रूपन्देही । करिब दुई हजार सदस्य रहेको तिलोत्तमा नगरपालिका– ३ स्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीका अध्यक्ष र सचिव सम्पर्कविहीन भएका छन् । सहकारीका बचतकर्ताले कार्यालय घेराउ गरेका छन् ।
Advertisement
साढे दुई दशक पुरानो यो सहकारीले बचत तथा ऋणसँगै दुग्धजन्य पदार्थ बिक्री वितरण गर्दै आएको थियो । मंगलबारदेखि सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्री मोबाइल अफ गरेर सम्पर्कविहीन भएको घेराउमा आएका बचतकर्ताहरूले बताएका छन् ।
रकम अपचलनको सूचना बाहिरिएपछि समितिका पदाधिकारी, सल्लाहकार बसेर आन्तरिकरूपमा सल्टाउने प्रयास गरेका थिए । वडाध्यक्ष कल्याण पौडेलका अनुसार सहकारीको संकट समाधानका लागि बसेको बैठकमा भएको सहमति अध्यक्ष र सचिवले कागजात च्यातेर हिँडेको स्थानीयले सूचना दिएका छन् ।