• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सरकारले अघि बढायो चार उद्योग बेच्ने प्रक्रिया


  •   सोमबार, असार १६, २०८२ मा प्रकाशित
  • धनवीर पुनमगर #

    Advertisement

    काठमाडौँ । देशमा रोजगारीको अभावमा युवाशक्तिहरू दिनमा करिब तीनदेखि पाँच हजारसम्मको सङ्ख्यामा वैदेशिक रोजगारीका लागि विदेशिनुपरेको तितो यथार्थता आम जनतालाई अवगत भएकै विषय हो । देशमा रोजगारी निर्माण गर्नु त धेरै टाढाको विषय हो, भएका आफ्‌ना पुराना कम्पनी जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरियन्ट एन्ड म्याग्नेसाइट विक्री गरेर सरकारले देशको सम्पूर्ण श्रमशक्ति विदेश पलायन गराउने कसरतमा जुटेको छ भन्दा फरक नपर्ला ।

    अर्थ मन्त्रालयले रूग्ण उद्योगको सम्पत्ति मूल्याङ्कन गर्न परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाएको छ भन्नुको तात्पर्य उक्त कम्पनीमा रहेका मसिनलाई कबाडीको भाउमा विक्री गर्नु हो । उक्त प्रक्रियाका लागि मन्त्रालयले आशयपत्रसमेत मागेको छ ।

    यति बेला सात उद्योगमध्ये गोरखकाली रबर उद्योग, हेटौँडा र उदयपुर सिमेन्ट मात्र सञ्चालनमा छन् । त्यहाँ सानो सङ्ख्यामा भए पनि नेपाली मजदुरले रोजगारी पाएका छन् तर बन्द अवस्थामा रहेका जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरियन्ट एन्ड म्याग्नेसाइट यसरी विक्री हुँदै गरेका उद्योग पुनः नेपाल र नेपालीको पक्षमा सञ्चालन हुनेछन् कि छैनन् ? त्यो भविष्यको गर्भमा छ ।

    जनकपुर चुरोट कारखाना :

    जनकपुर चुरोट कारखाना लिमिटेड (सङ्क्षेपमा जचुकाली) धनुषा जिल्लाको सदरमुकाम जनकपुरधाममा छ । यो एउटा ऐतिहासिक सरकारी सुर्तीजन्य पदार्थ उद्योग हो । यसको स्थापना २०२१ पुस २९ गते तत्कालीन राजा महेन्द्रले सोभियत सङ्घको प्राविधिक सहयोगमा उद्घाटन गरेका थिए ।

    यो कारखाना नेपालको औद्योगिक इतिहास र सुर्तीजन्य पदार्थ व्यवस्थापनका लागि महत्त्वपूर्ण रहँदै आएको थियो । अत्यधिक राजनैतिक प्रभाव, सुर्ती सामग्री नियन्त्रण नीति र आर्थिक रणनीतिबिचको अन्तरका कारणले यो कम्पनी बन्द हुन पुगेको कतिपयको भनाइ छ ।

    यो कारखानामा दैनिक दुई अर्ब (पछि तीन अर्ब) चुरोट उत्पादन गर्थ्यो । यसका ॅदेउराली’, ॅयाक’, ॅगैँडा’ जस्ता लोकप्रिय ब्रान्ड थिए । ३३ बिघा नौ कट्ठा जग्गामा फैलिएका, भवन (८ बिघा), आवास (२० बिघा) र गोदाम (५ बिघा) संरचनामा विभाजित छ यो उद्योग । करिब दुई हजार नौ सय कर्मचारी यस कारखानामा काम गर्दथे । २०६८ चैतमा उत्पादन बन्द भएको थियो भने २०७० असारमा सम्पूर्ण रूपमा कारखाना बन्द भएको थियो ।

    बुटवल धागो कारखाना :

