• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

देशको वर्तमान अवस्था र जनताको भुमिका


  •   आइतबार, असार १५, २०८२ मा प्रकाशित
  • –बासुदेव पोख्रेल #

    Advertisement

    आज देश राजनीतिक, सामाजिक र आर्थिक संकटको चरम उत्कर्षमा पुगेको छ । राजनीतिक रुपमा देश भ्रष्ट र विवेकहिन नेतृत्वको सिण्डिकेटमा फसेको  छ । जसका कारण जनतन्त्र र राष्ट्रियताको समस्या यति गम्भीर बनेको छ कि देश र जनता माथी कतिबेला कुनप्रकारको महाविपत्ती आईपर्ने हो ? मुलुकको अवस्थाले त्यसको प्रतिक्षा गरिरहेको छ । मुलुकमा यसप्रकारको अवस्था सिर्जना हुनुमा विभिन्न पक्षहरूले काम गरेका छन् ।

    १. देशमा कुशासन र भ्रष्टाचार यति धेरै बढेर गएको छ कि, जसको कारण देशको विकास अबरुद्ध हुनुका साथै जनताको जीवनस्तर पनि अत्यन्तै कष्टकर बनेर गएको छ । हुनपनि देशका पुराना ठूला दलहरू र नयाँ भनिएका दलहरू र तीनको नेतृत्व, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र मन्त्रीहरू समेत अपवाद बाहेक धेरैजसो भ्रष्टाचारको काण्डैकाण्डले डामिएका छन् । आर्थिक असमनाताले समाजमा ठूलो विकराल परिस्थितिको निर्माण गर्दैछ । कुशासनले यति सिमा नाघेको छ कि, न्यायीक निकाय समेत भ्रष्ट राजनीतिको नियन्त्रणमा परेको छ । राजनीति विषयका जानकारहरूका अनुसार राज्य सञ्चालनको भित्री तहसम्म नै विदेशी गुप्तचरहरूको व्यवस्थापकीय नियन्त्रणमा छ । यो बाहेक नेपालका लागि आवश्यकता नै नभएको संघीय शासन प्रणाली जुन विदेशी  शक्तिहरूको दवावमा परेर नेपालमा लागु गरियो, त्यसका कारणले आर्थिक रुपमा देश टाट पल्टदै छ । वैदेशिक ऋण दिनानुदिन बढ्दै छ । बेरोजगारीका कारण युवा पलायन हुँदा गाउँहरू रित्ता हुँदैछन् । गाउँ र शहरका बिचको जनसाङ्ख्यीक असन्तुलनले विकराल रुप लि“दै छ । देशको उपरोक्त प्रकारको परिस्थितिबाट जनतामा पैदा भएको असन्तोष र निराशालाई उपयोग गरेर राजावादीहरूले आफ्नो गुमेको स्वर्ग फर्काउने सपना देखिरहेका छन् र त्यसका लागि अभियान चलाइरहेका छन् ।

