• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

हसियाहथौँडा प्रतीकको बढ्दो दुरुपयोग


  •   शनिबार, असार १४, २०८२ मा प्रकाशित
  • गणेश आचार्य ##

    Advertisement

    कम्युनिस्ट आन्दोलनले नेपाली राजनीति र समाजलाई परिवर्तनको गतिशील शक्तिको रूपमा लामो समय नेतृत्व गऱ्यो । वर्गसङ्घर्ष, क्रान्तिकारी परिवर्तन र जनताको मुक्तिको सपना बोकेको प्रतीक हो हसियाहथौँडा । नेपाली जनताका लागि केवल यो वर्गीय पक्षधरता, उत्पीडन विरुद्धको विद्रोह र श्रमिक–कृषकको सशक्त पहिचान थियो तर विडम्बना झ् आज यही प्रतीक बोकेका सङ्गठनहरू विचार, सङ्गठन र व्यवहारमा त्यति नै विचलित छन्, जति सत्ताका लागि तड्पिएका बुर्जुवा हुन्छ्न । हसियाहथौँडा आज विचार होइन, व्यवसाय बनेको छ† प्रतिबद्धता होइन, सुविधाखोजीको झन्डा बनेको छ ।

    मार्क्सवादको मूलमन्त्र वर्गसङ्घर्ष हो । उत्पादन सम्बन्धमा उत्पन्न शोषणको अन्त्य गर्ने उद्देश्यले साम्यवादले सम्पूर्ण इतिहासलाई वर्गसङ्घर्षको इतिहास ठहर गर्दछ तर आज हसियाहथौँडाका धनी संरक्षकले “समाजमा सबै वर्ग मिलेर विकास गर्नुपर्छ” जस्ता पुँजीपोषक भाषिक सौन्दर्य प्रयोग गरिरहेका छन्।

    वर्ग सङ्घर्ष अब ‘पुरानो’, ‘अत्यन्त उग्र’ वा ‘वास्तविकताबाहिरको कल्पना’ भन्ने बुझाइ स्थापित गरिँदैछ, जसले मार्क्सवादको मूल जरा नै कमजोर पार्दछ । त्यसको सट्टा ‘समावेशी लोकतन्त्र’, ‘सुधारवादी विकास’ र ‘संसदीय स्थिरता’ जस्ता अर्धसामन्ती भाषा प्रयोग हुँदैछन् ।
    कम्युनिस्ट विचारधाराको वैज्ञानिक पक्ष द्वन्द्वात्मक भौतिकवाद हो । समाज निरन्तर परिवर्तनशील छ भन्ने मान्यता अहिलेका नेताहरूको भाषणमा छैन । उनीहरू वर्तमान व्यवस्थाको व्यवस्थापन गर्न व्यस्त छन । नेपाली समाजमा अझै पनि सामन्तवाद, दलाल पुँजीवाद र सत्ताको केन्द्रीकरण छँदैछ तर नेताहरू त्यही व्यवस्थाको अङ्ग बनेर कम्युनिस्ट विचारको नाम बेचिरहेका छन । विचार अब जीवनपद्धति होइन, भाषणको सामग्री बनेको छ ।

    सही कम्युनिस्ट सङ्गठन संरचना केन्द्रीयता र लोकतन्त्रको सन्तुलनमा आधारित हुन्छ तर आज ठुला भनिएका पार्टीभित्र यो सन्तुलन पूर्ण रूपमा भङ्ग भएको छ । नेताहरू फ्युडल बोसझैँ पार्टी चलाउँछन् । निर्णयको केन्द्र व्यक्तिमा छ । बहसको संस्कार मरेको छ अनि विरोध गर्नु विरोधी गुट बन्नु हो भन्ने चेतावनी दिइन्छ । सङ्गठन क्रमशः विचारको केन्द्रबाट वित्तीय र चुनावी एकाइमा परिणत भएका छन् ।
    हसियाहथौँडा बोकेका पार्टीभित्र गुटबन्दी सामान्य परिघटना मात्र होइन, एकअर्कालाई सत्ताबाट हटाउने रणनीतिक अस्त्र बनेको छ। पार्टी महाधिवेशन विचारको बहस होइन, शक्तिसन्तुलनको व्यापारिक सम्मेलन बन्न पुगेका छन् । कुनै समय जनताको सत्ता भन्ने नारासहित लडेका नेताहरू आज सत्ता र शक्तिको कागजी बन्दोबस्ती बाँडफाँटमै व्यस्त छन् ।