    बुटवल धागो कारखाना नेपालको एक ऐतिहासिक सरकारी–निजी साझेदारी कारखाना हो । यसको स्थापना २०३९ (चैत्र ३ गते) सरकार, निजी लगानी र समुदायको साझेदारीमा सञ्चालन सुरु भएको थियो तर नियमित उत्पादन २०४७/४८ बाट सुरु भएको थियो तर व्यवस्थापकीय कमजोरी, राजनीतिक हस्तक्षेप र नियमित मर्मतको अभावले घाटामा गएर २०६४ सालमा उत्पादन बन्द भएको थियो ।

    नेपाल मेटल कम्पनी :

    नेपाल मेटल कम्पनी नेपालको सरकारी खानी तथा धातु प्रशोधन उद्योग हो, जसले विशेषगरी जस्ता, सिसा र चाँदी खानी तथा प्रसंस्करणको उद्देश्य राख्दथ्यो । यो कम्पनी नेपालको खानी–धातु क्षेत्रको अत्यन्त सम्भावनायुक्त परियोजना हो तर व्यवस्थापन, नीति र लगानीको स्पष्ट अभावले यसलाई स्थायी बन्द अवस्थामै राखेको छ । हालको कानुनी र लगानी वातावरणमा यदि सरकारले उचित नीति बनायो भने यो कम्पनीले ठुलो रोजगारी, राजस्व र औद्योगीकरणमा योगदान पुर्‍याउन सक्दथ्यो ।
    २०३३ (सन् १९७६) सालमा यसको स्थापना भएको थियो । नेपाल सरकार, बिडला ग्रुप (हैदरावाद, भारत), केके वामफोर्ड (हङकङ) र खेतान समूहको संयुक्त लगानीमा बनेको थियो । मुख्य लक्ष्य धादिङ–रसुवा–नुवाकोट क्षेत्रको गणेश हिमालमा जस्ता, सिसा र चाँदी खानीको उत्खनन् र प्रशोधन गर्नु थियो ।

    नेपाल ओरियन्ट एन्ड म्याग्नेसाइट कम्पनी :

    नेपाल मेटल कम्पनी लिमिटेडको स्थापना २०३३ (सन् १९७६) सन् गरिएको थियो, जसले नेपालमा खानी तथा धातुजन्य स्रोतको सम्भाव्यता र राज्य–निजी संयुक्त प्रयासको ऐतिहासिक दस्तावेज निर्माका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दथ्यो ।

    सन् २०१५ मा नेपाल लगानी बोर्डले कम्पनीको पुँजी ९.८ अर्ब रुपैयाँसम्म बढाउने प्रस्ताव स्वीकृत गरेको थियो । प्रसोधन प्लान्ट सिन्धुपाल्चोक, दोलखा १०.५ किमि रोपवे र ५०,००० टन/वर्ष उत्पादन क्षमतासहितको संयन्त्र थियो ।

    सन १९८७ देखि परीक्षण सञ्चालनमा आएको (डी.बी.एम. उत्पादन) तर एकल–चरण भट्टी प्रविधिलाई अनुकूल बनाउन समस्या हुँदा कहिल्यै पूर्ण क्षमतामा पुगेको थिएन । यो उद्योगले प्राविधिक, प्रबन्धन र बजार प्रतिस्पर्धाको ऐतिहासिक कठिनाइ सामना गर्नुपरेको थियो यद्यपि अहिलेको कानुनी र आर्थिक पृष्ठभूमि, पी.पी.पी. मोडेल, आधुनिक प्रविधि र सरकार–प्रदेश योजना सफल भए पुनः सञ्चालनमा परिणाममुखी हुन सक्ने बताइन्छ ।

    यो उद्योगले प्राविधिक, प्रबन्धन र बजार प्रतिस्पर्धाको ऐतिहासिक कठिनाइ सामना गर्दछ यद्यपि अहिलेको कानुनी र आर्थिक पृष्ठभूमि, पी.पी.पी. मोडेल, आधुनिक प्रविधि र सरकार–प्रदेश योजना सफल भए पुनःसञ्चालनमा परिणाममुखी हुन सक्छ ।

    सोमबार, असार १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.