• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

दैलेखको मिथेन ग्याँस र धौवादी फलामखानी


  •   बिहिबार, असार १२, २०८२ मा प्रकाशित
  • दैलेखमा एक सय १२ अर्ब घनमिटर मिथेन ग्याँस र नवलपरासीमा एक सय वर्षलाई पुग्ने कच्चा फलाम (धाउ) भेटिएको खुसीको खबर छ यद्यपि समाचारको तथ्यमा तलमाथि हुन सक्नेछ । त्यसका बाबजुद सत्य हो : दैलेखमा मिथेन ग्याँस भेटिएको छ र धौवादीमा फलामको कच्चा पदार्थ छ । कतिपयले दैलेखमा पेट्रोल भेटिएको दाबीसमेत गरेका छन् । यस विषयमा समयक्रममा थप तथ्य प्रकाशमा आउँदै गर्ला । फेरि पनि मिथेन ग्यास पेट्रोलियम पदार्थजस्तै खनिज पदार्थ हो । दैलेख र धौवादी पछिल्ला खुसीका खबर हुन् । मनाङमा युरेयिनम भेटिएको यसअघि खुलासा भइसकेको छ भने देशका विभिन्न स्थानमा विभिन्न खनिज पदार्थ छन् । यस्ता खनिज पदार्थमा धातुदेखि ग्याँस र अन्य पदार्थसम्म छन् । वास्तवमा नेपालमा खनिज पदार्थको ठोस, गम्भीर र विस्तृत अध्ययन भएकै छैन । यदि विस्तृत खोजअनुसन्धान गर्ने हो भने यहाँ प्रशस्त खनिज पदार्थ छन् । यी खनिज पदार्थले देशको अर्थतन्त्र र नेपाली जनताको जनजीवनमा फरक पार्न सक्नेछन् । यो सम्भावनाप्रति शङ्का गर्नुपर्दैन । आवश्यकता यस विषयलाई गम्भीरतासाथ लिनु हो । हाम्रो भूगोलभित्रको प्राकृतिक सम्पदा र सम्भावनाबारे सही नीति अपनाउने विषय हो । अहिले चर्चामा रहेको दैलेखको मिथेन ग्याँस र धौवादी फलामखानीको विषयलाई पनि यही सन्दर्भमा लिनुपर्दछ ।

    Advertisement

    कुनै पनि देशमा खनिज पदार्थ भेटिनु नयाँ विषय होइन । विश्वभरिका विभिन्न देशमा विभिन्न खनिज पदार्थ भेटिने गरेका छन् । यस्ता खनिज पदार्थले कैयौँ देशको कायाँपलट पनि हुने गरेको छ । उदाहरणका लागि खाडी मुलुकलाई लिन सकिन्छ । कुनै समयको हरियाली देश एकाएक बन्जर बन्दै जाँदा त्यहाँ भेटिएको पेट्रोलियम पदार्थका कारण ती मुलुक सम्पन्न र समृद्ध बनेका छन् । त्यसै प्रकारले जमिनमुनिको खनिज र जमिनमाथिको प्राकृतिक सम्पदालाई सदुपयोग गर्न सक्दा विश्वका थुप्रै देश उन्नति, प्रगति र समृद्धिको उकालोमा छन् तर हामी भने शताब्दिऔँ पछाडि छौँ । हामीकहाँ बल्लतल्ल खनिजको सम्भावनाबारे अध्ययन हुन थालेको छ । ढिलै भए पनि यस्तो अनुसन्धानलाई स्वागत गरिनुपर्दछ तर अब के हुन्छ ? नेपालले यस्तो प्राकृतिक सम्भावनालाई सामाजिक उन्नतितर्फ बदल्न सक्छ ? हामी त्यही देशका वासिन्दा हौँ, जसले पानीको महङ्खवलाई हालसम्म बुझ्न सकेको छैन । पानीलाई ‘बगिजाने प्राकृतिक वस्तु’ मात्र ठानेर त्यसको सदुपयोग गर्न सकेको छैन । प्रशस्त जलसम्पदा भएको देशका वासिन्दा हामी खानेपानीको अभाव खेपिरहेका छौँ; विद्युत्को अभाव खेपिरहेका छौ; सिँचाइको अभाव खेपिरहेका छौँ; पानीको बहुउपयोगबारेमा त हाम्रो ध्यान गएकै छैन । हाम्रो यस्तो कमजोरी, खासगरी शासक वर्गको गम्भीर दृष्टिविहीनताले गर्दा हाल देखा परेको दैलेखको मिथेन ग्याँस र धौवादी फलामखानीको उपयोग सम्भव होला ? अहिले छलफलमा रहेको आव २०८२/८३ को बजेटमा यी खनिज निजी क्षेत्रलाई सुम्पिने नीति सार्वजनिक भएको सन्दर्भमा यसप्रति शङ्का उत्पन्न हुनु स्वाभाविकै हो ।

    कुनै पनि देशमा खनिज वा प्राकृतिक सम्पदा भेटिनु सामान्य विषय हो । सामान्यतः प्रकृतिले ठगेको देश कुनै छैन । मानिस यस्तो प्राणी हो, जसले जुनसुकै पदार्थको पनि उपयोग मूल्य सिर्जना गर्न सक्दछ । यस्तो अवस्थामा खनिज पदार्थलाई देश र जनताका लागि उपयोग गर्न सक्नु मुख्य विषय हो । हाम्रा देशका सत्तासिन वर्गले यस्तो अनुकूलतालाई उपयोग गर्न सक्ला ? यसबाट जनता लाभान्वित हुन सक्लान् । यो मुख्य विषय हो । त्यसकारण खनिज पदार्थ वा प्राकृतिक सम्पदा उपयोगको सन्दर्भमा देशभक्तिपूर्ण दृष्टिकोण धेरै महङ्खवपूर्ण विषय बन्न जान्छ । त्यसैले खनिज पदार्थ देश र जनताको पक्षमा उपयोग होस् । यसबारे हामी सचेत हुनुपर्दछ ।

    (युगदर्शन साप्ताहिक, वर्ष १६, अङ्क ३६, २०८२ असार ११ गते बुधबारको सम्पादकीय)

    बिहिबार, असार १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.