चितवन । स्मृतीशेष प्रजापति पाध्याको संझनामा श्रद्धान्जली सभा सम्पन्न भएको छ । पाध्याको ९८ वर्षको उमेरमा निधनको आज सातौं दिन वहाँकै निवासमा एवं श्रद्धान्जली सभाको आयोजना भयो हो ।
वहाँ राष्ट्रिय जनर्मार्चाका सदस्य संझना आचार्यका ससुरा बुबा तथा अखिल नेपाल शिक्षक संघ बाग्लुङका जिल्ला सचिव, जैमिनी नपा बाग्लुङका अध्यक्ष चन्द्रकान्त आचार्यका पिता हुनुहुन्छ ।
राजमो जिल्ला अध्यक्ष अमर बहादुर क्षेत्रीको अध्यक्षता, कालिका नगर अध्यक्ष नारायण चालिसेको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा १ मिनेट वहाँप्रति मौनधारण गरिएको थियो । तत्पश्चात अध्यक्ष क्षेत्रीले श्रद्धान्जली फोटो फ्रेम र स्मृतीशेष फोटो, परिवारलाई हस्तान्तरण पछि उपस्थित महानुभावहरुले पुष्पगुच्छाले श्रद्धाञ्जली अर्पण गरियो ।

उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुंगानाले शोक मन्तव्य राख्नुभयो । वहाँले भन्नु भयो– स्वर्गीय बुवा २०५४ सालको स्थानीय निर्वाचनमा पैयुथन्थाप बाग्लुङको जनप्रतिनिधी भएर पार्टी र समाजलाई ठूलो योगदान दिएको र सदा परिवर्तनप्रति वफादार हुनुहुन्थ्यो भन्दै बुबाको योगदानको चर्चा गर्दै परिवारले वहाँको आस्था, विचार र दृष्टिकोण अनुरुप काम गरिदिएर सच्चा श्रद्धाञ्जली हुने विचार राख्नु भयो ।
मृतकका ४ छोरा र ४ छोरीहरु सहित करिब ३ दर्जन सन्तानका अभिभावक हुनुहुन्थ्यो । वहाँ १० चितवन कालिका बसाई सराई गर्नुभएको थियो ।