• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मानवअधिकार कि साम्राज्यवादको युद्ध अपराध ?


  •   शनिबार, असार ०७, २०८२ मा प्रकाशित
  • मेघराज भट्टराई ##

    Advertisement

    वर्षौंदेखि मध्यपूर्वमा द्वन्द्व छ । अफ्रिकन महादेशमा कहिलै शान्ति हुँदैन । यसको मुख्य कारण अमेरिकी साम्राज्यवादी रणनीति हो । आफ्नो उत्पादित हतियार बिक्री गर्न अफगानिस्तानदेखि कङ्गो, सिरिया, लिबिया, युगान्डा, यमन, सुडान, इराक, प्यालेइस्टाइन कहिलै शान्तसँग बाँच्न पाएका छैनन् । निर्दोष नागरिकको हत्या गर्ने, बालबालिका, महिला असहाय नागरिकमाथि बम बर्साउने, सहायताकक्षमा जम्मा भएका नागरिकमाथि निर्मम नरसंहार गर्ने साम्राज्यवादीका गोठालाले आफूमाथि प्रत्याक्रमण हुँदा मानवअधिकार गुहार्न सुहाउँछ ? के ती प्यालेस्टाइन नागरिकको बाँच्न पाउने अधिकार थिएन ?

    सोमालियामा वर्षौंदेखि द्वन्द्व कसले सिर्जना गरायो ? युगोस्लोभिया, चेकोस्लोभाकिया, बोस्निया हर्जागोभिनाजस्ता देशमा द्वन्द्व गराउने को हो ?
    अगस्त ६, १९४५ नागासाकी र अगस्त ९ मा हिरोसिमामा बम कसले बर्सायो ? के जापानीको बाच्न पाउने अधिकार थिएन ? कि मानवअधिकार युरोपियन र अमेरिकनको मात्र हो ? अरू मानव होइनन् ? हिजोसम्म अन्तर्राष्ट्रिय मानवअधिकार सहयोग सङ्गठनले गाजामा नरसंहार रोक भन्दा ती निर्दोष नागरिकलाई के सम्झेर मारेको हो ? आज इरानमा द्वन्द्व सुरु कसले गरेको हो ? एकातिर, वार्ताको टेबलमा बसेर शान्ति सम्झौताको नाटक गर्ने, अर्कोतिर इरानका सेनाका उच्च अधिकारी, वैज्ञानिक कमान्डोलाई मार्ने—के यो एउटा सार्वभौम राष्ट्रमाथिको हमला थिएन ? जनवरी ३, २०२० मा कासिम सुलेमानीलाई मार्नु मानवअधिकार विरुद्ध अपराध थिएन ? सेता मान्छे मान्छे, काला मान्छे जनावर हुन् ? इजराइललाई मान्छे मार्न छुट के कति कारणले दिइयो ?

    साम्राज्यवादी नीति के हो भन्दा प्राकृतिक सम्पदाले भरिएका देशभित्र जातीय धार्मिक भाषिक द्वन्द्व गराउने र त्यो देशका साधनश्रोत लुट्ने । पहिले बेलायतले संसारभरिबाट लुट्यो, अहिले अमेरिकाले ।

    सद्दाम हुसैनले रासायनिक हतियार बनायो । यो संसारका लागि खतरा भयो भनेर जबर्जस्ती युद्ध थोपरियो । २० वर्ष खोजेर पनि रासायनिक हतियार भेटिएन । भौतिक पूर्वाधार बर्बादी मात्र भएन, लाखौँ निर्दोष मानिस मारिए ।

    सद्दाम हुसैनको समयमा इराकको अवस्था कस्तो थियो ? आज कस्तो छ ? यो कसैबाट लुकेको छ र ? यही हाल लिबियाका सत्ता सञ्चालक कर्नेल गद्दाफीसँग भयो । गद्दाफीको समय लिबियामा जनताको हालत कस्तो थियो ? आज के छ ? बच्चा जन्मियो, पाँच हजार डलर । वैवाहिक जोडीका लागि घर बसाउनेलाई पाँच हजार डलर । शिक्षा, स्वास्थ्य निःशुल्क किसानका लागि जमिनदेखि मलखाद, बिउ, औषधी, सिचाइँ र उत्पादित वस्तु राज्यले किनिदिनेजस्ता काम कुन देशले गरेको छ अफ्रिकन मुलुकमा ? आज त्यहाँका जनता आपसमै लडेका छन् । फाइदा इजराइल, अमेरिकाले उठाएका छन् । यही हाल इराकको छ । अफगानिस्तानमा डाक्टर नजिबुल्लाको हत्या तालिबान प्रयोग गरेर भयो । त्यो बेलाको अफगानिस्तान आज कल्पना पनि गर्न सकिदैन ।

    के हो युद्ध अपराध ? के हो मानवअधिकार ? त्यो त सबैमा लागु हुने होला नि ? अमेरिकाले परमाणु हतियार राख्न पाउने, अरूले राख्न नपाउने हो ? एमनेस्टी इन्टरनेसनलले इसराइलका प्रधानमन्त्री नेतान्याहुमाथि मानवअधिकार उल्लङ्घन गरेको र अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टले अरेस्ट वारेन्ट जारी गरेको कति भयो ? के अन्तर्राष्ट्रिय अदालतभन्दा इजराइल ठुलो हो ? उसले मनलाग्दो गर्न पाउने हो ? राति सुतिरहेको समयमा इरानमाथि बम खसाल्ने युद्ध अपराध होइन ?

    आज हरेक देशमा दुई थरि नागरिक छन् : गरिब र धनी । गरिब नागरिकमाथि गास, बास, कपासको व्यपस्था गर्ने कि जनता भाडामा जाउन मानव मार्न पैसा लगाउने ? साम्राज्यवादी नीति मान्छे मार्न महामारी फैलाउँछन् । यिनीहरू आज पनि दासदासी राखेका छन् ।
    धनी र गरिब हरेक देशमा छन् । धनी केही प्रतिशत छन भने गरिब बहुसङ्ख्यक छन् । नागरिकले कर तिरेको छ । त्यो पैसा युद्धका लागि आफ्ना गोठालालाई दिएको छ । यसको विरोध गरौँ । मानवअधिकारमा विभेद नगरौँ ।

    शनिबार, असार ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.