• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

आगामी आर्थिक वर्षको बजेटमा कृषि सम्बन्धी व्यवस्था


  •   शनिबार, जेठ २४, २०७७ मा प्रकाशित
  • भैरवराज रेग्मी

    Advertisement

    काभिड–१९ को महामारीबिच नेपाल सरकारको बजेटले यो महामारीलाई समाधान गर्न र यसबाट उत्पन्न भइरहेको तथा निकट भविष्यमा हुने आर्थिक मन्दीलाई सम्बोधन हुने जनअपेक्षालाई यसले सम्बोधन गर्न असफल भएको छ । यस बजेटले तत्कालीन, आवधिक र कोभिड–१९ बाट सिर्जित भएको आर्थिक पुनस्र्थापना गर्ने आर्थिक योजनालाई यो बजेटले सम्बोधन गर्दैन । यो बजेट तत्कालीन टालटुले रूपमा रहेको छ । त्यसमाथि सत्ताबाट नजिक रहेका संस्था, कर्मचारी तन्त्र, सत्तानजिकका साना–ठुला व्यवसायीहरूलाई सीमित राहत दिने प्रकारको छ ।

    बजेटमा विगतमा जस्तो नवउदारवादी अंशहरू पनि घुसाउने प्रयत्न भएको छ भने अमेरिकी साम्राज्यवादको हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) रणनीतिलाई खुल्ला रूपमा प्रवेश पनि यो बजेटले गराएको छ । ‘कृषि क्रान्ति’ को नारा दिएर कृषि उत्पादन र वितरण तथा रोजगारी सिर्जनाको आधारशिला खडा गरिएको, नेपालको इतिहासमा पहिलो बजेट पनि भन्न पछि परेनन् अर्थमन्त्रीले । त्यसैले यो बजेट परम्परागतभन्दा पनि अझ बढी टालटुले भएको कुरामा कुनै शङ्का रहन गएको छैन ।

    सर्वप्रथम यो बजेटको टिप्पणी, मौजुदा अवस्था, कानुन र वर्तमान सङ्कटग्रस्त अवस्थाको सीमाभित्र आएको छ र यस प्रकारका बजेटहरू त्यो सीमालाई नाघ्छन् र नाघ्नुपर्छ भन्ने मान्यता रहँदैन । यो बजेटमा ‘नयाँ जनवादी बजेट’ वा ‘समाजवादी बजेट’ को कल्पना र आशा गर्नु र यसका आधारमा टिप्पणी वा विश्लेषण गर्न सकिने कुरा आउँदैन । अहिलेकै व्यवस्था, नियम–कानुन र वर्तमान सङ्कटमय अवस्थामा पनि यो बजेट कति ठिक ढङ्गबाट आइरहेको छ ? त्यसका आधारमा नै यो बजेटलाई टिप्पणी गर्नु सही हुने छ ।

    बजेटको स्वरूप : एक सिंहावलोकन

    अहिलेको बजेटको सीमा १४ खर्ब ७४ अर्ब ६४ करोड रहेको छ । यसलाई पूर्ति गर्ने आम्दानी (श्रोत व्यवस्थापन) निम्नानुसार रहेको छ : राजस्व ८ खर्ब ८९ अर्ब ६२ करोड, वैदेशिक अनुदान ६० अर्ब ५२ करोड । वैदेशिक ऋण २ खर्ब १९ अर्ब ५० करोड । आन्तरिक ऋण २ खर्ब २५ अर्ब रहेको छ । वास्तविक ऋण (वैदेशिक र आन्तरिक) ५ खर्ब २४ अर्ब ५० करोड । अनुदान र ऋण जोड्दा ५ खर्ब ८५ अर्ब २ करोड । यसरी देशको आम्दानीभन्दा लगभग ४ खर्ब घाटा बजेट, त्यो पनि अनुदान र ऋणको भरमा पेश भएको छ ।