    राजावादीहरूले जनतालाई यो भ्रम दिने प्रयत्न गरिरहेका छन् कि राजतन्त्रको पुर्नस्थापना भएमा देशमा भ्रष्टाचारको अन्त्य हुनेछ, देशको विकास हुनेछ, शुशासन कायम हुनेछ आदि । तर राजाको शासनको झण्डै अढाइसय वर्षको इतिहासलाई अध्ययन गर्दा यस्तो भेटि“दैन । शाहवंशीय शासनकालमा केही राजाहरूले गरेका केही राम्रा कामहरू (पृथ्वी नारायण शाहको राज्य एकिकरण प्रकृया, राजा महेन्द्रको पूर्व पश्चिम राजमार्ग र कोदारी राजमार्ग निर्माणको प्रकृया, राजा विरेन्द्रद्वारा न्यायलय मार्फत राष्ट्रघाती नागरिकता विधयेक रोक्ने काम आदि।) बाहेक राजतन्त्रका पालामा नेपालमा कैयौ“ अपराधिक, जनविरोधी र राष्ट्रघाती कामहरू भएकाछन् । सत्ताको लागि आफ्नै भाइभारदारहरूको हत्या जस्तैः कोतपर्व, भण्डारखाल पर्व, राजा विरेन्द्रको वंश नाशहुनेगरी भएको राजदरबार हत्याकाण्ड, भिमसेन थापा लगायतका राष्ट्रवादीहरू माथी भएका अमानवीय क्रियाकलापहरू, पोखरामा भएको नमिता–सुनिता हत्याकाण्ड लगायत थुप्रै अपराधिक कार्यहरू राजतन्त्रकै पालामा भएका थिए । राष्ट्रियताको कुरा गर्दा स्वयम् राजा त्रिभुवन, राणाहरूको चङ्गुलबाट भागेर भारत गएपछि नेपाललाई भारतमा गाभ्न गरेको प्रस्ताव (त्यतिबेलाको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा त्यसो गर्नु स्वयम् भारतकै लागि उचित नहुने देखी तत्कालिन भारतीय संस्थापन पक्षले त्यस्तो कदम नचालि विस्तारै आफ्नो विस्तारवादी नीति अन्तर्गत अगाडि बढ्ने निर्णय गरेको कुरा कैंयौ लेखक र इतिहासकारहरूले लेख्दै र भन्दै आएका छन् । २००७ साल पछि नेपालको मन्त्रीपरिषदको बैठकमा भारतीय प्रतिनिधि सहभागी हुने गरेको कुराले त्यो कुरालाई पुष्टि गर्दछ ।) राजतन्त्रकै पालामा कालापानीमा भारतीय सेनाको कब्जा, गण्डकी, कोशी, महाकाली आदि जस्ता राष्ट्रघाती सन्धि सम्झौता भएका थिए । अहिलेपनि ज्ञानेन्द्र शाहको यूपिका मुख्यमन्त्रीसँगको साँठगाँठ र भारतीय जनता पार्टीसँगको साँठगाँठले राष्ट्रियता बलियो हुन्छ भन्ने कुरा स्वतः खण्डित हुन्छ । डाल्डा काण्ड, गलैचा काण्ड आदि जस्ता ठूला–ठूला भ्रष्टाचारका काण्ड राजाकै पालामा भएका थिए । देशका बहुमुल्य पुरातात्विक महत्वका मूर्तिहरू र साँस्कृतिक सम्पदाहरू हराएका थिए । गैंडाको खाक लगायत जनवारका अङ्गहरूको तस्करी राजाकै पालामा राजपरिवारका सदस्यहरूबाटै भएका थिए । जति ठूला गल्ति गरेपनि राजपरिवारका सदस्यहरूमाथि कुनै कानुन लाग्दैनथ्यो । संगीतकार प्रविण गुरुङ्लाई जानि–जानि दिउँसै गाडिले किचेर हत्या गर्ने पारसलाई कुनै कारबाही भएन । आज जसरी भ्रष्टाचार, अनियमितता र कुशासनका विरुद्धमा बोल्न र लेख्न पाइन्छ, निरकुङ्श राजतन्त्रको पालामा त्यो सम्भव नै थिएन । तर राजतन्त्रका पालाका यी सबै कुकर्महरू बारे नयाँपुस्ता जानकार छैन् । उसले खाली अहिलेको राजनीतिक पार्टी वा नेताले गरेका बद्मासीलाई मात्र प्रत्यक्ष अनुभव गरिरहेको छ र यसैलाई आधार बनाएर राजवादीहरूले युवापुस्तालाई उछालिरहेका छन् । नयाँ पुस्तालाई राजतन्त्रका बेला भएका यी सबै जनबिरोधी, राष्ट्रघाती र अपराधिक कुकृत्यहरू बारे जानकारी दिन तथा गणतन्त्रको तुलनामा राजतन्त्र वा निरकुंश राजतन्त्र कदापि सहि हुनसक्दैन भन्ने विषयको ज्ञान दिन ढिलो भइरहेको छ ।

