• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

विकासमा मिडियाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न


  •   शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
  • बुटवल । प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवलमा ‘विकासमा मिडियाको भूमिका विषयक अन्तरक्रिया’ सम्पन्न भएको छ ।

    Advertisement

    बिहीबार भएको उक्त अन्तरक्रियामा बोल्ने सहभागिले विकासमा मिडियाको भूमिका अहम रहेको बताएका छन् । प्रतिपक्षको भूमिकाका रहेको मिडियाले खरबरदारी गरेकै कारण विकास निर्माणका कामहरूले केही गतिलिएको बताए । विकास निर्माणका हरेक काममा भ्रष्टाचार भएको मिडियाले खबरदारी गरेका कारण विकासका कामहरूमा भ्रष्टाचार गर्नेहरू केही हदमसम्म डराएपनि भ्रष्टाचार न्यूनिकरण हुन नसेको बताए ।

    उक्त कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले विकासदेखि हरेक काममा मिडियाको भूमिका महत्वपूर्ण हुने बताउँदै मिडियाका साथिहरूले सत्यमा आधारित भएर समाचार लेख्नुपर्ने बताउँदै भौतिक विकाससँगै समयको माग अनुसार मिडयाहरूको पनि विकास गर्नुपर्ने बताए ।

    राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष टानबहादुर केसीले मिडिया विकासको पक्षमा भएपनि चुहावट तथा भ्रष्टाचारका कारण विकास निर्माणका कामहरू कमजोर अवस्थामा रहेको बताए । सरकार चलाउनेहरूले नै विकास निर्माणका कामबाट ठूलो भ्रष्टाचार गर्ने गरेका कारण समस्या जटिल बन्दै गएको तर्क गरे ।

    विकासमा मिडियाको भूमिका विषयक अवधारणपत्र प्रस्तुत गर्दै सहप्रध्यापक तथा वामपन्थी नेता लिलाबहादुर केसीले विगत र वर्तमान हेर्दा विकास प्रक्रियाको समग्र व्यवस्थापनमा सूचना–सञ्चार प्रविधिले बहुआयामिक रूपमा भूमिका बहन गरिरहेको बताए । संसारको कुनै देशको विकास मोडेल अर्को देशका लागि सिकाई बन्न सक्ने बताउँदै नेपालको कुनै महानगरपालिका, उपमहानगरपालिका वा पालिकाको विकास मोडेल अर्को पालिकाको सिकाई बन्ने बताउँदै उनले भने – त्यसका लागि सन्चार जगत इमान्दार र निष्पक्ष हुनुपर्छ ।

    नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले चेतनाको विकास कमजोर भयो भने भौतिक विकास पनि कमजोर हुने बताउँदै मानिसमा चेतनाको विकास र सकरात्मक सोंच हुनुपर्ने बताए । विकासको पक्षमा मिडियाले सधै खबरदारी गर्दै आएको बताउँदै सोसल मिडियाका कारण मुलधारका मिडयाहरू कमजोर देखिएको बताए ।

    बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले पत्रकारिता गर्ने पत्रकारहरूले योजनाको आवश्यक्ता, औचित्यता र पारदर्शीता केहो भन्ने विष्लेषण गरेर समाचार लेख्नु पर्ने बताए । उनले सत्यताको आधारमा पत्रकारहरूले समाचार लेखेमात्रै समाजलाई रुपान्त्रण गर्न सकिने विकासका कामहरूले गतिलिने र भ्रष्टाचार तथा अनियमितता निरुत्साहित हुँदै जाने बताए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनीका उपाध्यक्ष रामप्रसाद आचार्य, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, नेपाल टेलिभिजन प्रसारण संघ लुम्बिनी प्रदेश अध्यक्ष गोपाल ज्ञवाली, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका पूर्व अध्यक्ष ढुण्डीराज शर्मा, वरिष्ठ पत्रकार डाक्टर बालकृष्ण चापागाई लगायतले मन्तव्य दिएकाथिए ।

    प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरलको अध्यक्षता, विरेन्द्र कुवंरको सञ्चालन र शंकरप्रसाद पोखरेलको स्वागतबाट कार्यक्रम अगाडि बढेको थियो ।

    शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ४.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ५.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ७.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ८.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.