    त्यसमाथि लगभग गत अढाइ महिनासम्म अर्थतन्त्र लकडाउन भएको अवस्था र अब कहिलेसम्म लकडाउन हुने हो ? त्यसको कुनै सीमा नभएको र वैदेशिक रोजगारीबाट हात धोइरहेको स्वदेशी र वैदेशिक श्रमिकहरूको यो अवस्थामा यो बजेटले देशको अर्थतन्त्रको भयङ्कर जर्जर अवस्थामा कुन प्रकारको बजेटको नीति हुने ? दीर्घकालीन आर्थिक योजना नभए तापनि तत्कालीन र अल्पकालीन कुनै प्रकारको योजनाको आधार यस बजेटमा देखिँदैन । कहाँनेर ‘भ्वाङ प¥यो’, त्यहाँ टाल्ने, टाल्दाटाल्दै अर्को ठाउँबाट पनि चुहिन थाल्छ, त्यहाँ टाल्ने, यसो गर्दा अर्थतन्त्र नै धराशायी हुने स्थिति यो बजेटले ल्याएको छ ।

    अहिले बजेटलाई अर्थमन्त्रीले कोभिड–१९ को नियन्त्रण र राहत तथा आर्थिक पुनस्र्थापनाका लागि रोजगारीको अवसर र कृषि उत्पादनलाई प्राथमिकतामा राखेको भनेर नारा त दिएको छ । तर त्यसलाई लागु गर्ने कुनै कार्यक्रम छैन । तलका उदाहरणहरू हेरौँ ।

    १. स्वास्थ्यमा ९० अर्ब ६९ करोड, २. कृषिमा ४१ अर्ब ४० करोड । यसो भनिरहँदा तलका उदाहरण हामी हेरौँ : १. उर्जा– १ खर्ब ५ अर्ब, २. भौतिक पूर्वाधार तथा यातायात १ खर्ब ३८ अर्ब ६२ करोड, ३. गृह १ अर्ब ५ अर्ब, ४. शहरी विकास ३७ अर्ब ८० करोड, ५. रक्षा ५० अर्ब २५ करोड ।

    माथिको बजेट विनियोजनको उदाहरणले के देखाउँछ भने अर्थमन्त्रीले नारा लगाएको कोभिड–१९ को नियन्त्रण र कृषिका लागि आधारशिला व्यवहारमा लागु गर्ने स्थिति यो बजेटले प्राप्त गरेन । त्यसैले यो बजेट योजनाविहीन र उद्देश्यविहीन रहेको कुरामा कुनै शङ्का छैन । अर्थमन्त्रीले स्पष्टीकरण दिँदा कृषिमा बजेट अन्य शीर्षकबाट पनि खर्च हुने भन्नुभएको छ । त्यसको उदाहरण उहाँले भौतिक पूर्वाधार तथा यातायात, प्रधानमन्त्री रोजगार कार्यक्रम, सिँचाइ, उर्जाबाट कृषि कार्यक्रममा खर्च गरिने भनेर भनेका छन् । कृषि मन्त्राललयले अर्थमन्त्रीले ८० अर्ब विनियोजन गरिएको भनेर झुक्याएको भनी बोलेको छ । चालु आ.व. बजेट ३४ अर्ब ४१ करोड रहेकोमा आगामी वर्षको जम्मा ३७ अर्ब ४० करोड २० लाख मात्र रहेको भनिएको छ । मलमा जम्मा ११ अर्ब छुट्याइएको छ । त्यो पहिलेभन्दा केही थप हो । प्राङ्गारिक मलको कार्यक्रमका लागि बजेट कटाइएको भनिएको छ ।

