• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

असारे मेलोः मानो रोप्ने, मुरी फलाउने


  •   शनिबार, असार ०७, २०८२ मा प्रकाशित
  • जब आकाशको क्यानभासमा कालो बादलको मसी पोतिन्छ र मेघ गर्जनको गम्भीर संगीतले प्रकृतिको मौनता भंग गर्छ, तब नेपाली माटो एक आदिम उत्सवका लागि ब्युँझन्छ । यो उत्सव हो— असारे रोपाइँ । यो केवल धान रोप्ने कृषि कर्म मात्र होइन, यो धर्ती र आकाशको मिलन पनि हो । पसिना र पानीको संगम पनि हो । यही संगमबाट जीवनको महाकाव्य लेख्ने दुई अमर पात्र हुन्छन्‌— हिलोमा लतपतिएको बाउसे र गीतको लयमा झुमिरहेकी रोपाहारहरू ।

    Advertisement

    खेतको फराकिलो आँगन पानीले टिलपिल भएको हुन्छ । त्यही पानी र माटोको मिश्रणमाथि एक बाउसे आफ्‌नो सम्पूर्ण शक्ति लगाएर धर्तीको छाती चिरिरहन्छ । ऊ केवल हलो जोतिरहेको हुँदैन, ऊ त माटोसँग संवाद गरिरहेको हुन्छ, आफ्‌ना पूर्खाहरूको विरासतलाई जीवन्त राख्न कै लागि भएपनि होमिएको हुन्छ हिलोमाटोसँग पैंठेजोरी खेल्न । उसको निधारबाट चुहिएको पसिनाको हरेक थोपा जब हिलोमा मिसिन्छ, लाग्छ, मानौं उसले आफ्‌नो ऊर्जाले धर्तीको तिर्खा मेटाइरहेको छ । उसको मौन श्रममा एउटा गहिरो संगीत छ, जुन केवल माटोले सुन्छ र हरियो बालाले बुझ्छ ।

    त्यही बेला परबाट सुनिन्छ एक चिरपरिचित, सुमधुर लय । यो कुनै फिल्मी गीत होइन, न त आधुनिक पप संगीत । यो त कैयौं नेपालीको बाल्यकालको स्मृतिमा बसेको, दैवज्ञराज न्यौपानेको त्यो अमर सिर्जना हो, जुन रोपाहारहरूको सामूहिक स्वरमा गुञ्जिन्छः

    “छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला
    बनाई कुलो लगाई पानी आएर गोडौंला ।”

    यो केवल एक लोकगीत होइन, यो त हामीमध्ये धेरैले प्राथमिक विद्यालयको कक्षाकोठामा रटेको पाठ हो । किसानका छोराछोरीले आफ्‌नो भविष्यको प्रतिज्ञाका रूपमा गाएको चिरपरिचित गीत हो । जब रोपाहारहरू यो गीत गाउँदै, कम्मरमा साडीको सप्को सिउरेर, हातमा धानको बीउ लिई एकै तालमा झुक्छन्, तब त्यो दृश्यमा श्रम, शिक्षा र सपनाको अद्भुत त्रिवेणी देखिन्छ ।

    उनीहरूले धानको बीउलाई माटोमा रोप्दा केवल अन्न रोपेका हुँदैनन्, बरु एउटा विश्वास रोप्छन्, एउटा आशा रोप्छन् । “आएर गोडौंला” को यो वाचा केवल गीतको पंक्ति होइन, यो त किसानको आफ्‌नो बालीप्रतिको अटुट प्रतिबद्धता हो । यो त्यो प्रतिज्ञा हो, जसले भन्छ— हामीले आज जीवनको बीउ रोपेका छौं र यसलाई हुर्काउन, बढाउन र फलाउन हामी फेरि आउनेछौं ।

    यही श्रम, संगीत र प्रतिज्ञाको बीचमा जन्मन्छ हिलो र ठट्टाको निश्छल अध्याय । बाउसेले हिलो छ्यापेर जिस्काउँछ, रोपाहारहरू गीतबाटै मीठो जवाफ फर्काउँछन् । यो हिलो छ्यापाछ्यापमा कुनै द्वेष छैन, बरु श्रमको उत्सवमा घुलिएको आत्मीयता छ, जहाँ मानिसहरू माटोसँग एक हुन्छन् र उसको सम्पूर्ण अहंकार त्यही हिलोमा पग्लिएर जान्छ ।

    तर, आजकल समयको खोलाले धेरै कुरा बगाएर लगेको छ । आज गीतमा भनिएको ‘किसानको रहर’ कता–कता फिका हुँदै गएको छ । कैयौं युवा बाउसेहरू आफ्‌नो खेतबारीको सुगन्ध बिर्सेर विदेशको तातोमा श्रम बेच्न विवश छन् । गाउँका खेतहरू बाँझिदै गर्दा, रोपाहारहरूको त्यो सुरिलो स्वर पनि पातलिँदै गएको छ । ट्याक्टरको कर्कश आवाजले त्यो मिठो गीतलाई छोपिदिएको छ ।

    तैपनि, हरेक असारमा जब पानी पर्छ, माटोले आफ्‌नो सन्तानलाई बोलाउँछ । गीतको त्यो पंक्तिले हरेक नेपालीको मनको कुनै कुनामा ढकढक्याउँछ । रोपाइँ हाम्रो अस्तित्वको धागो हो, जसले हामीलाई हाम्रो जरासँग जोड्छ ।

    साँझमा जब थकित तर सन्तुष्ट बाउसे र रोपाहारहरू घर फर्कन्छन्, तब पछाडि खेतमा लहरै रोपिएका धानका हरिया टुसाहरूले उनीहरूको श्रमलाई सलाम गरिरहेका हुन्छन् । ती टुसाहरू केवल धानका बोट होइनन्, ती त हिलोमा कोरिएको त्यही प्रतिज्ञा हुन्, जुन हरेक वर्षायाममा पसिना, प्रेम र ‘किसानको रहर’ले सिञ्चित हुन्छ । कृषि समाचारबाट

    शनिबार, असार ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल
    ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)
    ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित
    राहत के गर्दैछौ (तिजीगीत)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.