चितवन । चितवनको राप्ती नगरपालिका–३ डडुवा क्षेत्रमा भएको भयानक सवारी दुर्घटनामा कम्तीमा सात जनाको ज्यान गएको समाचार प्राप्त भएको छ । त्यस्तै धेरैजना घाइते भएको बताइएको छ । इभी माइक्रोबस र यात्रुवाहक बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रत्यक्ष दर्शिहरुले बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा घाइते भएका २४ जनाको नाम सार्वजनिक गरिएको छ । घाइते हुनेहरूमा हेटौंडा उपमहानगरपालिका–८ की ३४ वर्षीया गंगा घलान गम्भीर घाइते भएकी छन् ।
मध्यम घाइतेहरूमा हेटौंडा–१३ का १६ वर्षीय सक्षम थापा, हेटौंडा–१२ का ३२ वर्षीय सिंहबिर घलान, हेटौंडा–४ का ३१ वर्षीय बिष्णु लम्साल, झापा गौरादह–९ की ६५ वर्षीया सुशीला बराल, र कञ्चनपुर बेलौरी–४ का ४८ वर्षीय वीरबहादुर जैसी रहेका छन्।
सामान्य घाइतेहरूमा झापा गौरादह–९ की ६७ वर्षीया उमा बराल, झापा गौरादह–६ का ७० वर्षीय टिका न्यौपाने, झापा दमक–८ की ८३ वर्षीया लक्ष्मी पौडेल, झापा मेचीनगर–१५ का २३ वर्षीय प्रवेश सौरेन, कञ्चनपुर पूरनवास–६ की ७० वर्षीया चन्द्रकुमारी थापा र ६९ वर्षीय जम बहादुर थापा, कैलाली लम्कीचुवा–८ का ४५ वर्षीय जम बुढा, लम्कीचुवा–१ का ३७ वर्षीय लोकेन्द्र बुढा र ४८ वर्षीय बलसिंह बुढा, कैलाली गोरीगंगा–११ का ३२ वर्षीय सुरेश बोगटी, कैलाली गोदावरी–४ का ३४ वर्षीय महेश चौधरी, मोरङ बेलबारी–७ का २७ वर्षीय सुमन चौधरी, रौतहट चपुर–७ का ४५ वर्षीय वुलटन साह कानु, सप्तरी राजविराज–५ का ५६ वर्षीय श्रीचन्द्र राय, कालिकोट पलाता–४ का ५३ वर्षीय रत्न बुढा, अछाम साफेबगर–१० का ३२ वर्षीय अर्जुन बहादुर राउत, रुकुम पश्चिम आठबिसकोट–९ का ३० वर्षीय सन्देश ओली, र मकवानपुर बकैया गाउँपालिका–४ की २६ वर्षीया अनिसा घिमिरे छन्।
पुर्व पश्चिम राजमार्गको खहरेपुल नजिक धनगढीबाट काँकडभिट्टा तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढ तर्फ आइरहेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको इभी गाडी ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।
घाइतेहरूको चितवन मेडिकल कलेज, पुरानो मेडिकल र भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