    सर्वप्रथम अर्थमन्त्रीले भनेको कृषि जम्मा ८० अर्ब भनेर भनेको उनले वितरण गरेको शीर्षकसहित छितरिएको (कनिका छरेजस्तो), अझ समग्रमा भन्ने हो भने सम्पूर्ण बजेको जम्मा ३ प्रतिशत बजेट कृषिमा छुट्याइएको छ । बजेटमा भएको कुरामा उनले ‘कनिका छरेजस्तो बजेट’ भएको अप्रत्यक्ष स्वीकारोक्ति देखिन्छ । यसले के नेपाल कृषिमा आत्मनिर्भरतातिर जान सक्छ ? कृषिको आत्मनिर्भरतातिर जाने कुनै पनि प्रकारको भूमिका यो बजेटमा नरहेको प्रष्ट छ । शिक्षा, स्वास्थ्य र प्रविधिमा विनियोजन गरिएको बजेटले कोभिड–१९ लाई नियन्त्रण गर्न सक्दैन । त्यस्तै, तत्कालीन मजदुरीबाट हात धोइएका र लकडाउनमा बन्द भएका उद्योग–व्यवसायका लागि जम्मा ५० अरब छुट्याइनुले राहततिर नेपाल सरकार प्रवेश नै गर्न नखोजेको देखिन्छ । ५० अर्बले क्वारेन्टाइन, आइसोलेसन र हस्पिटलमा कोभिड–१९ को पूर्वाधारका लागि ‘माखाको पित्त’ सरह हुने कुरा प्रष्ट छ ।

    के गर्नुपर्दथ्यो बजेटले ?

    बजेट प्रस्तुत गर्दा निम्नलिखित उद्देश्यहरू हुनुपर्दथ्यो :

    कृषिक्षेत्र– १. रोजगारीबाट बञ्चित भएकालाई अप्रत्यक्ष मात्र होइन, प्रत्यक्षसमेत राहतको अल्पकालीन व्यवस्था । उनीहरूलाई रोजगारी दिने कृषिक्षेत्र र कृषिमा आधारित उद्योगका लागि पूर्वाधारका लागि बजेट विनियोजन । २. कृषि, साना व्यवसाय, उद्यमीलाई अल्पकालीन र दीर्घकालीन राहत र उनीहरूको आर्थिक क्रियाकलाप सुचारु गर्न लकडाउनको मोडेलहरूको निर्धारण र तिनीहरूका लागि बजेट विनियोजन । ३. कृषि उत्पादन र वितरणका लागि केन्द्रीय पाइलट प्रोजेक्टको योजना । ४. लकडाउन अवधिमा कृषि उत्पादन गरिरहेका दुध, तरकारी, मासु, अण्डा, अन्नको वितरणका लागि बजेट विनियोजन । ५. भारत र तेस्रो मुलुकबाट आउने रोजगारविहीन नेपाली नागरिकहरूका लागि तालिम, तालिमपछि उनीहरूको रोजगारी आपूर्तिको योजना (कृषि, अन्य व्यवसाय, कलकारखाना निर्माण, व्यवसाय क्षेत्र) । ६. सरकार आफै र सरकार मार्फत् नियमनकारी सहकारी मार्फत् कृषि उत्पादनको खरिद र विक्री–वितरणको व्यवस्थाका लागि बजेट विनियोजन ।

    उद्योग, व्यापार, व्यवसायतर्फ– उद्योग, व्यापार र व्यवसायलाई अराजक नीतिअन्तर्गत खुल्ला छोडिदिनु हुन्न । नेपालको जनसङ्ख्याको आधारमा आवश्यक उत्पादन र आपूर्तिको योजना र अहिलेको ठोस परिस्थितिको मूल्याङ्कन गरेर निकासी प्रबर्धनको केन्द्रीकृत योजना स्थानीय सरकारसँग सहकार्यमा केन्द्रीय सरकारले योजना बनाउनुपर्दछ । उक्त योजनाअन्तर्गत कृषि उत्पादन उद्योगको स्थापना र विकासको आधारमा आत्मनिर्भर र दीर्घकालीन अर्थव्यवस्था सुरु गर्न सकिन्छ । ऋणमा केही प्रतिशत ब्याज छुट दिएर वा केही महिना ऋणको किस्ता सारेर गरिएको व्यवस्थालाई राहतको परिभाषा दिनु विडम्बना नै मान्नुपर्दछ । पर्यटन उद्योगको अराजक योजनाले सबैभन्दा धराशायी व्यवसाय पर्यटनमाथि परेको छ । त्यसका लागि केन्द्रीकृत रूपमा नै योजना बनाउनुपर्दछ ।