    कम्युनिस्ट नेताहरू कहिल्यै जनजीवनबाट टाढा हुन्नन् भन्ने मान्यता आज पूरै पल्टिएको छ । मन्त्री भएपछि महँगो गाडी, सहायकको लस्कर, विदेश भ्रमण र कोटसुटमा सजिएको जीवनशैली कम्युनिस्ट पहिचान बन्न थालेको छ । एकातिर, मजदुर वर्ग न्यूनतम ज्याला माग्दै सडकमा छ, अर्कोतिर नेताकार्यकर्ता ठेक्कापट्टा, एनजिओ र निजी कम्पनीका पार्टनर बनेका छन् ।

    वास्तविक कम्युनिस्ट प्रतिनिधित्व संसद्मा वर्गको पक्षमा बोल्ने हो तर अहिले संसद्मा रहेका ‘कम्युनिस्ट सांसद’ ले श्रमिक, किसान, विपन्नको आवाज बोल्दैनन् । तिनीहरूको चासो निजी क्षेत्रको प्रवर्द्धन, आयकर छुट, लगानी बोर्ड वा अफिसभत्ता बढाउनेमै सीमित हुन्छ । हसियाहथौँडाको वर्गीय प्रतिनिधित्व अल्पसङ्ख्यक ध्वनिमा खुम्चिएको छ ।

    धेरै नेताहरू विचारमा क्रान्तिकारी छैनन् तर झन्डा चाहिन्छ किनभने हसियाहथौँडा अझै पनि गाउँसहरका पुराना क्रान्तिकारीका लागि भावनात्मक आकर्षण हो । यसरी झन्डाको प्रयोग भावनात्मक चासो देखाउन हो, वास्तविक क्रान्तिकारी कार्यभार पूरा गर्न होइन ।
    धेरै नेताहरू “जनयुद्ध” को नाम बेचेर सत्तामा पुगे तर जनयुद्धको लक्ष्य भुले । युद्धमा सहभागी हजारौँ कार्यकर्ता सडकमा छन् तर नेता मन्त्री–प्रधानमन्त्री बनिसके । यहीँबाट सुरु भएको हो, क्रान्तिको नाममा सुविधा हनन् ।

    नेपालको कम्युनिस्ट आन्दोलनले दुई निर्णायक अवसर पायो : २०६२–६३ को जनआन्दोलन र “जनयुद्ध” तर दुवै आन्दोलनपछि संस्थागत सङ्क्रमणको स्पष्ट योजना आएन । क्रान्तिको संस्थागत रूपान्तरण नभएपछि नेताहरू व्यक्तिगत स्वार्थमा गाभिए, पार्टी दिशाविहीन भए ।
    आन्दोलनपछि सत्तामा पुगेका नेतामा सङ्घर्षको थकान देखियो । जीवन सजिलो बनाउन, परिवार सुरक्षित राख्न, सत्तामा टाँसिन भोगवादको मोह जाग्यो । पार्टीको नेता गाडी, पद र सुरक्षामा रमाउन थाले ।

    कम्युनिस्ट परम्परामा आत्मालोचना एक अमूल्य गुण थियो तर अहिले आलोचना गर्नेलाई गद्दार, अन्तर्घाती, प्रतिगामी, अन्तरघाती ठहर गरिन्छ । नेताहरूलाई प्रश्न गर्नु अपराध ठहरिन्छ । पार्टीस्कुलिङ, प्रशिक्षण, पाठ्यक्रम, अध्ययनचक्र, पाठशाला सब मरेको छ। नयाँ क्याडरहरू ठेक्का सञ्चालन, गाडीब्यापार, आइएनजिओ सञ्चालनजस्ता कार्यबाट पार्टीमा उक्लिने अभ्यासमा छन् ।