    २. आज प्रतिगामी र केही अराजकतावादी समूहहरूद्वारा मुलुकमा जे जति बर्बादी भइरहेको छ । यीनै राजनैतिक दल र नेताहरूका कारण भैरहेको छ । त्यसकारण यी सबै दल र नेतालाई राजनीतिबाट किनारा लगाउनका लागि यो गणतान्त्रिक व्यवस्थाको अन्त्य गर्नु पर्दछ भनेर प्रचारबाजी भइरहेको छ । र यसप्रकारको प्रचारको भ्रममा जनता परिरहेका छन् । तर यस्तो प्रचारको भ्रममा पर्ने जनताहरूको ध्यान यतातिर पनि जानु पर्ने आवश्यकता छ किः देशमा राष्ट्रिय जनमोर्चा जस्ता राजनीतिक दलहरू पनि छन्, जसले लामो समयदेखि संसदमा प्रतिनिधित्व गर्दा, स्थानीय सरकारको नेतृत्व गर्दा वा केन्द्रीय सरकारमा सामेल हुँदा समेत आफ्नो निश्कलंक छवि कायम राख्न सफल भएको छ । राष्ट्रघात, कुशासन र भ्रष्टाचारका विरुद्ध सतिसाल बनेर खडा भएको छ । देश र जनताका लागि दुरगामी महत्व राख्ने कैयौ“ राजनीतिक मुद्दाहरूलाई अगाडि सारेको छ । जस्तै संघीयता, जसका कारणले वर्तमान व्यवस्था मात्रै होइन राष्ट्रियता नै धरापमा परिरहेको छ । त्यसका विरुद्ध सुरुदेखि नै दृढतापूर्वक असहमति राख्दै र संघर्ष गर्दै आइरहेको छ । संविधानमा भएको नागरिकता सम्बन्धि खुकुलो प्रावधान, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र पुनर्गठन गर्ने राष्ट्रघाती कदम आदिका विरुद्ध फरक मत राख्दै आइरहेको छ । देशका धेरैजसो पुराना र नयाँ समेत ठूला पार्टीहरू एक–एक गर्दै राष्ट्रघात र भ्रष्टाचारमा सामेल हुँदैजाँदा समेत राष्ट्रिय जनमोर्चाले आफ्नो स्वच्छ छवि र राजनीतिक निष्ठालाई जोगाउन सफल भइरहेको छ । तर यस्तो पार्टीलाई जनसमर्थन प्राप्त हुन किन सकिरहेको छैन् ? के अब हामीले नेताहरूलाई मात्र दोष दिएर पुग्छ ? नेता बनाउने जनताले हो । जनता जस्ता हुन्छन् नेता पनि त्यस्तै हुन्छन् भन्ने संसदीय प्रणालीको आम मान्यता छ । के आफुले भोट हालेको पार्टी र नेताले जति ठूलो भ्रष्टाचार, जनघात र राष्ट्रघात गर्दा पनि भोट नबदल्ने जनताले यसको जिम्मेवारी लिनु पर्दैन ? वर्तमान पुँजीवादी गणतन्त्र सहित संसदीय व्यवस्थामा जनताको हातमा एउटा ठूलो साँचो छ । त्यो साँचो मार्फत उनीहरूले सत्तारुढ राजनीतिक दल र नेतालाई बदल्न सक्छन् । त्यो साँचो हो जनमत । तर राजतन्त्रमा यो सुविधा छैन् । एउटा परिवार र त्यसको पनि एउटा व्यक्ति चाहेजतिसुकै अविवेकी, तानशाह, भ्रष्ट र अलोकप्रिय किन नहोस्, त्यसलाई भोटद्वारा बदल्न सकिदैन । नेपाली जनताले सोंच्नु पर्छ । आफ्नो हातको साँचो (भोट)लाई प्रयोग गरेर भ्रष्ट राजनीतिक दल र नेता बदल्ने अपेक्षाकृत सहज र सजिलो बाटोलाई प्रयोग गर्नुको सट्टा मध्ययुगिन पारिवारिक त्यसमा पनि ज्ञानेन्द्र र पारस जस्ता प्रवृत्ति भएका पात्रहरूलाई आजीवन नेता बनाउनु भनेको हातमा फोहोर लाग्यो भनेर सफा गर्नुको सट्टा हातै काटेर फाल्नु सरह हुनेछ । यदि एकपल्ट राजतन्त्रको पुनर्स्थापना भयो भने त्यो छिट्टै निरकुङ्शतन्त्रमा बदलिने छ र त्यसलाई बदल्न भावि पुस्ताले ठूलो मुल्य चुकाउनु पर्नेछ । त्यसकारण अब नेपाली जनताले राजतन्त्र वा निरकुङ्श राजतन्त्रको उल्टो बाटोबाट होइन भोटको माध्यमबाट अहिलेका भ्रष्ट दल र नेताहरूलाई हटाएर राष्ट्रिय जनमोर्चा जस्ता निश्कंलक छवि कायम राख्न सफल देश र जनताको पक्षमा दृढतापूर्वक उभिएका दललाई अगाडि ल्याउन सक्नु पर्दछ । अनि मात्र मुलुक सुल्टो बाटोमा अगाडि बढ्न सक्नेछ ।

