• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बागलुङ ढोरपाटनको बुकीपाटन पुग्न अब पदमार्ग र काठेपुल


  •   बुधबार, असार १८, २०८२ मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) । पाँच वर्ष अगाडिसम्म ढोरपाटनको बुकीपाटन गुमनाम जस्तै थियो । किनभने प्राकृतिक सुन्दरताका दृष्टिले मनमोहक रहेको बुकीपाटन पुग्न निकै समस्या थियो । साँघुरो गोरेटोमा गोठाला र वस्तुभाउ हिँड्ने गर्थे ।

    Advertisement

    आन्तरिक तथा बाह्य पटक फाट्टफुट्ट मात्रै जाने गर्थे । तर पछिल्लो समय बुकीपाटनमा पर्यटकको चहलपहल बढ्दै गएको छ । अघिल्लो वर्षदेखि यहाँ पुग्ने पर्यटकको भीडै लाग्न थालेको हो ।

    पर्यटकको रोजाइमा बुकीपाटन पर्न थालेपछि यसवर्ष विभिन्न स्थानमा विश्रामस्थल, पदमार्ग र काठेपुल निर्माण गरिएको छ । ढोरपाटन उपत्यकादेखि बुकीपाटनको गर्पाछेडा जोड्ने पदमार्ग निर्माण भएपछि पर्यटक र गोठालेलाई सहज भएको छ । पछिल्लो समय बुकीपाटन जाने पर्यटकको सङ्ख्या बढ्दै गएपछि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु २० लाखमा पदमार्ग लगायतका पूर्वाधार निर्माण गरिएको हो ।

    साँघुरो गोरेटोमा यात्रा गर्दा पर्यटक लड्ने र घाइते हुने गर्थे । पदमार्ग निर्माण भएपछि उक्त समस्याको समाधान हुन थालेको छ । उद्योग तथा पर्यटन कार्यालय बागलुङमार्फत पदमार्गग निर्माण भएको हो । ढोरपाटन नगरपालिका–९ पाखाथरदेखि गर्पाछेडासम्मको पाँच किलोमिटर पदमार्ग उपभोक्ता समितिमार्फत निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले जानकारी दिनुभयो । गत चैतदेखि सुरु भएको काम असार पहिलो सातामै सम्पन्न भएको उहाँको भनाइ छ ।

    प्रमुख थापाले भन्नुभयो, “बुकीपाटन पुग्न पर्यटकको सहजताका लागि यो पदमार्ग निर्माण गरिएको हो, काम सकिएर अहिले पर्यटकहरु उक्त पदमार्गमा हिँड्न थालेका छन्, पहिले साह्रै अप्ठ्यारो हुँदा यात्रा गर्न समस्या रहेछ, अब सहज भएको छ, पाँच किलोमिटर पदमार्गमध्ये केही ठाउँमा पक्की र केही ठाउँमा कच्ची छ, ठाउँठाउँमा विश्रामस्थल र काठका पुल बनेका छन्, यसले पर्यटकको यात्रालाई थप रमणीय र आमदायी बनाउने छ ।”

    बुकीपाटन हिउँदमा खाली हुने र वर्षामा गोठलाहरु वस्तुभाउ लिएर जाने गरेका छन् । पछिल्लो समय ढोरपाटन आउने अधिकांश पर्यटक बुकीपाटन पुग्ने गरेको ढोरपाटनका होटल व्यवसायी जीवन अदैले जानकारी दिनुभयो । वर्षौदेखि गोठाला बस्ने बुकीपाटनमा अहिले पर्यटक जान थालेपछि वर्खायाममा चहलपहल बढेको उहाँको भनाइ छ ।

    बुकीपाटनमा पर्यटक जान थालेपछि गर्पाछेडामा गोठस्टे सञ्चालन गर्न थालेको अदैले बताउनुभयो ।

    “बुकीपाटनमा पहिले गोठला र हजारौँको सङ्ख्यामा भेडाबाख्रा र गाईभैँसी हुन्थे, अहिले धेरैभन्दा धेरै पर्यटक जान थालेका छन्, ढोरपाटन उपत्यकादेखि गर्पाछेडा पुग्ने गोरेटो निकै साँघुरो र अप्ठ्यारो थियो, समय–समयमा गोठाला र वस्तुभाउ लडेर घाइते हुने गर्थे, यसवर्ष पदमार्ग बनेको छ, अब पर्यटकहरुले जोखिम मोलेर यात्रा गर्न पर्ने छैन”, अदैले भन्नुभयो ।

    उहाँका अनुसार तीन स्थानमा काठेपुल, तीन स्थानमा विश्रामस्थलसमेत निर्माण गरिएको छ । गत जेठ पहिलो सातादेखि नै पर्यटकहरु बुकीपाटन पुग्न थालेका छन् । समुन्द्र सतहदेखि करिब चार हजार पाँच सय मिटरको उचाइसम्म रहेको बुकीपाटनसँगै टीकाधार, फागुने, गर्पाछेडालगायतका स्थानमा पनि पर्यटकको चपहपहल बढेको ढोरपाटनका तिलबहादुर पुनले बताउनुभयो ।

    बुधबार, असार १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.