लेटाङ । लेटाङ ७ कुम्लेमा गएराती परेको चट्याङ लागेर एक हल गोरु मरेका छन् । स्थानीय दल बहादुर लिम्बूको गोठ अगाडी बाँधेका हलगोरु गएराति २ बजेतिर पानीसँगै परेको चट्याङ लागेर मरेका हुन् । दलबहादुर लिम्वूका छोरा इन्द्र लिम्वूका अनुसार सँगै रहेका २ वटा कोरली बाछी र गाई भने सकुसल रहेको बताइएको छ । हलगोरु मर्दा ८५ हजार बराबको क्षति भएको अनुमान गरिएको छ ।
Advertisement