    ३. राजनीतिमा दर्शन र सिद्धान्तको ठूलो महत्व रहन्छ । दर्शनले जीवन र जगतलाई सहि तरिकाले बुझ्न, जीवन के हो ? जगत के हो ? यो कसरी चल्छ ? भोलि के हुन्छ ? भन्ने जस्ता कुराको ज्ञान दिन्छ । यसले मानिसको जीवनशैलीको पनि निर्धारण गर्दछ । र कस्तो जीवन बाँच्ने भन्ने पनि सिकाउँछ । मानिसले बिताइरहेको जीवनलाई परिवर्तन गर्न तथा समाजलाई बुझ्न र त्यहि किसिमको दृष्टीकोण निर्माण गरी राजनीति मार्फत समाजमा व्यवहारिक रुपले लागु गर्न र गराउन सिकाउँछ ।

    त्यसैगरी सिद्धान्तबाट निर्देशित राजनीतिले मात्र समाज परिर्वतनमा जोड, आर्थिक योजना, साँस्कृतिक चित्र, राष्ट्रियताको संवेदनशिलता, वर्ग पक्षधरता, मानवीय आदर्श, उच्च नैतिक आचरण, त्याग, समर्पण, सामाजिक भावना, दुरदृष्टी सहितको जनशक्ति निर्माण गर्न मार्ग निर्देशन गर्नसक्छ । त्यसको विपरीत सिद्धान्तहिन राजनीतिले व्यक्तिवाद, नाफा र घाटाको लेखाजोखा, महत्वकांक्षी प्रवृत्ति, भ्रष्ट नैतिक आचरण, ‘हामी’को सट्टा ‘म’ भन्ने स्वार्थी भावना जस्ता प्रवृत्तिलाई आर्दश मानेर सक्रिय हुने जनशक्ति निर्माण गर्न सहयोग गर्दछ ।