    के अब यसैगरी समाज रूपान्तरणको क्रम अगाडि बढछ त ? त्यो सम्भावनाको विषय होइन । त्यसैले अब मार्क्सवाद–लेनिनवाद–माओ विचारधाराको नयाँ नेपाली व्याख्यासहित क्याडरका लागि निरन्तर वैचारिक पाठशाला, राजनीतिक प्रशिक्षण कार्यक्रम आवश्यक छन् । जनतासँग सिधा संवाद गरिने विचारयात्रा, संवाद थालनी, जनसम्पर्क विस्तारजस्ता अभियान चलाइनुपर्दछ । गुटबन्दी, निजीकरण, परिवारवादको अन्त्य गरिनुपर्छ । नेतृत्व हस्तान्तरणको स्पष्ट मापदण्ड बनाइनुपर्छ । बहस र आलोचनाको संस्कृति पुनःस्थापना गर्नुपर्छ । सहरमा अड्किएको कम्युनिस्ट आन्दोलनले फेरि गाउँ फर्कनुपर्छ । मजदुर, किसान, महिलाका वास्तविक मुद्दा उठाउनुपर्छ । न्यूनतम ज्याला, भूमिअधिकार, श्रमिक सुरक्षाजस्ता विषयमा आन्दोलन उठाउनुपर्दछ ।

    नयाँ पुस्तामा वैचारिक अलमल देखिन्छ तर उनीहरूमा विद्रोहको आत्मा बाँकी छ । यसलाई सही ढङ्गले नेतृत्व गर्न सकिएन भने वैकल्पिक क्रान्तिकारी चेतना अरू समूहले कब्जा गर्न सक्छन । जसरी अहिले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा हुनुपर्ने नयाँ पुस्ता विचारविहीन झुन्डमा अलमलिरहेका छन् । त्यसैले पुरानो पुस्ताले नवपुस्तासँग वैचारिक रूपले संवाद गर्न सिक्नुपर्छ । नया पुस्तालाई तत्काल प्रतिफलको तीव्र आकाङ्क्षा छ । त्यसले समाजलाई गलत ठाउँमा पुऱ्याउँछ । जो अहिले विभिन्न नाममा प्रकट भइरहेको छ । त्यसको लागि नयाँ पुस्तालाई राजनीतिक, दार्शनिक र वैचारिक रूपमा सचेत बनाउनुपर्दछ ।

    अब विचलन होइन, पुनर्जागरणको बाटो रोज्नु नै सबैभन्दा उत्तम विकल्प हो । हसियाहथौँडा केवल एउटा प्रतीक होइन, यो उत्पीडितको गर्जन हो; सत्तावर्गको थर्थराहट हो र जनताले बाँचेको सपना हो । आज त्यसै प्रतीकमा गहिरो विचलन देखिन्छ तर विकल्प भनेको यसको अन्त्य होइन । विकल्प भनेको पुनरुत्थान हो; आत्मसमीक्षा हो; सङ्गठन र विचारको पुनर्संरचना हो । यदि कम्युनिस्ट नेताहरू अझै पनि जनताको प्रतीक र विश्वासको प्रतिनिधित्व गर्न चाहन्छन् भने अब हिम्मत गर्नुपर्छ— भ्रम त्याग्न, गल्ती स्वीकार गर्न, वैचारिक पुनर्जागरण गर्न नत्र भने हसियाहथौँडा केवल भित्ताको पोस्टरमा सीमित हुनेछ अनि जनताले नयाँ वैकल्पिक शक्तिको खोजी गर्नेछन् तर त्यसले नेपाली समाजका आधारभूत समस्यालाई पहिचान गर्न पनि सक्ने छैन ।

    शनिबार, असार १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.