• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

बागलुङको जैमिनीले बाँदर आतङ्क न्यूनीकरण गर्न ‘बाँदर बगैँचा’ निर्माण गर्दै


  •   सोमबार, असार ०९, २०८२ मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) । बागलुङको जैमिनी नगरपालिकाले बाँदर आतङ्क न्यूनीकरण गर्न ‘बाँदर बगैँचा’ बनाउने भएको छ ।

    Advertisement

    आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख नरबहादुर पुनले ग्रामीण क्षेत्रमा बाँदर आतङ्कका कारण किसानले गाउँ छाड्न थालेपछि कम क्षति पुर्याउने फलफूल र मसलाबालीको खेती गरिने बताउनुभयो ।

    वडा नं ८ पुरानो गाउँमा ‘बाँदर बगैँचा बनाउने प्रमुख पुनको भनाइ छ । नयाँ आर्थिक वर्षमा कृषिलाई प्राथमिकतामा राखेको नीति तथा कार्यक्रममा उल्लेख छ । युवालाई कृषिमा आर्कषण गर्न र किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले किसानलाई परिचयपत्र दिने भएको छ ।

    पालिकाभरका सबै किसानलाई सूचीकरण गरेर परिचयपत्र दिने प्रमुख पुनले बताउनुभयो । नगरपालिकाले उत्पादनलाई बजारीकरण गर्नका लागि कृषि एमबुलेन्स सञ्चालनसमेत गर्ने भएको छ ।

    दुग्ध उत्पादन बढाउन पशुको निःशुल्क नश्ल सुधार गर्ने, खोप लगाउने, औषधि र अन्य उपचार गराउनेदेखि उत्पादनको बजारीकरण गर्न किसानलाई सघाउने पुनले बताउनुभयो । किसानलाई प्रोत्साहन गर्न बाख्रा जोन बनाउने र दूध उत्पादन बढाउने नीति नगरपालिकाले लिएको छ ।

    अण्डा र मासुमा आत्मनिर्भर बनाउने, उत्पादन र बिक्रीमा आधारित अनुदान दिएर काम गर्ने किसान प्रोत्साहन कार्यक्रम ल्याएको प्रमुख पुन बताउनुहुन्छ । हलगोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने, राँगो र बङ्गुरलाई मासुको बजारीकरणमा जोड्ने, पाडापाडी उत्पादन बढाएर चीनसम्म मासु निर्यात गर्ने नीतिमा उल्लेख छ ।

    गत वर्ष लिएको ‘सेरा जाऔँ, केरा खाऔँ’ कार्यक्रमलाई पनि निरन्तरता दिइने भएको छ । ‘छोरी जन्मे घर, खुसीको लहर’ भन्ने मूल नारासहित सञ्चालन भएको जैमिनीकी छोरी कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । छोरी जन्मेमा जन्मदर्ता गर्दा रु दुई हजार ५०० को खाता खोलिदिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    पालिकाभित्र रहेका घरबारविहीनलाई घर बनाइ दिने नगर प्रमुख पुनले बताउनुभयो । फूसका छाना विस्थापन कार्यक्रमलाई निरन्तरता उहाँको भनाइ छ । सुकुम्बासी समस्या समधानका लागि आवश्यक प्रक्रिया पूरा गरी यसै वर्ष नगरपालिकालाई सुकुम्बासीमुक्त पालिका घोषणा गरिने पुन बताउनुहुन्छ ।

    नगरपालिकाले विद्यार्थीलाई उपयुक्त सिकाई वातावरण र पोषिलो आर्गानिक खाजाका लागि एक वडा, एक आवासीय माध्यमिक विद्यालय एक विद्यालय एक करेसाबारी बनाउने गरी ‘हरित विद्यालय’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

    विद्यार्थीलाई उद्यमशीलता तथा उत्पादनसँग जोड्न पढदै कमाउँदै कार्यक्रम सञ्चालन गरी स्थानीय उत्पादनलाई पाठ्य सामग्रीको रुपमा प्रयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    सोमबार, असार ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.