    यो पनि भन्न सकिन्छ, दर्शन र सिद्धान्तको अध्ययनबाट लैस भएको जनशक्तिले मात्र सहि राजनीतिक बाटो पहिल्याउन, राष्ट्र जनता र सिंगो मानवजातिको भविष्यलाई केन्द्रमा राखेर नीति निर्माणमा भूमिका खेल्न तथा राजनीतिमा उच्च नैतिक आचरण र सोही अनुसारको जीवनशैली अवलम्बन गर्न सक्छ । तर मुलुकको वर्तमान राजनीतिमा दर्शन र सिद्धान्तको कुरा ओझेलमा परेको छ । पद प्राप्ती वा दलगत, गुटगत वा व्यक्तिगत फाइदाका लागि सिद्धान्तहिन सौदावाजी सामान्य बनेको छ । यही प्रकारको प्रवृत्तिलाई आदर्श मान्ने, जनशक्तिको नियन्त्रणमा देशको राजनीति कैद हुनपुगेको छ । नयाँ पिढीमा अध्ययन गर्ने बानी हटेर गएको छ । जसले गर्दा सिद्धान्तहिन, व्यक्तिवादी, भ्रष्ट र नैतिक आचरणहिन जनशक्ति राजनीतिमा क्रियाशिल छ । आफु जन्मेको देश, समाज तथा आफ्नै अभिभावकप्रति पनि असहिष्णु जनशक्ति निर्माण भइरहेको छ । यदि यसमा सुधार भएन वा गर्न सकिएन भने नेपाल र नेपाली अर्थात हाम्रा भावी सन्ततीहरूको भविष्य अन्धकारमय छ । यसका लागि सर्वप्रथम सबै नीतिको माउ नीति राजनीतिलाई सुधार गर्नका लागि सबै सरोकारवाला र आम सचेत नेपालीहरूको ध्यान जानुपर्ने आवश्यकता छ ।

    ४. जनप्रियतावाद र गोयल्वस शैलीको प्रचारमुखी प्रवृत्ति पनि अहिले देशको राजनीतिमा प्रमुख समस्याको रुपमा उदायेको छ । जनप्रियतावादीहरूको मुख्य विशेषता भनेको अप्रमाणित र सस्तो विषय उठाएर जनताको मनोविज्ञानलाई आफुतर्फ आकर्षित गर्नु हो । उनीहरूले कुनै नीति, सिद्धान्त, दर्शन र भिजनको आधारमा होइन, कतिबेला के भन्दा जनसमुदाय जुरुक्क उचालिन्छ त्यहि खालका विषय उठाएर जनताको भावनालाई भड्काएर, त्यसको लाभलिने प्रयत्न गर्दछन् । यसप्रकारका उदाहरणहरू विश्वमा धेरै पाइन्छन् । जर्मन तानशाह हिटलरले प्रथम विश्वयुद्धमा हार पछि जर्मनले गुमाउनु परेको भूमि, कोइला, खनिज र जरिवाना तथा भर्साइल सन्धि मार्फत जर्मन जनताले महशुस गरेको अपमानलाई उछालेर आफ्नो राजनीतिक महत्वकांक्षा पुरा गरेका