काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले भिजिट भिसा प्रकरणमा पूर्व वा बहालवाला न्यायाधीशको संयोजकत्वमा न्यायिक छानबिन समिति बनाउन सरकारसित माग गरेको छ ।
Advertisement
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ असार १३ गते अबेर राति प्रेसवक्तव्य जारी गर्दै पार्टीले सो माग गरेको हो ।
वक्तव्यमा सरकारले बनाएको छानबिन समिति कमजोर प्रकारको भएकाले न्यायाधीश नेतृत्वको अर्को समिति माग गरेको बताइएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“भिजिट भिसा प्रकरणमा छानबिनका लागि नेपाल सरकारले हालै बनाएको छानबिन समिति कमजोर प्रकारको भएकोले प्रभावकारी छानबिनका लागि पूर्व वा बहालवाला न्यायाधीशको संयोजकत्वमा न्यायिक छानबिन समिति बनाउनुपर्ने आवश्यकतामाथि हाम्रो पार्टीले जोड दिन्छ ।”