दाङ । राष्ट्रिय जनमोर्चाले अखिल नेपाल महिला सङ्घ राप्ती–४ वडासमितिकी सदस्य दीपा चौधरीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
Advertisement
राजमो केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीको उपस्थितिमा २०८२ असार ७ गते शनिबार एक कार्यक्रमको आयोजना गर्दै स्मृतिशेष दीपाप्रति श्रद्धाञ्जली दिइएको हो ।
स्मृतिशेष दीपा राजमो दाङ जिल्ला समितिका सदस्य तथा राप्ती गाउँपालिका–४ का अध्यक्षसमेत रहनुभएका वीरबहादुर चौधरीकी जीवनसँगिनी हुनुहुन्थ्यो ।
स्मृतिशेष दीपाको पार्थिव शरीरमा राजमो केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्यले राष्ट्रिय जनमोर्चाको झन्डा ओढाई श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य चन्द आचार्यले गर्नुभएको थियो ।