थिए । उनले प्रथम विश्वयुद्धमा जर्मनीको हारका लागि यहुदीहरूलाई दोषी करार गरे । आर्थिक अवस्था सुदृढ गर्ने, भर्सेलिज सन्धि खारेज गर्ने, एक विशाल जर्मन साम्राज्यको स्थापना गर्ने लक्ष्य जर्मन नागरिक समक्ष राखे । जर्मनी जाति संसारको सर्वश्रेष्ठ जाति हो । उनीहरूलाई साम्राज्य विस्तारको पूर्ण अधिकार छ, जस्ता सांप्रदायीक नाराहरू दिए । समाजवाद र महिला मुक्तिको नारा दिएर आफ्नो विशिष्ट भाषणकला मार्फत उक्त विषयहरूका साथै बेरोजगारी, महंगी, भोकमरी आदिजस्ता विषयहरूलाई पनि जनताको सामु सम्प्रेषण गरेर निर्वाचनमा भारी बहुमतका साथ सत्तासिन बने । तर सत्ता आफ्नो हातमा लिएपछि उनले मानव जातिको इतिहासमा र स्वयम् जर्मन जनतामाथि कतिठूला अपराधजन्य काम गरे त्यो संसारका सामु छर्लङ्ग छ । ठिक त्यस्तै उदाहरण युक्रेनका वर्तमान राष्ट्रपति जेलेनेस्की पनि हुन सक्छन् । विशेष गरेर रुसलाई घेराबन्दीमा पार्नका लागि पहिलेदेखि नै अमेरिकाले युक्रेनलाई नाटो सैन्यसंगठनमा सामेल गराउने प्रयत्न गरिरहेको थियो र त्यसका लागि उपयुक्त पात्रको खोजीमा थियो । उसले लोकप्रिय हास्य कलाकार तथा टि.भी. प्रस्तोता जेलेनेस्कीलाई युक्रेनको राजनीतिमा उताऱ्यो र जेलेनेस्की जस्तो कोही छैन भन्ने प्रचार गरेर उनलाई राष्ट्रपतिमा निर्वाचित गर्न मद्दत गऱ्यो । युक्रेनी जनता पनि प्रभावशाली हास्य कलाकार जेलेनेस्कीको भ्रममा परे र उनलाई राष्ट्रपतिको पदमा निर्वाचित गरे । तर त्यसको परिणाम आज युक्रेनमा के भइरहेको छ ? त्यो सबैका सामु जगजाहेर छ । अझ युक्रेनलाई युद्धमा सहयोग गरे वापत आधा खनिजजन्य स्रोत अमेरिकालाई दिनुपर्छ भन्ने अमेरिकी राष्ट्रपति ट्रम्पको मागले प्रष्ट पाऱ्यो कि आफ्नो साम्राज्यवादी स्वार्थ पुरागर्न अन्धराष्ट्रवादको नक्कली नारा दिएर कसरी निर्दोष नागरिकहरूको मानवसंहार गरि“दो रहेछ ? आज इजरायल र प्यालेष्टाइन तथा इरान–ईजरायल–अमेरिका बिचका युद्ध पनि यस्तै प्रकारका साम्राज्यवादी उद्देश्यहरूका परिणाम हुन् ।

