बुटवल । प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवलमा ‘विकासमा मिडियाको भूमिका विषयक अन्तरक्रिया’ सम्पन्न भएको छ ।
बिहीबार भएको उक्त अन्तरक्रियामा बोल्ने सहभागिले विकासमा मिडियाको भूमिका अहम रहेको बताएका छन् । प्रतिपक्षको भूमिकाका रहेको मिडियाले खरबरदारी गरेकै कारण विकास निर्माणका कामहरूले केही गतिलिएको बताए । विकास निर्माणका हरेक काममा भ्रष्टाचार भएको मिडियाले खबरदारी गरेका कारण विकासका कामहरूमा भ्रष्टाचार गर्नेहरू केही हदमसम्म डराएपनि भ्रष्टाचार न्यूनिकरण हुन नसेको बताए ।
उक्त कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले विकासदेखि हरेक काममा मिडियाको भूमिका महत्वपूर्ण हुने बताउँदै मिडियाका साथिहरूले सत्यमा आधारित भएर समाचार लेख्नुपर्ने बताउँदै भौतिक विकाससँगै समयको माग अनुसार मिडयाहरूको पनि विकास गर्नुपर्ने बताए ।
राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष टानबहादुर केसीले मिडिया विकासको पक्षमा भएपनि चुहावट तथा भ्रष्टाचारका कारण विकास निर्माणका कामहरू कमजोर अवस्थामा रहेको बताए । सरकार चलाउनेहरूले नै विकास निर्माणका कामबाट ठूलो भ्रष्टाचार गर्ने गरेका कारण समस्या जटिल बन्दै गएको तर्क गरे ।
विकासमा मिडियाको भूमिका विषयक अवधारणपत्र प्रस्तुत गर्दै सहप्रध्यापक तथा वामपन्थी नेता लिलाबहादुर केसीले विगत र वर्तमान हेर्दा विकास प्रक्रियाको समग्र व्यवस्थापनमा सूचना–सञ्चार प्रविधिले बहुआयामिक रूपमा भूमिका बहन गरिरहेको बताए । संसारको कुनै देशको विकास मोडेल अर्को देशका लागि सिकाई बन्न सक्ने बताउँदै नेपालको कुनै महानगरपालिका, उपमहानगरपालिका वा पालिकाको विकास मोडेल अर्को पालिकाको सिकाई बन्ने बताउँदै उनले भने – त्यसका लागि सन्चार जगत इमान्दार र निष्पक्ष हुनुपर्छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले चेतनाको विकास कमजोर भयो भने भौतिक विकास पनि कमजोर हुने बताउँदै मानिसमा चेतनाको विकास र सकरात्मक सोंच हुनुपर्ने बताए । विकासको पक्षमा मिडियाले सधै खबरदारी गर्दै आएको बताउँदै सोसल मिडियाका कारण मुलधारका मिडयाहरू कमजोर देखिएको बताए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले पत्रकारिता गर्ने पत्रकारहरूले योजनाको आवश्यक्ता, औचित्यता र पारदर्शीता केहो भन्ने विष्लेषण गरेर समाचार लेख्नु पर्ने बताए । उनले सत्यताको आधारमा पत्रकारहरूले समाचार लेखेमात्रै समाजलाई रुपान्त्रण गर्न सकिने विकासका कामहरूले गतिलिने र भ्रष्टाचार तथा अनियमितता निरुत्साहित हुँदै जाने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनीका उपाध्यक्ष रामप्रसाद आचार्य, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, नेपाल टेलिभिजन प्रसारण संघ लुम्बिनी प्रदेश अध्यक्ष गोपाल ज्ञवाली, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका पूर्व अध्यक्ष ढुण्डीराज शर्मा, वरिष्ठ पत्रकार डाक्टर बालकृष्ण चापागाई लगायतले मन्तव्य दिएकाथिए ।
प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरलको अध्यक्षता, विरेन्द्र कुवंरको सञ्चालन र शंकरप्रसाद पोखरेलको स्वागतबाट कार्यक्रम अगाडि बढेको थियो ।