    साना उद्योग– अर्थतन्त्रको खम्बा मानिएका साना उद्योग र व्यवसाय, जसलाई राष्ट्रिय अर्थतन्त्रको रूपमा पनि गणना हुन्छ, त्यसलाई कृषिपछि प्राथमिकतामा राख्नुपर्दछ । तिनीहरूको सञ्चालनका लागि आवश्यक नीति र कार्यान्वयनका लागि बजेट छुट्याउनुपर्दछ ।

    विकासका दीर्घकालीन योजनाहरू रेल, एयरपोर्ट, सुरुङमार्ग, कतिपय विद्युत परियोजना, राष्ट्रिय गौरवका योजनाहरू यो वर्षका लागि स्थगित गर्नुपर्दछ । यसबाट रोजगारी सिर्जना हुन्छ भन्ने नाममा ऋण, अनुदानका भरमा अगाडि बढाउने कुरा राष्ट्रिय अर्थतन्त्रलाई मद्दत पुग्दैन । रोजगारीको सृजना राष्ट्रिय उत्पादनलाई बनाउने योजना नै प्रमुख आधार बनाउनुपर्दछ । बिना योजना र बिना आधार हावाको भरमा अर्थमन्त्रीले ४ लाख रोजगारीको सिर्जना हुने प्रचार गरिरहेका छन् । खेतियोग्य जमिन बनाउनुप¥यो । भूमिहीनलाई जमिन दिनुप¥यो । कृषिका लागि वैज्ञानिक औजार, प्रविधि र मल, बिउको व्यवस्था हुनुपर्दछ । उनीहरूलाई आधुनिक प्रविधिको ज्ञान प्राप्त गर्न प्राविधिकहरूको व्यवस्था हुनुप¥यो । प्राविधिक तयार पार्ने शिक्षालय र अनुसन्धान केन्द्र हुनुप¥यो । उत्पादन भएका वस्तुहरूको विक्री–वितरणको व्यवस्था हुनुप¥यो । यी सबै पूर्वाधारहरू तयार छन् वा गरिएका छन् ? यी पूर्वाधारहरू सुरुवात नगर्ने ? बजेट यसैमा केन्द्रित हुनुपर्दछ ।

    भूमिसुधार बनाम भूमि बैङ्क

    बैङ्क वास्तवमा कहिल्यै पनि नोक्सानीमा नपर्ने, घाटामा नजाने, धेरै नाफा कमायो भने सफल बैङ्क, सफल अर्थव्यवस्था मानिन्छ, अपवादबाहेक । बैङ्क नाफामा जाँदा कति निम्न व्यवसाय र किसानहरू आत्महत्या गर्दछन् वा मजदुर बन्दछन् ? त्यसको उदाहरण भारत छ । नेपालमा पनि किसानहरू आत्महत्या गरिरहेका छन् । त्यसको लेखाजोखा छैन । आत्महत्या गरेको भनेर भनियो भने परिवार र समाजमा नराम्रो मानिने भएकाले उनीहरूले आफ्नो आत्महत्याको घोषणा गर्न चाहदैनन् । ससाना उद्यमीहरू टाट पल्टेर खाडीमा मजदुरी गर्न पुगेको लाखौँको सङ्ख्यामा रहेको तथ्याङ्क छ । अब कोभिड–१९ ले यो चुनौती थपिदिएको छ– विदेशिएका नेपाली नागरिकहरू धमाधम नेपाल भित्रिएका छन् । त्यसको विकल्प भनेको भूमिसुधार– वैज्ञानिक र क्रान्तिकारी भूमिसुधारको व्यवस्था । तर यो बजेटले भूमिसुधार नगरेर भूमि बैङ्कको स्थापना गर्ने घोषणा गरेको छ । प्रश्न छ, भूमिमा नवउदारवादी नीतिको औपचारिक सरकारी प्रवेश । भूमि श्रमिकको अधिकार नभएर भू माफियाको आर्थिक संरचना बनाउने कामको सुरुवात यसले ग¥यो । यसलाई खारेज गरेर वैज्ञानिक र क्रान्तिकारी भूमिसुधार योजनालाई बजेट विनियोजन गरिनुपर्दछ ।

