• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

फलामे खोरमा जीवनका खुसी खोज्दै ११ वर्षे बालक


  •   बुधबार, असार १८, २०८२ मा प्रकाशित
  • रामपुर (पाल्पा) । सडक छेउमा रहेको रुख नजिकै एउटा फलामे खोर बनाइएको छ । त्यही खोरभित्र थुनिएर जीवनका खुसी भेटाउने प्रयासमा हुनुहुन्छ, बालक पवन कुमाल । पाल्पाको रामपुर नगरपालिका–६ स्थित तिलकपुर बस्ने ११ वर्षीय पवन करिब डेढ वर्षदेखि फलामको खोरमा जीवन बिताइरहनुभएको छ ।

    Advertisement

    उहाँको यो उमेर विद्यालयमा गएर लेखपढ गर्ने, साथीभाइसँग रमाउँदै नयाँ कुरा सिक्ने र जान्ने हो । बोल्न नसक्ने तर कोही मान्छे देख्यो भने मुस्कुुराउँदै हातले इशारा गरेर आफूतिर बोलाउँदै गरेको कारुणिक दृश्य देख्ने जो सुकैलाई पीडादायी बनाएको हुन्छ । नजिक कोही व्यक्ति आउन चाहेन भने आफ्‌नै इशारामा (नबुझिने आवाज) आफूतिर आउन उहाँ आग्रह गर्नुहुन्छ । पवनलाई खोरभित्र थुनिएर बस्न मन छैन तर, शारीरिक तथा मानसिक अस्वस्थताका कारण बाध्यताले खोरमै बस्नु परेको छ ।

    बोल्न नसक्ने, राम्ररी हिँडडुल गर्न नसक्ने पवन खोरबाट बाहिर निस्कन पाउँदा औधी खुसी हुनुुहुन्छ । पवनलाई गाउँघर वरपर हिँडडुल गर्ने, खेल्ने रहर नभएको भने होइन । खोर बाहिरको संसारमा स्वतःफूर्त रमाउन पाउँदा पवनको अनुहारमा छुट्टै खुसीका चमक झल्कन्छन् । शारीरिक तथा मानसिक अवस्था कमजोर भएका कारण जीवनको खुसी फलामे खोरमा सिमित बनेको छ ।

    सडक छेउमा रुखमा राखिएको फलामे खोरभित्र नै उहाँको खुसी लुटिएको छ । शारीरिक तथा मानसिक रुपमा अशक्त हुँदा यत्तिकै घरमै राख्न सकिने अवस्था नभएपछि बाध्यताले फलामको खोर बनाएर थुन्नुपरेको पवनकी आमा पुर्नामाया कुमालले बताउनुभयो ।

    “घरायसी कामकाज केही गर्न पाइँदैन, छोरालाई मात्रै हेरेर भएन, बिहान साँझ खानलाई काम गर्नुपर्छ, यसो आँखा छल्यो कि सडकतिर, गाउँतिर निस्कने भएकाले सडक छेउमा घर हुँदा गाडीबाट जोगाउन मुस्किल भएपछि सुरक्षाको लागि फलामको खोर बनाएर राखेको हुँ”, उहाँले भन्नुभयो, “आफूले जन्माएको छोरालाई खोरमा थुनेर राख्ने रहर कसलाई पो होला र ? बाध्यता परेपछि जे पनि गर्नुपर्ने रहेछ ।”

    खोरमा थुनिएर बस्नु पवनको बाध्यता बनेको छ । प्रचण्ड गर्मी मौसम फलामको तातोपनासँगै जीवनका खुसीका रङ त्यही लुटिन पुगेका छन् । फलामे खोरमाथि जस्ताको पाता, त्यो पनि सामान्य काठले च्यापेर ओत लाग्ने अवस्थाको बनाइएको छ । ठूलो पानी, हावाहुरी आउँदा, चर्को घाममा बस्न सक्ने स्थिति छैन । हावाहुरी आउँदा जस्तापाता नै उडाएर लैजाने डर छ ।

