनेको जातिजातिलाई जुधाउनु हो । यसरी जनजाति आन्दोलन कमजोर हुन्छ । यस्तो जनजातिलाई भऱ्याङ बनाउने र राज्यसत्ता टिकाउने परिपाटीका विरुद्ध सङ्गठित भएर अघि बढ्न जरुरी छ ।’

    अखिल नेपाल युवक सङ्घका अध्यक्ष गणेश अधिकारीले शुभकामना मन्तव्य राख्दै जातीय आन्दोलनलाई वर्गीय आन्दोलननसँग जोडेर लैजानु सही नीति हुने बताउनुभयो ।

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष लालबहादुर थापाले सङ्घीयता नेपालमा गलत छ भन्ने कुरा अहिले जनजाति आन्दोलनमा देखा परेको विकृतिले पनि पुष्टि गरेको बताउनुभयो ।

    त्यस्तै, नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगतप्रसाद रेग्मीले नेपालको कम्युनिस्ट आन्दोलनमा जनजाति सम्मेलनको भूमिकाको बारेमा मन्तव्य राख्नुभएको थियो ।

    भेलालाई जनजाति सम्मेलन बागमती प्रदेश समितिका सदस्य दाबा लामा, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) काठमाडौँका अध्यक्ष धनपति सापकोटा र राष्ट्रिय जनमोर्चा काठमाडौँका अध्यक्ष झबिन्द्र बेल्बासेले मन्तव्य राख्दै जातिवादी तथा साम्राज्यवादी षड्यन्त्रका विरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।

    अध्यक्षमा यम मगर

    भेलाले यम मगर अध्यक्ष रहनुभएको जनजाति सम्मेलनको १३ सदस्यीय काठमाडौँ जिल्ला समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा केशव लामा, सचिवमा थानेश्वर जिएम र कोषाध्यक्ष लक्ष्मी राई रहनुभएको छ ।

    त्यस्तै, सदस्यमा दाबा सोनाम लामा, सङ्गम थापा, गौरव चौधरी, दीपक थापा, दयाराम लामा, टिकाराम बम्जन, विष्णुहरि थापा र ज्ञानु राना रहनुभएको छ ।

    भेलाको अध्यक्षता केशब लामाले तथा सञ्चालन अर्जुन थापाले गर्नुभएको थियो ।

       

    शनिबार, असार २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.