    समाजवादउन्मुख अर्थप्रणालीको नारा

    यो सकारात्मक कुरा हो कि यो संविधानमा सामन्ती, पुँजीवादी अर्थप्रणाली अपनाउने नभनेर समाजवादउन्मुख अर्थप्रणालीको प्रावधान राखिएको छ । यो नारा नेकपा (नेकपा) र नेपाली काङ्ग्रेसलाई गायत्री मन्त्रजस्तो भएको छ । व्यवहारमा नवउदारवादी अर्थप्रणाली प्रयोग भइरहेको छ । समाजवादउन्मुख अर्थप्रणाली भनेको राष्ट्रिय कृषि उत्पादन, राष्ट्रिय उद्योगको स्थापना, राज्य नियन्त्रित स्वास्थ्य सेवा अर्थात् राज्यअन्तर्गतका अर्थप्रणाली । पुँजीवादी व्यवस्था वा पुँजीवाद व्यवस्थाउन्मुख व्यवस्थाअन्तर्गत राष्ट्रिय र राजकीय अर्थतन्त्रको सुरुवात गर्न सकिन्छ कि सकिन्न ? वास्तवमा पुँजीवादउन्मुख वा पुँजीवादी व्यवस्थाभित्र उत्पीडित जनताको सङ्घर्षको केन्द्रविन्दु अहिलेको मूल रणनीति हो । यसको पक्षमा आवश्यक आवाज उठाउनुपर्दछ । यसलाई सिधै नकार्ने कुरा अराजकतावादी चिन्तन हो ।

    अब अहिलेको सरकारले यो प्रणाली अवलम्बन गरेको छ त ? वास्तवमा वर्तमान अवस्थामा राज्य सरकारले यो कामको योजनाबद्ध सुरुवात नै गरेको छैन । अब यो प्रणाली लागु गर भनेर आवाज उठाउने हो । अहिलेको यो बजेटमा राज्य नियन्त्रित अर्थप्रणालीभन्दा नवउदारवादी अर्थप्रणालीउन्मुख दिशातिर अग्रसर भइरहेको छ । प्रथम– हिन्दप्रसान्त रणनीतिअन्गर्ततको कम्प्याक्ट प्रोजेक्ट (विद्युत लाइन र सडक), द्वितीय– भूमि बैङ्कको स्थापना, तृतीय– बजेटलाई वैदेशिक अनुदान र ऋणमा आधारित बनाउने । ऋण वा अनुदान राष्ट्रिय स्वार्थअन्तर्गत नै रहनुपर्ने शर्त हुनुपर्दछ । अन्य कतिपय उद्योग–व्यवसाय वा कृषि उत्पादनमा बहुराष्ट्रिय कम्पनीलाई प्रवेश गर्ने प्रावधानहरू वा ऐनकानुनहरू रहेका छन् । यसका पछाडि नेकपाका सत्तासिन प्रतिनिधिहरू नवउदारवादपरस्त चरित्र भएकोमा कुनै शङ्का छैन । यतिका आधारमा उनीहरू नवउदारवादका एजेन्ट नै भइसके भन्ने निस्कर्ष निस्कन्न । उनीहरूको वास्तविक चरित्र ढुलमूल, अवसरवादी र सम्झौतापरस्त चरित्र प्रकट भएको छ । यो बजेटले पनि त्यही चरित्र बोकेको छ ।

