पाटन (ललितपुर) । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरसंह भण्डारीले कानुनी छिद्र प्रयोग गरेर वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कानुनी दायरामा ल्याइने बताएका छन् । के साँच्चै नै कारबाही होला त ?
लामो समयदेखि वैदेशिक रोजगारको नाममा विभिन्न देशका विभिन्न हिस्साका मानिसहरू ठगिमा पर्दै आइरहेका घट्नाहरू सुन्नमा आउँछ । मन्त्री भण्डारीइले सुरक्षित आप्रवासन (सामी) कार्यक्रमद्वारा ललितपुरमा आयोजित तेस्रो चरणको सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रमको उद्घाटनका अवसरमा अहिले पनि वैदेशिक रोजगार विभागमा ३६ हजार ठगीका मुद्दा रहेकाले ऐन संशोधन गरेर मुद्दा फस्र्याैटलाई सहज बनाउने बताएका छन् ।
Advertisement
मन्त्रीको यो भनाईले सर्वसाधारणमा आशा जाग्नु स्वभाविक नै हो । तर मन्त्रीले आफ्नो राजनीतिक महत्वाकांक्षालाई पुरा गर्ने उदेश्यले दिएको अभिव्यक्ति नभएमा अहिलेकै कानुनअनुसार हुने हो भने सबै मुद्दा टुंगोमा पुग्न २५ वर्ष लाग्छ । मन्त्री भण्डारीले ऐन संशोधन गर्ने पक्षमा छौँ र वैदेशिक रोजगार न्यायाधिकरणको पक्षमा छौँ भन्दै गर्दा जिल्ला जिल्लामा उजुरी लिएर जिल्ला अदालतमा मुद्दा चल्ने अवस्थाका लागि व्यवस्थापनको समस्या भने कायम नै छन् ।