    उहाँ जन्मजात नै सो समस्याबाट गुज्रिदै आउनुभएको छ । फलामे खोरभित्रबाटै बाटो हिँड्ने बटुवा तथा यात्रीलाई इशारा गर्दै पवनले बोलाउनुहुन्छ । उहाँलाई बोल्न नआए पनि हसिँलो मुहारमा हातले इशारा गर्दै बोलाएको यो दृश्यले सबैलाई भावविह्वल बनाउँछ । उहाँ खोरभित्र थुनिएर पनि हरेक समय खुसी हुने उपाय खोजिरहनुभएको छ ।

    परिवारले छोराको उपचारका लागि विभिन्न अस्पतालमा नपुर्‍याएको भने होइन । परिवारको अवस्थाअनुसार पवनको उपचारमा सक्दो सहयोग भइरहेको छ । छोराको लालनपालन र उपचार खर्च जुटाउन बुबा कृष्णबहादुर विगत आठ वर्षदेखि वैदेशिक रोजगारीमा हुनुुहुन्छ । जग्गा जमिन केही छैन, जीवन धान्न गाउँमा छिमेकीको खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएको पुर्नामायाले बताउनुभयो ।

    पुर्नामायाका जुम्ल्याहा छोरामध्ये पवन जेठो छोरा हो । कान्छो छोरा पविनको अवस्था भने राम्रो छ । आफूले एकै पटक जन्माएका दुई सन्तानमध्ये एकले कक्षा ६ मा पढ्ने अर्को फलामको खोरमा थुनेर राख्नुपर्दा उहाँको मन खिन्न छ । बेहोसी अवस्थामा लथालिंग तरिकाले यत्रतत्र हिँड्न थालेपछि भैपरी आउने दुर्घटनाबाट जोगाउन रु २० हजारको लागतमा फलामको खोर बनाएर राख्न थालेपछि ढुक्कले घरायसी कामकाज गर्न पाइएको पुर्नामायाले बताउनुभयो ।

    “छोरालाई फलामे खोरमा राखेको देख्दा केही व्यक्तिले गाली गर्नुहुन्छ, परिवारको आर्थिक अवस्था कमजोर छ, छोरालाई मात्रै हेरेर बस्न भ्याइँदैन, खेतीबाली लगाउने, स्याहार्ने काम गर्नुपर्‍यो, घरमा अभिभावक म मात्रै हुँ, देख्नेलाई भन्दा भोग्नेलाई पीडा के हो भन्ने थाहा हुन्छ, काम भएका बखत खोरमा राख्ने हो, काम नहुँदा बाहिर निकालेर रेखदेख गर्ने गरेको छु, साँझ खाना खुवाएर साथमै सुताउने गरेको छ”, उहाँले आफ्‌नो दुखेसो सुनाउनुभयो ।

    पवनलाई एक वर्षको हुँदा काभ्रेपलाञ्चोकको बनेपास्थित अपांगतासम्बन्धी उपचार गर्ने अस्पतालमा खुट्टाको उपचार गरिएको उहाँको भनाइ छ । उपचारपश्चात् खुट्टामा केही सुधार आए पनि शल्यक्रिया गर्न नपाउँदै एक्कासि मुटुमा समस्या देखिएपछि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा रामपुर नगरपालिकाको सहयोगमा मुटुको शल्यक्रिया गरेको उहाँले जानकारी दिनुभयो ।
    मस्तिष्कको शल्यक्रिया गर्न चिकित्कले भने पनि आर्थिक अवस्था नाजुक हुँदा गर्न नसकिएको पुर्नामायाले बताउनुभयो । बालक पवनले मस्तिष्क, दुईवटै खुट्टाको पैताला, बोल्न नसक्ने जस्ता विभिन्न समस्या झेल्दै आउनुभएको छ । छोराको अवस्थाले परिवार चिन्तामा परेको छ । कतैबाट आर्थिक सहयोग जुटेमा छोराको मस्तिष्कको शल्यक्रिया गर्ने इच्छा रहेको परिवारको भनाइ छ । रासस

    बुधबार, असार १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.