    कमिसन र भ्रष्टाचार नियन्त्रण

    कमिसन र भ्रष्टाचार एकअर्काका परिपूरक हुन् । तर नेपालमा कमिसनलाई भ्रष्टाचारको रूपमा लिइँदैन । यो एक किसिमको बैधानिक र संस्थागत अतिरिक्त आम्दानीको रूपमा लिइएको छ । यसका लागि सरकारको नीति निर्धारक तहमा ठुलो छिनाझपटी हुने गर्दछ । अर्को, भ्रष्टाचार स्वीकृत कानुनभित्र गरिने अतिरिक्त आम्दानी । त्यसैले दुवै अवस्था (कमिसन र भ्रष्टाचार) को आर्थिक अनियमितता नेपाली बजेटको मौलिक विशेषता नै रहँदै आएको छ । अहिले राहत, स्वास्थ्य सामग्रीको खरिद, प्रत्येक सरकारी तहमा गरिने खर्चमा विनियोजित रकममध्ये कमसेकम ३० प्रतिशत भ्रष्टाचारमा जाने गरेको छ । व्यापार–व्यवसायमा कालोबजारी पनि झने मौलाएको छ । कमसेकम यो कोभिड–१९ को महामारीको विषम परिस्थितिमा यसलाई न्यूनीकरण गर्ने कुनै कार्यक्रम यो बजेटमा छैन । यही मौकामा कमाइहालौँ भन्ने प्रवृत्ति सर्वत्र व्याप्त छ । यसका लागि पहलकदमी यो महामारीका बेलामा झन् जरुरी छ ।

    कोभिड–१९ बाट राहत र स्वास्थ्यक्षेत्रको पूर्वाधार निर्माण

    राहतमा ५० अर्ब र स्वास्थ्य क्षेत्र १ खर्ब ७१ अर्ब ७१ करोड छुट्याइएको छ । दुवै गरेर २ खर्ब २१ अर्ब ७१ करोड देखिन्छ । राहतको यो बजेट बैङ्क ब्याज मिनाहादेखि भोकै परेका नागरिकलाई राहत हुन सक्छ (किनभने कुन शीर्षकमा कति बजेट छुट्याइएको छ भन्ने तथ्याङ्क अहिले उपलब्ध नभएको अवस्था) भन्ने होला । अहिलेको स्वास्थ्यको पूर्वाधार पनि कोभिड–१९ सँग जोड्नुपर्छ । यसले कोभिड–१९ को सङ्कटलाई सम्बोधन गर्न सक्दैन । त्यसैले यो आवाज उठिरहेको छ ः प्रथम– सांसद विकास कोष मार्फत् विकास पूर्वाधारका लागि खर्च गरिने रकम कोभिड–१९ मा गाभियोस्; द्वितीय– प्रदेशस्तरीय संरचना खारेज गरेर त्यसको बजेट यसमा लगाइयोस्; तृतीय– आवश्यक नभएका सरकारी संयन्त्र, जस्तो– आयोग, समितिजस्ता एक वर्षका लागि स्थगित गरियोस्; चतुर्थ– अनावश्यक सरकारी खर्चहरू मितव्ययिताका लागि कटौती गरियोस् ।

    यी आवाजहरू बजेट प्रस्तुत हुनुभन्दा पहिलेका आवाज हुन् । माथिका आवाजहरूको सम्बन्धमा यो बजेटमा कुनै पनि सुनुवाइ भएनन् । त्यसैले यो बजेट टालटुले बजेटको रूपमा प्रस्तुत भएको छ । यदि माथिका सुझावहरू समावेश भएनन् भने नेपालको अर्थतन्त्र ७ प्रतिशतको जिडिपी वृद्धि होइन, ऋणात्मकतिर ओर्लने कुरा निश्चित छ र कोभिड–१९ को महामारीबाट बच्न मुस्किल छ । देश भीषण सङ्कटको भुँवरीमा फस्दछ । असफल राष्ट्रमा परिणत हुन्छ ।

    २०७७ जेष्ठ २४ गते

    शनिबार, जेठ २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.