    लोकप्रियतावादीहरूले सस्ता नारा दिएर कसरी सत्तासिन हुन्छन् र मानवजाति माथी कसरी अत्याचार र नरशंहार गर्दछन् भन्ने कुराका यि दुई बलिया उदाहरण हुन् । त्यसकारण राजनीतिमा सिद्धान्त, दर्शन, नीति नियम र नैतिक आचरणको कति ठूलो महत्व हुन्छ भन्ने कुरा यी कुराले पनि प्रमाणित गर्दछन् । नेपालमा पनि यहि प्रकारले जनताका असन्तुष्टि माथी खेलेर देश, जनता र उनीहरूको भविष्यप्रति कुनै सरोकार नराख्ने तथा कतिपय देशद्रोही र अपराध कार्यमा समेत सम्मिलित भएका तत्वहरू देशको राजनीतिमा क्रियाशिल हुन खोजीरहेका छन् र उनीहरूलाई अनपेक्षित जनसमर्थन पनि प्राप्त भइरहेको छ । यदि समयमै नेपाली जनता यसप्रकारका तत्वहरूबाट सचेत नबन्ने हो भने हाम्रो देश पनि युक्रेन बन्न कत्तिबेर लाग्ने छैन ।

    जनताको कमजोर चेतनास्तर माथि खेलेर कसरी सस्तो लोकप्रियता प्राप्त गर्ने, भोटको खेति गर्ने कोशिस गरिन्छ भन्ने अर्क्रो उदाहरण यो पनि हुनसक्छ । अहिले नेपालमा बजेट विनियोजनको बेला छ । केन्द्रदेखि स्थानीय तहसम्मका सरकारहरूले बजेट प्रस्तुत गरिरहेका छन् । ती प्रस्तुत बजेटहरूमा देशको व्यापार घाटालाई कसरी सुधार गर्ने, बेरोजगारीको अन्त्यका लागि उद्योगधन्दाहरूको विकास कसरी गर्ने, भ्रष्टाचारको अन्त्य गर्न के गर्ने, देशको दिगो विकास नीति मार्फत देशको अर्थतन्त्रलाई कसरी बलियो बनाउने, राष्ट्रियताको सम्बर्द्धन गर्न दीर्घकालिन योजना कसरी निर्माण गर्ने विदेशमा पलायन भइरहेको युवा तथा दक्ष जनशक्तिलाई नेपालमै कसरी रोक्ने र देशहितका लागि प्रयोग गर्ने जस्ता कुनैपनि विषय समावेश छैनन् । जबकी यि नीतिगत विषय हुन् र बजेट निर्माण गर्दा यस्ता विषयहरूलाई केन्द्रमा राखेर बजेट निर्माण हुन सक्यो भने मात्र मुलुक सहि बाटोमा अगाडि बढन सक्दछ । तर नीति तथा बजेट निर्माणकर्ताहरूले त यसो गर्न सकेनन् नै बजेटको विरोध वा समर्थन गर्ने पक्षहरूबाट पनि यि विषयहरू उठाइँदैन वा उठाए पनि अत्यन्तै कम उठाउने गरिन्छ । सामाजिक सञ्जाल हेर्दा यस्तो लाग्छ कि– कुनै नेताले आफ्नो निजी सम्पत्तीबाट वितरण गरे जस्तै फलानोले मेरो पालिकामा यति पैसा ल्यायो, मेरो जिल्लामा यति पैसा ल्यायो, गाउँमा ल्यायो । जबकी उक्त पैसा कुनै नेताले आफ्नो व्यक्तिगत सम्पतिबाट हैन बजेट निर्माण गर्दा बनाइएको विधी, प्रक्रिया, माग र आवश्यकताको आधारमा स्वतः आउने विषय हो । यसबाट हाम्रो राजनीतिक स्तर कस्तो छ ? भन्ने कुराको तस्बीर प्रष्ट देखिन्छ । यदि राजनीतिमा देश र जनताप्रति प्रतिवद्ध, दुरदृष्टि भएको, नैतिक आचरण र निष्ठाद्वारा लैस नागरिक आउन सकेन भने हाम्रो देश र जनताको भविष्य बर्बादीतिर जानबाट कसैले बचाउन सक्ने छैन् । त्यसका लागि आम जनता र सबै सरोकारवालाहरूले नै सोंच्नु पर्ने आवश्यकता छ ।

    वर्तमान व्यवस्था पुँजीवादी व्यवस्था हो । यो व्यवस्थाबाट जनताका सबै समस्याहरू समाधान हुन सक्दैनन् । समाजवादको लामो बाटोबाट अगाडि गएर नै हामीले वास्तविक रुपमा जनताको व्यवस्था ल्याउन सक्छौ“ । तर जनता सचेत हुने हो भने वर्तमान पुँजीवादी व्यवस्था भित्र पनि धेरै सुधारका कामहरू गर्न सकिन्छ । माथि नै भनियो त्यसका लागि जनताका हातमा ठुलो साँचो छ । यदि जनताले कुनै प्रकारको भ्रम र लोभलालचमा नपरी आफ्नो हातमा रहेको जनमत नामको शक्तिशाली साँचोलाई सहि रुपमा प्रयोग गरेर राष्ट्रिय जनमोर्चा जस्तो देश र जनताप्रति प्रतिबद्ध, उच्च आदर्श र नैतिक आचरण सहितको राजनीतिक शक्तिलाई अगाडि ल्याउन सकेमा मात्र देशलाई वर्तमान समस्याबाट मुक्त गर्न सकिन्छ ।

    मितिः २०८२ असार १५ गते

    आइतबार, असार १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.